किन राखिंदैन युग पुरुषका कार्यक्रमहरु रेडियो र एफयममा ?


ईन्द्र भूषाल, कुवेत  

“पर्खि बसें आउला भनी मेरो उठ्ने, पालो एउटा मान्छेको मायाले कती फरक पार्दछ जिन्दगीमा, हे बरै बाबाले सोधलान, आमा रुँदै गाउँबेशी मेलामा”

नेपालको सांगितिक इतिहासमा नेपालीले मात्र होईन नेपाली भाषा बुझ्नेहरुले पनि जानेको र कहिल्यै नबिर्सने नाम हो नारायण गोपाल । उहाँको पुरा नाम नारायण गोपाल गुरुबचार्य हो । संगीतको नाम लिने बित्तिकै मन मस्तिष्कमा घुम्ने उहाँका कर्णप्रिय गितहरु जतिपटक सुने पनि सुनिरहुँ जस्तो लाग्छ । माया र पिरती, मिलन र बिछोड, धोका र धड्कनका गितहरु मात्र होईन उहाँले मेरो प्यारो ओखलढुङ्गा जस्ता राष्ट्र प्रति समर्पित गितहरु पनि हामीलाई छोडेर जानु भएको छ । नेपाली गीत संगीतको इतिहासमा भक्तराज आचार्य देखी नारायण गोपाल, सम्भुजित बास्कोटा, रामकृष्ण ढकाल हुँदै फेरी आचार्य भाईहरुको आवाजले आज नेपाली संगीत रमाइलो भएको छ । आधुनिक गीत मात्र होइन परिवर्तित समयमा पप संगीतका नायकहरु इस्वर गुरुङ देखी सन्जिब प्रधान अनी राजेश पायल राई देखी क्रान्ति आले हुँदै नयाँ पुष्तामा संगीत जोडिंदै र मोडिंदै आईरहेको छ । लोक गायनको क्षेत्रमा झलकमान गन्धर्ब, बम बहादुर कार्की, तिर्थ गन्धर्ब, नारायण रायमाझी हुँदै महिला गायिकामा बिमाकुमारी दुरा अनी आधुनिक गीतमा तारा देवीको नाम जतिपटक पुकारे पनि कम हुन्छ । यि सबै नेपाली सम्पत्तिहरु कोही हाम्रो सामु छैनन भनें कोही अझै पनि हामीलाई गीत संगीतको माध्यमबाट मनोरन्जन मात्र होइन सूचनामुलक र समाज परिवर्तनको लागि संवाहक पनि बनेर बसेका छन ।

विश्वका धेरै देशहरुमा महान गायकहरुको गीत संगीतलाई एउटा राष्ट्रिय सम्पत्तीको रुपमा लिईन्छ, बम्मार्लेका गितहरु आज पनी अफ्रिकी देश मात्र होईन नेपालको पर्यटन क्षेत्रका होटल रेस्टुरेन्टहरुमा बजाइन्छ भने पप स्टार माइकल ज्याक्सनको त मरेपनी उनी बाँचेजस्तै छन कि विश्वास गर्न सकिदैन । उनिहरुका गीत संगीतलाई जगेर्ना गर्न बिभिन्न सँघ-संस्थाहरु र सरकारी निकायहरु लागिपरेको समाचार सुनिन्छ तर हाम्रो देशमा भने स्वर सम्राट स्वर्गिय नारायण गोपालको बनाईएको चक्रपथको शालिक पनि बेलाबेलामा बिना मर्मत उजाड पाईन्छ । नारायण गोपालको मृत्‍युपछी स्तब्ध बनेको नेपाली संगित जगतले केही समय बेलुकी ९.४५ बजे लगभग २० मिनेट जतिको नारायण गोपाल गितियात्रा कार्यक्रम रेडियो नेपालमा सन्चालन गरेर उहाँका संगीतलाई नयाँ पुस्ताको सामु निरन्तरता दिन जमर्को गरेको थियो तर त्यो पनि हराएर गयो ।

लोक संस्कृतिलाई जगेर्ना गर्नको लागि रेडियो नेपालमा चौतारी र रोधिघर कार्यक्रम सन्चालन भएका थिए । अहिले ति पनी सेलाउँदै गए र पछी बन्दनै भए जस्तो लाग्छ । नेपालमा सूचनाका साधनहरुको बिकास सँगै जुन गतिमा गीत संगीतले ठाउँ पाउनु पर्ने हो त्यो अझै भएको छैन । यस्तो गितलाई प्राथाकिकतामा राखिन्छ कि जस्ले सस्तो लोकप्रियता पाएको छ र तातेको फलाम जस्तै छिटो सेलाएर जान्छ । राष्ट्रिय क्रान्तिका गीत, राष्ट्र गान अनी संदेशात्मक गितहरु भन्दा माया र पिरतिका अनी छोटो पाईट र रातो कट्टु जस्ता उछ्रिंखल गितहरुले मात्र स्थान पाएको देखिन्छ ।

लोक गायक स्वर्गिय लोक बहादुर क्षेत्रीको चर्तित गीत आमा रुँदै गाउँबेशी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा जस्ता गितहरु अबका नयाँ पुष्ताले सुन्न पाउँछन भन्ने कुनै ग्यारेण्टी छैन । ब्यापारिक बिज्ञापन र कार्यक्रम प्रस्तोताको नौटङ्किले गर्दा गितहरु पुरै पनि बज्दैनन ।

देशको कानुनी दायरा, इतिहासलाई महत्व नदिने चलन, पश्चिमेली संस्कृतिमा रमाइरहेको बर्तमान पुष्ता अनी आफ्नो भन्दा अरुको राम्रो भनी नक्कल गर्ने परिपाटिले गर्दा ऐतिहासिक सांगितिक इतिहासका महापुरुषहरुका कर्णप्रिय गितहरुले स्थान पाउन सकेनन ।

मन नपराएको होइन पुराना गितहरु:
आधुनिक जमाना आएर नेपाली युवा युवतीले मोर्डन, पप, रिमिक्स गितहरु धेरै सुनेपनी पुराना र सेन्टिमेण्टल गितहरु पनि सुन्ने गरेको पाईन्छ । पुरा दिन कानमा सन्जिब प्रधान वा निमा रुम्बाको गीत सुन्ने युवाले साँझपख नारायण गोपाल र तारा देवीका गीत सुन्ने गरेको अनी गजलमा प्रबेश सँगै पुराना गितहरुमा डुब्ने गरेको देखिन्छ । हजारौं एफयम, टिवी च्यानल र सूचनाका साधन भएपनी पुराना गितहरुको लागि कार्यक्रम नराखिनुले गर्दा उछ्रिंखल संगीतको चपेटमा कर्णप्रिय गितहरु परेका छन । पर्याप्त संरक्षण र सूचनाको साधनको सही उपयोग हुने भने पुराना राष्ट्रप्रति समर्पित गितहरु र पुराना संगीतका महानायकहरुको आत्मप्रति न्याय हुने मात्र होईन युवामा आउने उत्याउलो र उछ्रिंखल पन समेत कम हुन सक्ने अनुमान गर्न सकिन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.