लण्डन(एजेन्सी) खर्च कटौतीको सिलसिलामा ब्रिटिश आर्मीले पहिलो चरणमा १ सय ४० जना गोरखा सैनिकलाई बिहीबार अवकाश दिएको छ । नेपालस्थित ब्रिटिश दूतावासले विज्ञप्ति जारी गर्दै सोको पुष्टि गरेको हो । कटौतीमा परेका सैनिकहरुलाई १२ महिनाको पूर्वसूचना दिइएको र नागरिक जीवनमा अभ्यस्त हुन समय दिइएको विज्ञप्तिमा उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/09/2011
गोरखा सैनिक कटौतीमा
Posted in विश्व समाचार
बंगलादेशमा मांशाहारी बन्न तयार भारतीय प्रधानमन्त्री
शाकाहारी भारतीय प्रधानमन्त्री मनमोहन सिंह बंगलादेश भ्रमणको क्रममा अत्यन्त मीठो मानिएको हिल्सा माछा चाख्न इच्छुक
बंगलादेश भ्रमणको अवसरमा हिल्सा माछा दिएमा आफू मांशाहारी बन्न तयार रहेको भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बताएका छन् । सिंह दुई दिने भ्रमणका अवसरमा मंगलबार बंगलादेश आइपुगेका छन् । १२ वर्षपछि भारतीय प्रधानमन्त्रीको बंगलादेशमा यो पहिलो भ्रमण हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
दुई साता भोका कुकुरले मालिकलाई नै खाए
भनिन्छ भोको पेटले सही वा गलत केही छुट्टाउँदैन । यस्तै भएको छ इन्डोनेसियाको लुम्बोगामा । दुई सातादेखि भोका रहेका कुकुहरूले आफ्नैँ मालिकलाई खाइदिएका छन् । इन्डोनेसियाको मान्दोका ५० वर्षे एन्डे्र लुम्बोगाले घरमा कुकुरहरूलाई थुनेर बिदा मनाउन गएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, रोचक समाचार
किन राखिंदैन युग पुरुषका कार्यक्रमहरु रेडियो र एफयममा ?
ईन्द्र भूषाल, कुवेत
“पर्खि बसें आउला भनी मेरो उठ्ने, पालो एउटा मान्छेको मायाले कती फरक पार्दछ जिन्दगीमा, हे बरै बाबाले सोधलान, आमा रुँदै गाउँबेशी मेलामा”
नेपालको सांगितिक इतिहासमा नेपालीले मात्र होईन नेपाली भाषा बुझ्नेहरुले पनि जानेको र कहिल्यै नबिर्सने नाम हो नारायण गोपाल । उहाँको पुरा नाम नारायण गोपाल गुरुबचार्य हो । संगीतको नाम लिने बित्तिकै मन मस्तिष्कमा घुम्ने उहाँका कर्णप्रिय गितहरु जतिपटक सुने पनि सुनिरहुँ जस्तो लाग्छ । माया र पिरती, मिलन र बिछोड, धोका र धड्कनका गितहरु मात्र होईन उहाँले मेरो प्यारो ओखलढुङ्गा जस्ता राष्ट्र प्रति समर्पित गितहरु पनि हामीलाई छोडेर जानु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
लामखुट्टेको धूपमा क्यान्सरको खतरा
के तपाईं सुत्ने बेला कोठामा लामखुट्टे भगाउन धूप प्रयोग गर्नुहुन्छ ? यदि त्यसो गर्नुहुन्छ भने सावधान हुनुहोस् यसबाट तपाईं फोक्सोको समस्यामा पर्न सक्नुहुन्छ । सुत्ने बेलामा लामखुट्टे भगाउन धूप प्रयोग गर्ने व्यक्तिलाई फोक्सोको क्यान्सरजस्ता भयानक रोग चाँडै लाग्ने खतरा बढी हुन्छ । चिकित्सकहरुका अनुसार एउटा धूप बाल्दा १०० चुरोट बिँडी जलाए बराबर धुँवा निस्कन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in स्वास्थ्य शिक्षा
इन्द्रजात्राको एक झलक (फोटो फिचर)
इन्द्रजात्राको अवसरमा आइतबार हनुमानढोका अगाडी जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्राको दर्शन गर्दै राष्ट्रपति रामवरण यादव लगायतका उच्च व्यक्तित्वहरु । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in फोटो फिचर