Daily Archives: 10/09/2011

गैर आवासीय नेपाली तारा २०११, कतार` को लागि दोश्रो अडिसन सम्पन्न


बुधबल गुरुङ्, दोहा

सेप्टेम्बर १०, दोहा / गैर आवासीय नेपाली तारा २०११, कतार छनौटको लागि दोश्रो चरणको अडिसन हिजो सम्पन्न भएको छ । दोश्रो अडिसनबाट छानिएका नृत्य तर्फ १३ जना र गायन तर्फ २९ जना गरी कुल ४२ जना प्रतिस्पर्धिहरुले सेप्टेम्बर २३ मा हुने नृत्य तथा गायन तर्फको टप टेन छनौट कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वेष्टर्न युनीयन मनी ट्रान्सफरमा १ किलो सुनको भाग्यशाली उपहार


ईन्द्र भूषाल, कुवेत  

संसारमा सबैभन्दा ठुलो सन्जाल भएको र नेपालमा समेत कारीब ३५ सय शाखाहरु रहेको द्रुत गतिमा पैसा प्राप्त गर्न सकिने माध्यम वेष्टर्न युनियन मनी ट्रान्सफरले आफ्ना ग्राहकहरुलाई ध्यानमा राख्दै २० जनाले प्राप्त गर्न सकिने गरी १ किलो सुनको भाग्यशाली उपहार योजना सन्चालन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जन-जाग्रिती युवा समाज कुवैतद्वारा भूतपूर्व बिद्यार्थी मञ्चलाई नेरु. १० हजार आर्थिक सहयोग प्रदान


“भूतपूर्व विद्यार्थी मञ्च पाखापानीले सदैब सम्झने अध्यक्ष भूषालको प्रतिकृया”

शिवराम पौडेल, कुवेत

राजनीतिबाट टाढा रही मन, वचन र कर्मले बिधालयको सेवा गरौं भन्दै पर्वत जिल्लाको पाखापानी गाबिस वार्ड नं. २ मा रहेको श्री स्वधर्म माद्यमिक बिद्यालयका पूर्व विद्यार्थीहरुको संस्था भूतपूर्व विद्यार्थी मञ्चले बिद्यालय बिकासमा गरेको कार्यमा अझै टेवा पुगोस भन्ने पवित्र भावनाले नेपाल भन्दा धेरै टाढा कुवैतमा कृयाशिल सामाजिक संस्था जन-जाग्रिती युवा समाज कुवैतले १० हजार नेपाली रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए कुवेतको छलफल तथा सुझाब संकलन कार्य सम्पन्न (फोटो फिचरसहित)


ईन्द्र भूषाल, कुवेत

सधैंजसो नाचगान र रमाइलोमा चम्किने होटल एसिया एसिया हिजो प्रवासी नेपालीहरुका साझा समस्यालाई लिएर तातो बहसमा रन्कियो । दोहोरो नागरिकताको मुद्दालाई अझै च्याप्दै हिंडिरहेको एनआरएनए को आगामी ५ औ अन्तर्राष्ट्रिय सम्मेलनको लागि कुवैत एनआरएन को तर्फबाट पेश गरिने एजेण्डाहरु तयार पार्न एनआरएनए कुवैतले सम्पूर्ण कुवैतबासी नेपाली र नेपाली सँघ-संस्थाहरुको बिचमा हिजो एक छलफल तथा सुझाब सन्कलन कार्य सम्पन्न गर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

के के राहत दिने भएछ त सरकारले ?


जनताले एकदमै आशा गरेका प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले हिजो तत्काल राहतका लागि केही कार्यक्रमको घोषणा गरेका छन्।

के के रहेछ त राहत कार्यक्रममा ? पूर्ण विवरण… पढ्नेक्रम जारी राख्नुहोस्

दुई मीतको कथा


दार्जिलिङ्गको चौरस्तामा भानुभक्तको पूर्णकदको शालिक छ। शालिकको ठिक पछाडिबाट एउटा बाटो महांकाल डाँडामा पुग्छ। नेपाली संगीत उद्योगका लागि यो डाँडो ऐतिहासिक महत्वको छ। यही डाँडोमा ईश्वर बल्लभले नारायण गोपाल गुरुवाचार्य र गोपाल योञ्जनबीच मितेरी साईनो गाँसिदिएका थिए। यो मितेरी साइनो गाँसिएका ५ दशक पुगिसकेको छ। नेपाली संगीतका लागि यो साइनो अजर अमर कोसेली दिने माध्यमको रुपमा धेरैको स्मरणमा छ। पढ्नेक्रम जारी राख्नुहोस्

झुटो साँचो दुवै हुन्छ (गजल)


– सुनिल संगम


झुटो साँचो दुवै हुन्छ चिन्न सक्छौ चिन माया
बजारमा नि पाइन्छ रे किन्न सक्छौ किन माया

आफ्नै ठान्यो दिलै दियो धोका पनि हुन सक्छ
आजभोली दुनियाँमा गाह्रो हुन्छ लिन माया पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको वार्षिक भलिवल प्रतियोगितामा १२ नेपाली टिमहरु सहभागी


जय आले, कुवेत

“टाइसिट सार्वजनिक”

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी १६ सेप्टेम्बर २०११ शुक्रवारका दिन, खेतान स्पोर्टस् क्लव, कुवेतको खेतानस्थित एसियूक्त कभर्ड हलमा हुन गईरहेको “वार्षिक अन्तर नेपाली भलिवल प्रतियोगिता-२०११” पूर्ण तयारी अवस्थामा रहेको छ भनें यस प्रतियोगितामा जम्मा १२ नेपाली टिमहरुले भाग लिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्