Daily Archives: 09/09/2011

विश्व प्रतिस्पर्धी वरियतामा स्विट्जरल्यान्ड पहिलो


अमेरिका, जर्मनी र फ्रान्स ओरालो लागे

 न्युयोर्क, २१ भदौ

विश्व आर्थिक मन्च (डब्लूईएफ)ले सार्वजनिक गरेको यो वर्षको विश्व प्रतिस्पर्धी वरियतामा पहिलो स्थान स्विट्जरल्यान्डले लिएको छ भने दोस्रो स्थानमा सिंगापुर र तेस्रो स्थानमा स्वीडेन परेको छ । मञ्चले आफ्नो विश्वव्यापी प्रतिस्पर्धाको वार्षिक अध्ययनमा अमेरिकाको साख घटाएको छ । विश्व प्रतिस्पर्धी वरियतामा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको साख एक स्थानले घटाएर ५ औं कायम गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बल्ल-बल्ल समातिएको मुसा फुत्कियो


सुशील भट्टराई, काठमाडौं, भदौ २३- हङकङमा ग्राउन्डेड नेपाल वायुसेवा निगमको जहाजभित्र दुई दिनदेखि धुइँपत्ताल खोजी गरिएको एउटा मुसा समातिए पनि फुत्किएको छ। त्यहाँको ‘हङकङ एयरक्राफ्ट इन्जिनियरिङ कर्पोरेसन’ (हेको) का एक प्राविधिकले बिहीबार बिहान ६ बजे मुसा टाँसिने पासो (ग्ल्यु म्याट) मा टाँसिएको अवस्थामा भेटे पनि फुत्किएको निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

सरकारद्वारा राहत कार्यक्रम घोषणा


राहतको पूर्णपाठसहित
२३ भदौ, काठमाडौँ । सरकारले आम सर्वसाधारण जनतालाई सुशासन, शान्ति सुरक्षा, महंगी र भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा प्रभावकारीता र दैनिक उपभोग्य सामग्रीमा मूल्य कटौति लगायतका अल्पकालीन राहतका कार्यक्रम घोषणा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नागढुंगा नजिकै पहिरो जाँदा यातायात बन्द


२३ भदौ, कामठाडौँ । अविरल वर्षासँगै नागढुंगाको ओरालोमा पर्ने चिसापानीमा गएको पहिरोका कारण अवरुद्ध यातायात एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।सो सडकखण्डमा बिहीबार गएको पहिरो हटाइए पनि राति परेको पानीले बगाएर लेदो माटो सडकमा थुपारेपछि बाहिरबाट राजधानी भित्रिने सवारी साधन चिप्लिएर चल्न नसकेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बाटो चिप्लिएर तलबाट माथितिर सवारी उक्लन नसकेपनि राजधानीबाट बाहिरने सवारी साधनमात्र सञ्चालन भइरहेको प्रहरीले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्