२३ गोप्य कुरा अवश्य पठ्नुहोला


हा जु चाङको पछिल्लो पुस्तक ‘ट्वेन्टी थिङ्स दे डन्ट टेल यू अवाउट क्यापिट्यालिजम’मा अर्थतन्त्रका अध्येताले स्विकारेका पुराना मान्यता र त्यसमा भएको संरचनालाई अझ गहिराइमा पुगेर आक्रमण गरिएको छ

 सहरमा पुस्तक

पछिल्लो समय विश्व अर्थतन्त्रको मन्दीको टीका-टिप्पणी गरिएका र मन्दी न्यूनीकरण गर्ने उपाय भएको दाबी गरिएका पुस्तकहरूको बाढी आएको छ । हाल विश्व अर्थतन्त्रमा ठूलो मन्दी आएको र यसले गर्दा कारोबारमा गिरावाट आएको खबर पत्रिकामा आइरहेका छन् । तर, अर्थतन्त्रको विषयलाई लिएर यसको सुधार गर्ने भन्दै नारा बनाइएका पुस्तक भने धेरैजसो अर्थशास्त्रीभन्दा पनि अन्य व्यक्तिले लेख्ने गरेको कुुरा पुष्टि भएको छ । केही मात्रामा अर्थशास्त्रीले यस्ता नारा बनाएर पनि पुस्तकहरू नल्याएका भने होइनन् । विगतको लामो इतिहासलाई त्यति महत्त्व नदिईकन अर्थशास्त्रीले हाल भएको विश्व अर्थतन्त्रको मन्दी’bout सही भविष्यवाणी गर्न सकेनन् । तर, आफ्ना गणितीय सूत्रमा आएको क्षणिक माधुर्यतामा मात्रै विश्वस्त भए र संसार उन्मुख भइरहेको दिशाभन्दा आफ्ना फगत सिद्धान्तलाई लिएर आफ्नो अडानमा रहिरहे । भनिन्छ, यदि अर्थशास्त्रीले अहिलेको समस्यालाई केही पहिले नै ध्यान दिन सकेको भए र बढ्दै गरेको आर्थिक असन्तुलनलाई ठीक समयमा सम्बोधन गरेर ठोस निकास बाहिर ल्याएको भए अहिले विश्वले भोगिरहेको समस्या आउने थिएन । यस अर्थमा उनीहरू असफल भएको मान्न सकिन्छ । तर, समस्या उत्पन्न भइसकेकाले के कुराले विश्वलाई सम्बोधन गर्दा उचित होला भन्ने विचारको पनि तय भने भइसकेको छैन । 

आफू असफल भएको कुरालाई स्वीकार गर्न नसकेपछि उनीहरू भविष्यवाणी आफ्नो काम नभएको भन्दै पन्छिरहेका छन् । पछिल्लो समय उनीहरू सोझो रूपमा आफ्नो क्षेत्राधिकारको परिभाषा गरिरहेका छन् र अहिलेको विश्व मन्दीको भागीदार हुनबाट छुट्कारा पाउनका लागि परिपञ्च निर्माण गरिरहेका छन् । तर, हा जुन च्याङ लेख्छन्, ‘अर्थशास्त्री भनेका न कुनै मेसिनले बनाइएका रोबोट हुन् न त संसारको मन्दीको जिम्मेवारी लिने कोही मानिस हुन् । अर्थशास्त्रीलाई त्यस्ता प्राणीका रूपमा हेरिएको छ जो शताब्दीमा कसैले कल्पना नगरेको भवितव्यको जिम्मेवार हुन् । तर, उनीहरू नै केही समयअगाडिसम्म कर्मठ कर्मचारीका रूपमा सम्मानमा पर्थे ।’ विश्व परिवेशलाई हेर्दा अर्थशास्त्रीलाई एउटा देशमा सरकारी तथा राज्यका लागि कार्यक्रम नीति निर्माता तथा सफल व्यवसायका लागि अत्यावश्यक हिस्सा मानिँदै आएको छ । यही कुरामा थप्दै चाङ लेख्छन्, ‘अर्थतन्त्र, जसरी विगतका तीन दशकमा प्रयोग गरिँदै आएको छ, अधिकांश राज्य तथा मानिसका लागि हानिकारक सिद्ध भएको छ ।’ चाङले यी तर्क उनको नयाँ पुस्तक ‘ट्वेन्टी थिङ्स दे डन्ट टेल यू अवाउट क्यापिट्यालिजम’ मा लेखेका हुन् । चाङ कोरियाली नागरिक हुन् र लामो समयदेखि क्याम्बि्रज विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापकका रूपमा पढाउँदै आएका छन् । सन् २००८ मा निस्किएको उनको पुस्तक ‘ब्याड सामारिट्यान्स ः द मिथ अफ पि|m ट्रेड एन्ड द सिक्रेट हिस्ट्री अफ क्यापिट्यालिजम’मा उनले अर्थतन्त्रको विश्वास तथा सिद्धान्त खुला बजारले जताततै जीवनस्तरको विकास गर्छ भन्ने मान्यतालाई हास्यास्पद विषय बनाए छाडेका थिए । उनको सो पुस्तकमा विश्वले एक महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको थियो । 

चाङ, विश्वप्रसिद्ध एक अर्थशास्त्री, पछिल्लो पुस्तक ‘ट्वेन्टी थिङ्स दे डन्ट टेल यू अवाउट क्यापिट्यालिजम’मा अर्थतन्त्रले स्विकारेको पुराना मान्यता र त्यसमा भएको संरचनालाई अझ गहिराइमा पुगेर आक्रमण गर्छन् । असामान्य, तर तार्किक र अर्थतन्त्रमा रहेका रूढिवादी चिन्तनलाई चिरफार गरिएको यस पुस्तकलाई अर्थतन्त्रको ‘फन्नी गाइड’का रूपमा लिन सकिन्छ । पुस्तक पढ्नका लागि वा बुझ्नका लागि तपाईं आफैँ अर्थतन्त्रको विद्यार्थी हुनुपर्दैन । पुस्तकमा चाङले उठाएका विभिन्न कुरामध्ये पाठकले खुलाबजार नीतिले विरलै गरिब राष्ट्रको विकास गर्छ, अमेरिकाका बासिन्दाको जीवनशैली संसारकै उत्कृष्ट होइनदेखि लिएर अहिलेको संसार इन्टरनेटले भन्दा ‘वासिङ मेसिन’ले बदलेको छ सम्म अत्यन्तै सरल भाषामा रमाइलो मानीमानी पढ्न सक्छ । पुस्तकका प्रत्येक २३ वटा मूलभूत बुँदा विरोधाभास लाग्छन्, अझै पूर्णरूपमा फरक र मिथ्या लाग्छन्, तर सबै कुराको आधार अत्यन्तै तार्किक र सत्यतामा रहेको छ र सबैलाई समष्टिगत रूपमा पुस्तकले पुँजीवाद’bout नयाँ सोचको विकास गर्न सफल भएको छ । चाङ यस अर्थमा पनि पुँजीवादका उत्कृष्ट समीक्षक वा समालोचक लाग्न सक्छन्, तर उनी पुँजीवादीको कट्टर विरोधीकै रूपमा भने पुस्तकमा कतै देखा पर्दैनन् । उनी केन्द्रीकृत अर्थतन्त्रको असफलताको राम्रो पहिचान गर्छन् र पुँजीवादलाई सुन्दर ढंगमा ‘द वस्र्ट इकोनोमिक सिस्टम’ भनेर परिभाषित गर्छन् । तर, तत्काल उनी सम्हाालिन्छन् र भन्छन्, पुँजीवादमा सुधार ल्याउन सकेमा अहिलेको जस्तो मन्दीबाट सफल तवरले छुट्करा पाउन सकिन्छ । उनी आफ्नो पुस्तकमा सन् २००८ को जस्तो आर्थिक मन्दी दोहोरिन नदिन कुनै पनि समाजका लागि दीर्घकालीन फाइदाजनक नभएका खर्चिला सामग्री कार, विद्युतीय सामग्री, ‘ड्रग्स’हरू निषेध गरेजस्तै सामान्य ढंगमा लिएर निषेध गर्नुपर्ने धारणा राख्छन् । उनलाई तत्कालै महसुस गर्छन्, उनी आफ्नो विचारमार्फत जोखिम उठाइरहेका छन्, तर त्यस कुरालाई प्रस्ट्याउनका लागि उनी तर्कसंगत उदाहरण दिन्छन् र पाठकलाई उनका कुरा विश्वास गर्न बाध्य तुल्याउँछन् । उनको पुस्तक पढ्दा उनका कुरा त्यति यथार्थवादी लाग्दैनन्, तर तर्कका कारण उनलाई विश्वास गर्ने दरिला आधार सहजै बन्छन् । 

उनको पुस्तकका २३ कुरा हुन्, १. खुला बजार जस्तो अरू कुरा केही पनि हुनै सक्दैन । २. मालिकहरूको चाहनाअनुसार कम्पनी सञ्चालित गरिनु हुँदैन । ३. धनी राष्ट्रहरूमा प्रायःजसो मानिसलाई उनीहरूलाई दिनुपर्नेभन्दा धेरै तलब दिइएको छ । ४. इन्टरनेटले भन्दा बढी विश्वलाई वासिङ मेसिनले बढी बदलेको छ । ५. कोही मानिसको ’boutमा खराब सोच्नुहोस्, तपाईं आफँै खराबमा परिवर्तन हुनुहुनेछ । ६. ठूला आर्थिक स्थायित्वले विश्वको अर्थतन्त्रलाई सन्तुलन तथा स्थायित्वमा राखेको छैन । ७. खुला बजार तन्त्रले गरिब मुलुकलाई विरलै धनी बनाउँछन् । ८. लगानी तथा पुँजीको राष्ट्रियता हुन्छ । ९. हामी उत्तर औद्योगिक समयमा बाँचिरहेका छैनौँ । १०. विश्वकै स्तरीय जीवनशैली अमेरिकासँग छैन । ११. अपि|mका अविकसित हुनैका लागि होइन । १२. सरकारले विजेताहरूलाई छान्न सक्छ ।

यसरी चाङको पुस्तकमा आश्चर्य लाग्ने बुँदा छन् र ती बुँदामा तार्किक बयान छ । पुस्तक पढ्दा हाँस्दै-हाँस्दै उनका कुरामा सहमत हुन सकिन्छ । पुँजीवाद भनेको धन बनाउनका लागि मात्र होइन, यो त शक्ति प्रदर्शनको एउटा माध्यम पनि हो र पश्चिमाको शक्ति विस्तारै अस्ताउँदै गइरहेको छ । आर्थिक शक्ति विस्तारै उदाउँदा मुलुकमा स्थान्तरण हुँदै गइरहेको छ भने पश्चिमेली नेता खुला बजारको ‘अल्टार’लाई पुजेर बसिरहेका छन् । चाङको पुस्तकमा चाहेजस्ता परिवर्तन वा सुधार वास्तविक त छैनन्, तर हामी अहिले जुन आर्थिक परिस्थितिमा बाँचिरहेका छौँ, त्यो ठ्याक्कै सही छ । राजनीतिक नेता तथा अर्थशास्त्रीको भनाइमा नरहेर वास्तविक पुँजीवाद भनेको के हो र यो कसरी सञ्चालित छ भन्ने बुझ्न यो पुस्तक नै उचित विकल्प हो । यसरी बुझ्नेहरूका लागि यो पुस्तक अत्यन्तै महत्त्वपूर्ण -इन्भ्यालुएबल) छ ।

चाङका अन्य बुँदा हुन्, ः १३. धनी मानिस अझ धनी हुँदैमा अन्य धनी हुँदैनन् । १४. अमेरिकी व्यवस्थापक ‘ओभरप्राइस्ड’ छन् । १५. धनी राष्ट्रका भन्दा गरिब राष्ट्रका मानिस बढी व्यावसायिक छन् । १६. बजार व्यवस्थापनका लागि हामी त्यति ‘स्मार्ट’ छैनौँ । १७. धेरै शिक्षाले एक देशलाई धनी बनाउँदैन । १८. जनरल मोर्टसका लागि जे हितकर छ, त्यो अमेरिकाका लागि पनि हुनुपर्छ भन्ने केही छैन । १९. कम्युनिजममा खस्कँदै गए पनि हामीसँग योजनाबद्ध अर्थतन्त्र छ । २०. अवसरमा बराबरी न्यायोचित नहुन सक्छ । २१. ठूला सरकारले जनतालाई परिवर्तनका लागि धेरै खुला गर्छन् । २२. आर्थिक बजार कम हुनुपर्छ, धेरै होइन, तर प्रभावकारी । २३. राम्रो आर्थिक नीतिका लागि राम्रा अर्थशास्त्रीको आवश्यकता पर्दैन

Posetd by: Dambar Rimal                                                           Source: Naya patrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.