सरकारको प्रवक्तामा श्रेष्ठ, पौडेल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार


२२ भदौ, काठमाडौँ । सरकारको प्रवक्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ तोकिनुभएको छ । सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्रवक्ता तोकेको हो ।बैठकले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा देवेन्द्र पौडेललाई नियुक्त गरेको छ । पौडेल प्रधानमन्त्री डा.बाबुराम भट्टराईको दल एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हुनुहुन्छ । यस्तै मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । योजना आयोग सदस्यमा जनकराज साह र शिव राई नियुक्त भएका छन् ।

मन्त्रिपरिषदले रामरिझन यादवलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको छ । राष्ट्रिय पोशाकसम्बन्धी पूर्ववर्ती माधव नेपाल सरकारले गरेको निर्णय आगामी बैठकले सच्याउने सहमतिसमेत भएको श्रेष्ठले बताउनुभयो । यस्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आगामी २ असोजमा प्रधानमन्त्रीको नेतृत्वमा न्युयोर्क जाने १३ सदस्यीय टोलीको नाम चयनसमेत बैठकले गरेको छ । यस्तै सरकारले सहसचिव दुर्गाप्रसाद भट्टराईलाई कायममुकायम परराष्ट्रसचिवको जिम्मेवारी दिएको छ ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.