विमान चढेर हङकङ पुगेको मुसा अझै बेपत्ता


निगमलाई दैनिक लाखौं घाटा
२१ भदौ, काठमाडौं । वायुसेवा निगमको विमानबाट मलेसिया हुँदै हङकङ पुगेको मुसाले अझै हैरानी दिन छोडेको छैन । मंगलबार बेलुकीदेखि हङकङमै ग्राउन्डेड गरिएर विमानभित्र मुसा खोज्ने काम तीव्र रुपमा भैरहेपनि पत्ता लाग्न सकेको छैन । ‘हामीले हरसम्भव उपाय अपनाइरहेका छौं, तर मुसा भेटिएको छैन ।’

नेपाल वायुसेवा निगमका प्रवक्ता राजुबहादुर केसीले भन्नुभयो । उहाँले अनलाईन खबरलाई दिएको जानकारी अनुसार बुधबार दिनभर विमानभित्र पसेर मुसा खोज्दा समेत नभेटिएपछि अर्को विकल्प’bout छलफल भैरहेको छ । ‘विमानभित्र पसेको मुसा नियन्त्रण गर्न सामान्यतया विषादी राख्ने चलन छैन, तैपनि केही उपाय नभएपछि हामी विषादी नै राखेर भएपनि मुसा खोज्ने प्रयासमा छौं’ केसीले भन्नुभयो । विमानमा मुसा रहे नरहेको भने अझै यकिन गरेर भन्न नसकिने उहाँको भनाई छ ।

सोमबार काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उड्न लागेको विमानमा मुसा देखिएपछि त्यो उडान नै रद्द गरेर मुसा खोजियो । यात्रुलाई अर्कै विमानमा पठाएर मुसा खोजिएपनि मुसा फेला पर्न सकेन । मुसा फेला नपारी उडान गर्न नमिल्ने नियम अनुसार पाइलटले उडान भर्न मानेका थिएनन् । तर मुसा भेटियो भनेर निगम कर्मचारीहरुले ढाँटेपछि त्यही रात मलेसिया उडान भरिएको थियो ।

मंगलबार मलेसियाबाट काठमाडौं फर्किएको विमान फेरि दिउसो हङकङ पुग्यो । त्यहाँ पुगेपछि थाहा भयो, मुसा अझै विमानमै रहेछ । त्यसपछि विमानभित्र मुसा खोज्न थालियो । तर मजाले विमानमा शयर गरेर देशविदेश चाहार्न पाएको मुसो यति सजिलै बाहिर किन आउँथ्यो ? मंगलबार बिहान एकपटक गुरुरुरु कुदेको मुसो त्यसपछि कहाँ लुकेर बसेको छ भन्ने कसैले थाहा पाउन सकेका छैनन् ।

निगमलाई दैनिक लाखौंको खर्च

यसै त टाट पल्टेको निगमलाई मुसाको कारण आर्थिक व्यवभार झनै थपिएको छ । एक त विमान ग्राउन्डेड भएपछि घाटा हुने नै भयो । अर्कोतिर हङकङबाट काठमाडौं आउन लागेका यात्रुलाई उतै होटलमा राख्नुपर्ने बाध्यता छ । ‘यात्रुको खानपिन र बसाई खर्च समेत जोड्दा झण्डै २० लाख खर्च भैसकेको छ’ निगमका प्रवक्ता केसीले भन्नुभयो ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

Advertisements

One response to “विमान चढेर हङकङ पुगेको मुसा अझै बेपत्ता

  1. Musalai ajhai suraksya dewwwwwwwww

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.