सामान्य बालकमा ‘अचम्मको शक्ति’


गत ५ फागुनदेखि उनमा एक्कासि यस्तो चामत्कारिक परिवर्तन आएको हो

इलाम,२० भदौ जिल्लाको पश्चिमी शान्तिडाँडा-७ का १४ वषर्ीय सुरज बस्नेतमा ‘चामत्कारिक शक्ति’ देखा परेपछि परिवार तथा छिमेकी चकित बनेका छन् । पाँच महिनायता दर्जनौँ भाषा बोल्नुका साथै उनी छिमेकीलाई धार्मिक प्रवचनसमेत दिइरहेका छन् । गत ५ फागुनदेखि उनमा

एक्कासि यस्तो चामत्कारिक परिवर्तन आएको हो । सामान्य रूपमा विद्यालय जाने १४ वषर्ीय बालकमा एक्कासि यस्तो परिवर्तन आएपछि उनलाई भेट्नेहरू अचम्ममा पर्छन् ।

आफूमा विगत र भविष्य हेर्ने शक्ति पनि आएको सुरज बताउँछन् । अहिले उनका ’boutमा बुझ्न र आफ्नो भाग्य हेराउन उनको घरमा आगन्तुकको भीड लाग्न थालेको छ । दिनहुँ सयौँको संख्यामा आगन्तुकहरू घरमा भेला हुने गरेको सुरजकी आमा इन्दिराले बताइन् । 

स्थानीय पञ्च उमाविमा कक्षा नौमा अध्ययन गर्दागर्दै उनमा यसरी आध्यात्मिक शक्ति आउन थालेको हो । त्यसपछि उनी विद्यालय जान छाडेका छन् । उनी अहिले हिन्दू, इस्लाम, बौद्ध, जैन धर्मको प्रवचन दिइरहेका छन् । बाँकी शिखलगायत धर्मको ज्ञान पनि प्राप्त हुनेक्रम जारी नै रहेको बस्नेतले बताए । उनी नेपाली, संस्कृत, अंग्रेजी, अरबी, बंगाली भाषामा प्रवचन दिनसक्ने दाबी गर्छन् । 

‘विद्यालयमा पढ्दा धर्मको ’boutमा केही थाहा थिएन, भाषा पनि नेपालीबाहेक केही आउँदैनथ्यो, अहिले आफैँ र्फरर बोल्न आउँछ,’ उनले भने, ‘पहिले आफैँदेखि छक्क लाग्थ्यो, तर अहिले छक्क नलाग्ने शक्ति पनि आएको छ,’ उनले भने । 

कुनै ध्यान, तपस्याविनै ज्ञान आइरहने भएकाले सुरज एक ठाउँमा बस्दैनन् र ध्यान पनि गर्दैनन् । अन्य बालबालिकाझैँ उनको दैनिक जीवन सामान्य तरिकाले नै चल्छ । शनिबारबाहेक आफ्नो घरमा आउनेहरूको भाग्य हेरिदिन्छन् उनी । ‘हरेक बिहान घरदेखि केही तल रहेको सिंहदेवीस्थानमा पूजा गर्छु,’ उनले भने । 

बस्नेतको अर्काे पनि अचम्मको पाटो छ । घरका परिवार र कतिपय छिमेकीहरूले उनलाई वेलावेला घरनजिकैका रूखका पातमा देखेर छक्क पर्ने गरेको बताए । ‘आँगनमा सँगै बसेका वेला एक्कासि रूखमा हेर्दा रूखका पातमा उसको अनुहार झल्केको देखिन्छ, झट्ट फेरि ऊ आफैँसँग हुन्छ,’ उनका ८४ वषर्ीय हजुरबुबा धनराज बस्नेतले भने, ‘मैले मात्र होइन परिवार र छिमेकीले पनि उनलाई कतिवेला रूखका पातमा, कतिवेला घरको धुरीमा उभिण्डो परेर झुन्डिएको देखेका छन् ।’ 

सुरजले आफूलाई ज्ञानका रूपमा प्राप्त भएका केही कुरा डायरीमा लिपिबद्ध गरेका छन् भने घरका भित्तामा यस्तो ज्ञानका भक्तिगानहरू लेखेर टाँसेका छन् । डायरीमा लेखिएका कुराहरूलाई पुस्तकका रूपमा प्रकाशन गर्ने उनको सोच रहेछ । ‘पाँच महिनाअघिसम्म केही नजानेका कुरा अहिले धाराबाहिक रूपमा बताउँछ र लेख्छ पनि,’ आमा इन्दिराले भनिन्, ‘घरमा उसले विभिन्न धर्मको प्रवचन अनेक भाषामा दिएको सुनेर छक्क परेका छौँ ।’

बस्नेत दम्पतीले पहिलेपहिले छोराको कुरा नपत्याएको बताए । ‘सुरुसुरुमा पत्यार लागेन, केही दिनपछि संस्कृतका पण्डितहरूसमेत ल्याएर ऊसँग गफ गराउँदा ती पण्डितहरूले पनि विश्वास गरेपछि हामीलाई विश्व्ाास लाग्यो,’ इन्दिराले भनिन् । उनको ’boutमा सुनेर आएका पण्डितहरूलाई सुरजले २४ सै घन्टा हिन्दू धर्मको प्रवचन दिएका थिए । 

सुरजले यही भदौभित्रमा नजिकैको गुफाथुम्कीबाट अर्काे थुम्कामा आफू हावामा उडेर जाने संकेत मिलेको बताएका छन् । उनले आफ्नो १५औँ जन्मदिन अर्थात् आगामी १५ फागुनदेखि फलफूलमात्रै खाने र आकाशका तारा त्यहीँ पुगेर हल्लाउने ज्ञान आएको दाबी पनि गरे । ‘हुन त आफैँलाई पनि सत्यजस्तो लाग्दैन, तर मलाई अदृश्य शक्तिले अहिलेसम्म यही ज्ञान दिएको छ,’ सुरजले भने । 

Posted by: Dambar Rimal                                                  source: Nayapatrika

2 responses to “सामान्य बालकमा ‘अचम्मको शक्ति’

  1. yo ta achamma nai bhayo.shaktile baas diyekai ho bhane nepalko durawastha pani par hos waha bata.

  2. Ek patak nepal ko bhavisya pani ni batai diye hunthyo ki………? kamse kam aaune durgati bat chahi bachna sakinthyo ki? Hey BHAGWAN shakti deu !!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.