पत्रकार सुरक्षाको छुट्टै कानुनः सञ्चारमन्त्री


काठमाडौं,२० भदौसूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले पत्रकार तथा सञ्चारमाध्यमको सुरक्षा एवं प्रेस स्वतन्त्रताको रक्षाका लागि छुट्टै कानुन निर्माण गर्नु जरुरी रहेको बताएका छन् । नेपाल पत्रकार महासंघको प्रतिनिधिसँग मंगलबार मन्त्रालयमा अन्तर्त्रिया गर्दै मन्त्री गुप्ताले पत्रकारहरूको सुरक्षाका लागि छुट्टै कानुन निर्माण गर्नुपर्ने आवश्यक भएकाले महासंघलाई त्यसको मस्यौदा तयार पार्न आग्रह गरे ।

गुप्ताले राजनीतिक आवरणमा सञ्चार क्षेत्रमा हुने कुनै पनि आक्रमण क्षम्य नहुने बताउँदै नयाँ पत्रिकाको केन्द्रीय कार्यालयमा भएको आक्रमणको छानबिन गरी कारबाही गरिने दृढता व्यक्त गरेका छन् । ‘दिनदिनै सञ्चारक्षेत्रमा आक्रमण भैरहेका छन्,’ उनले भने, ‘नयाँ पत्रिकामा भएको आक्रमण पनि त्यसैको निरन्तरता हो ।’ उनले पछिल्ला समयमा प्रेस जगत अत्यन्तै असुरक्षित हुँदै गएकाले कडा कानुनको आवश्यकता रहेको बताए ।

मन्त्री गुप्ताले महासंघको भवन निर्माणका लागि बजेटमा तोकिएको रकम प्रक्रिया पुर्‍याएर विनियोजन गर्न तथा द्वन्द्वपीडित पत्रकारको राहत रकम महासंघमार्फत नै व्यवस्था गर्न सञ्चार सचिवलाई निर्देशन दिएका छन् । महासंघका अध्यक्ष शिव गाउँलेले स्वतन्त्रतापूर्वक लेख्ने वातावरण बनाउन र द्वन्द्वपीडित पत्रकारलाई राहतको व्यवस्था गर्न मन्त्री गुप्ताको ध्यानाकर्षण गराएका थिए । महासंघका प्रतिनिधिले मन्त्री तथा सचिवहरूसँगको कुराकानीमा पत्रकारहरूको न्यूनतम पारिश्रमिक तथा बिमाका विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए

Posted by : Dambar Rimal                                                               Source : Nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.