६८ नगरपालिका दमकलविहीन


– रञ्जित तामाङ

“देभभरका ९९ मध्ये ६८ नगरपालिका दमकलविहीन रहेका छन्”

स्थानीय विकास मन्त्रालयको वातावरण व्यवस्थान शाखाका अनुसार हालसालै घोषणा भएको ४१ नगरपालिका सबै दमकलविहीन छन् भने २७ पुराना नगरपालिकासँग पनि आगलागी भए नियन्त्रण गर्न दमकल छैन । देशभरका ३१ नगरपालिकामा ५७ वटा मात्र दमकल रहेको शाखा अधिकृत एकनारायण शर्माले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै विराटनगर उपमहानगरपालिकासँग ५ दमकल छन् भने १४ नगरपालिकासँग एक–एकवटा मात्र छन् । बाँकी १० नगरपालिकासँग २ देखि ४ वटा दमकल छन् ।

हाल भएका दमकलहरूसमेत अन्र्तराष्ट्रिय मापदण्डअनुसारको नभएको अधिकृत शर्माले बताउँछन् । यस वर्ष मन्त्रालयले स्थानीय विकास शुल्क कोषअन्र्तगत रहेको जगेडा कोषको रकमले ५ दमकल खरिद गर्ने योजना बनाएको उनले बताए । जगेडा कोषका लागी सरकारले यस वर्ष ६५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

दमकल खरिद गर्न मन्त्रालयले नगरपालिकाहरूसँग २ करोड रुपैयाँसम्मको कार्ययोजना माग गरेको छ । नयाँ खरिद गरिने उक्त दमकलहरूले २५ देखी ३० तल्लासम्म फैलिएको आगलागी नियन्त्रण गर्न सक्नेछ ।

नगर विकासको पहिलो प्राथमिकता दमकल खरिद गर्ने कार्ययोजना बनाउन सम्पूर्ण नगरपालिकारूलाई मन्त्रालयलाई निर्देशन दिइसकेको छ । अधिकृत शर्माका अनुसार कुल लागतको ९० प्रतिशत कोषले विनियोजन गर्नेछ भने १० प्रतिशत नगरपालिकाले बेहोरे पुग्नेछ ।

जोखिममा पहाडी नगरपालिकाहरू

तराई तथा उपत्यकाभित्र रहेका नगरपालिकाका प्रायः बस्तीमा मोटर जान सक्ने सडक भए पनि पहाडी जिल्लाका नगरपालिकाहरूका सबै बस्तीमा सडक नरहेकाले आगो नियन्त्रण गर्न कठिनाइ देखिएको छ । अधिकृत शर्माले भने “सडक नभएका बस्तीभन्दा माथि ठूला ट्याङ्कीमा पानी जम्मा गरेर सबै बस्तीमा पाइप लाइन बिच्छ्याउँदा जोखिम न्यूनीकरण गर्न सकिन्थ्यो,” उनले भने, “हाल यस्तो कुनै योजना नभए पनि मन्त्रालयले चाँडै योजना ल्याउँदैछ ।”

नेपाल नगरपालिका संघका अनुसार सडकको राम्रो पहुँच भएका नगरपालिकाहरूमा समेत दमकल सञ्चालन गर्न नसकेको अवस्थामा भौगोलिक जटिलता रहेको पहाडी बस्तीमा आगोको धेरै जोखिम रहेको छ । संघका उपाध्यक्ष तथा धुलिखेल नगरपालिकाका पूर्वउपमेयर अशोक ब्यान्जूका अनुसार सबै सहरी बस्तीमा आगलागीजन्य जोखिम व्यवस्थापन गर्न आवश्यक सडक तथा दमकल दुवैको कमी छ ।

“काभ्रेका ४ नगरपालिकाका सबै बस्तीमा सडकको अवस्था राम्रो छैन भने दमकल चाहिएको अवस्थामा भक्तपुरबाट ल्याउनुपर्छ,” उपाध्यक्ष ब्यान्जूले भने । यस वर्षको बजेटमा ४१ नगरपालिकाको घोषणा गर्दा सडक लगायतका अन्य भौतिक पूर्वाधारको ख्याल नगरेको भन्दै संघले असन्तुष्टि जनाएको छ ।

“सरकारले नगरपालिका घोषणा गर्दा जनसंख्या र सहरी इलाकालाई मात्र आधार मान्यो,” उपाध्यक्ष ब्यान्जूले भने, “भौतिक पूर्वाधारको ख्याल नगर्दा जोखिम व्यवस्थापनमा समस्या आएको छ ।”

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.