साँचो विवादले पार्टी फुट्दैनः प्रचण्ड


२० भदौ, काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साँचो विवादका कारण आफ्नो पार्टी नफुट्ने दाबी गर्नुभएको छ ।केही दिनअघि कांग्रेस निकट नेविसंघ कार्यकर्ताको आक्रमणबाट क्षति पुगेको काठमाडौँको कमलपोखरीस्थित नयाँ पत्रिका राष्ट्रिय दैनिकको कार्यालय निरीक्षण गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले शान्तिप्रक्रिया अघि बढिसकेकाले पछाडि हट्न नसक्ने स्पष्ट गर्नुभयो । आगामी १ असोजदेखि बस्ने केन्द्रीय समितिको बैठकले साँचो विवाद समाधान गरी माओवादी एकढिक्काका साथ अगाडि बढ्ने उहाँको दाबी थियो ।

सबै पार्टीमा विवाद हुने भन्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीभित्रको विवादले शान्तिप्रक्रियामा खासै नकारात्मक असर नपुग्ने जिकिर गर्नुभयो । राजनीतिक दलको आवरणमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हुने आक्रमण आफ्ना लागि सहृय नहुने उहाँको भनाइ छ । राजनीतिलाई आवरण बनाई विराटनरगरमा पत्रकार कुटिएको र नयाँ पत्रिका कार्यालयमा आक्रमण भएको उल्लेख गर्दै उहाँले दुवै घटनाका दोषीमाथि कडा कारबाही हुनुपर्ने बताउनुभयो ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.