यमुनाको जीवन संघर्ष र डाक्टर यसोदा (कथा)


इन्द्रेणी शर्मा “जलद”

सेबिका, कस्तो छ बिरामीको प्रेसर अनि औषधी समयमा दिनु नि रगतको व्यबस्था भैसकेको छ, म भरे बेलुकी आउदा बिरामीको होश आउनु पर्छ नि ?

हुन्छ डाक्टर यसोदाजी, म पनि आज छिट्टै निस्कने काम थियो बरु सुपे शिला हुनुहुन्छ आज रातको ड्यूटीमा हजुरले एक पटक उहालाई खवर गर्नु हुन्छ कि ? उहा आउनु भएन भने म बसुला नि,

ओके, म कल गर्छु के भन्नुहुन्छ ?
ल उहा आउनु हुने भयो तपाई जान सक्नुहुन्छ,
थैंक्स डाक्टर यसोदाजी, किन यति गंभीर देखिनु भएको हजूर ?यो मानिसको अनुहार जब देख्नु भयो अनि धेरै सीरियस हुन पुग्नु भयो ?आखिर कुनै सम्बन्ध छ कि ?´´
हो सेबिकाजी जब म बिरामीको अनुहारमा जीवनका अर्थ खोज्छु कताकता  भावनात्मक सम्बन्धले बाधेको पाउछु म  , म एक अबला नारीकीछोरी हुं मेरो बाबा आमा भने पनि आफन्त सारा उहा नै हुनुहुन्छ  एकदिन उहाले आफ्नो बिगत कोटत्याउनु भयो रातभरि म सुत्न सकिन मैले आफ्नो जीवनको मोड़ नै बदले मात्र आमाको त्यों तितो यथार्थले मलाई धेरै सोच्ने बनायो  सेबिकाजी
´´ अहिले हजुरको आमा कहा हुनुहुन्छ नि ?´´
मेरो आमा अहिले मसंग हुनुहुन्छ  उहा एक कुशल साहित्यकार  ,उहाले धेरै पुस्तक निकाली सक्नु भएको छ
एक कुरा डाक्टर यसोधाजी निबेदन गर्न सक्छु अन्यथा नहुने भए ,´´
´´सोध्नुस शायद मेरो जन्मदाता बाबाको ’boutमा त हैन? ´´
कस्तो मनको कुरा बुझ्नु भएको  हो हजुरले ?आमालाई जून  महत्व दिनुभएको छ त्यों कहिल्यै बाबाको नाम लीनु भएन  किन ´´
´´मैले भनेकी  थिएं  भुल्नु भयो होला   मेरो आमाले मेरो सारा कुराको जिम्मेवारी लिएर आफ्नो जीवन सदाको लागी  सारा आफंतीलाइ त्याग्नु भयो   मेरो बाबाको काहनी सुन्दा रातभरि निंद्रा पनि लागेको थिएन ´´
हातको घडी हेर्दै ´´ए, अबेर भै सकेछ भोलि बिरामीको अपरेशनपछि  कुरा गरुला नि हुन्न  सेबिकाजी ?´´´
´´हुन्छ नि डाक्टर यसोदाजी  जे होस हजुरको सेवा देखेर अस्पताल प्रशासन   बिरामी तथा बिरामीका आफंतले मुक्तकंठले प्रंसशा गरेका छन हामीलाई पनि यो खुशीको कुरा हो ´´
´´ थैंक्स सेबिकाजी ल यही गाडीमा जाऊं  ´´
´´हस डाक्टर यसोदाजी ´´,
आज  म अबेरसम्म घरमा हुन्छु होला एकपटक कल गर्नु होला सेबिकाजी उता शिलाजीको पनि कुरा सुनाउनु होला नि  ल हजुरको ठाऊ पनि आयो   ,सी यु  बाई
गाडीबाट  ओर्लेर हातले बाई बाई गर्दै बिदाई गर्छन  दुबैले
´´आमा के गर्दै हुनुहुन्छ ?आज एकजना गंभीर घाइतेलाइ छोडेर आउनु पर्यो आमा किन हो किन त्यों बिरामी देखेर कताकता म आफु नै गंभीर बने आमा ´´
हेर छोरी तिम्रो कर्तब्य यही हो जून धर्म पनि हो र कर्म पनि   ,मैले आफंतिको कुरा सुनेर तिम्रो अन्त्य गर्ने सोच बनाए तर सकिन तिम्रो बाबालाई के गरे कसो गरे म सनिमाको साथ लागेर शहर पसें  एकजना समाजसेबी थकाल्नी दिदीको घरमा तिमीलाई जन्माये  मेरा सारा कथा ब्यथा उनलाई सुनाए  छोरी  ´´
त्यसपछि के भयो नि आमा ?
मैले  उनीसंग केही पैसा लिएर सड़कको छेउमा सानो पसल राखे  अनि तिमीलाई हुर्कौदै गरें  ,जीवनको गंभीर संघर्षको प्रतिफल तिमी थियौ छोरी  .कहिले कांही तिम्रा बाबाको सम्झनाले ब्याकुल हुन्थें जिउदो मरेको केही थाहा थिएं छोरी तर मैले सिंदूर र पोतेलाई आफ्नो पतित्वको संस्कारलाइ कायम नै राखें छोरी ,´´
´´के हजुरले २५\२५ बर्ष पछि पनि उहालाई चिन्न सक्नु  हुन्छ त आमा ?´´
किन नसक्नु छोरी? सक्छु नि जति बर्ष भए पनि ,´भौतिक मायाको संसार उजाड़ भए पनि दुई आत्माको अमर प्रेम कहिल्यै अलग हुदैन´´´´ उहाको रूप तिम्रो अनुहारमा जेको ते सरेको छ तिम्रो रुपको छबि हेरेर उहा जिउदो हुनुहुन्छ भन्ने मेरो बिस्वास छ त्यों मरेको छैन नानी ´´
´´के संभव होला त आमा हाम्रो बाबासंग  भेट ?´´
हो छोरी एकदिन त्यों रहश्यमय डायरी फेला पर्ने छ जसमा मेरो कथा लेखिएको हुनेछ त्यों डायरी अबश्य तिम्रो हातमा आउनेछ किनकी मेरो हरेक रातको सपनामा एक दिब्यपुरुष तिम्रो नजिक देखिन्छ  र भन्छ   ´´  यमुना तिम्रो भेट हुनेछ तिमीले छोरीलाई बचायेर पुण्य कर्म गर्यौ  तिमीले जे सोचेकीछ्यौ त्यों समय अबश्य आउनेछ ,दुखी नहौउ´´
मैले आफ्नो कृती निकाले लेखें त्यही विषयमा       दिब्य पुरुषको सन्देश   जसले मेरो जीवनको मोड़ नै परिबर्तन गरायो छोरी  मैले अनेकन पुरस्कार थापें  सम्मान पायें  तर मैले आफ्नो ख़ुशी बाड़ने आफंती र आफ्नो प्रियजन पाइन छोरी .जब तिमी हुर्कियौ ,मैले संघर्षका दिनलाइ  सफलताको मूलमंत्र मानें  आज बिना संघर्ष जिउन कति कठिन छ ?
´´भोलि के काम छ आमा हजुरको ?~´´
नानी भोलि धेरै स्थानबाट  निमंत्रण आएको छ  पुस्तकालय  उद्घाटन,  पुस्तक बिमोचन , साहित्यगतिबिधि र हाम्रो समाज एक चर्चा बिशेष गोष्ठी  तथा  मेरो नया कृति
मेरोजीवन संघर्ष र छोरी यसोदा
´´खुशी लाग्यो आमा जे हजुरको बिचार  तर आजको केश कस्तो हुन्छ हजुर जे जसरी हुन्छ पाल्नु होला   हजुरकी छोरीले  आज आफ्नो जीवनको सबभन्दा ठूलो अपरेशन गर्दैछे     यदि यो सफल भएन भने मेरो जीवनको अन्त्य पनि हुनेछ आमा हो हजुर यससमय सारा कुरा त्यागेर आउनुहुनेछ किनकी आज सम्म मेरो लागी गरेको संघर्षको महत्वपूर्ण कामको प्रतिफल पाउनुहुनेछ ´´
´´ ल छोरी म जरुर आऊनेछु  तिमी ढुक्क हौ ´´
´´धन्यबाद मेरो आमा ,मेरी आमा कति महान म कसरी ब्यक्त गरु ? यदि यो बेला मेरो बाबा भएको भए मेरो जीवन स्वर्ग भन्दा बिशाल र पावन हुनेथियो   ´´
शिलाको फ़ोन  ,हतारिदै रिसीव गर्छिंन  ´´,थैंक्स शिला´,गुड न्यूज़ , म आउदै छु अपरेशनका सामग्री ठीकठाक पार्नु  बिरामीलाई आराम दिदैगर्नु  हो हामीले यो समय पूर्ण सजकताकोसाथ सफलता हासिल गर्नु पर्छ  बिरामीको पुनर्जीवनको सवाल छ बुझ्नु भयो ?
´´हस  डाक्टर यसोदाजी सारा मानेज भै सकेको छ  हजुरको आगमनको खाचो छ ,
यसोदा हास्पिटल र आमा कार्यकर्म स्थल तीर बिदा हुदै लाग्छन
´´ नानी ल म आउदैछु  ल सुनाऊ खवर ?´´
आमा सफल भयो अपरेशन बिरामीको होश पनि आएको छ उहाले मलाई एक पुस्तक र एउटा डायरी  दिदै भन्नु भयो  नानी तिमी महान देखें  म एक भिखारीलाइ जीवन दान दियौ तिम्रा आमा बाबा महान हुनुहुन्छ तिमी जस्ति सुपुत्री जन्माउनु भयो ,के तिम्री महान माता .आमालाई भेट गराउन सक्छ्यौ नानी ?´´
किन नसक्नु नि अबश्य सक्छु आज हजुरले रेस्ट लीनु पर्छ भोलि सारा कुरा हजुरले पाउनुहुनेछ ´´
´´थैंक्स नानी तिमी जस्ति डाक्टर आजसम्म फेला पारेको थिइन  धन्य भगवान् तिम्रो कृपा ´´
हजुरलाई पनि धन्यबाद ,हजुरको नया जीवन प्राप्त गर्नु भएकोमा
´´नानी खै त  बिरामी ?´´
बिरामीको होश आएको खवरले खुशी हुदै  सेबिकालाई संपर्क गर्छिंन   आज अस्पतालको माहोल नै अलग छ
´´ उहा नै हो नानी बिरामी ´´
´´आज भेट्न मिल्दैन नानी ?´´´´
´´आज उहा अलिक कमजोर हुनुहुन्छ भरेभोली भेटेर सारा कुरा गर्नु होला नि हुन्न आमा ?´´
´´एक पटक अनुहार त हेरू ?´´
आमा के गर्नु भएको ?अरुले के भंलान ?´´कुरा बुझ्नुस न ?
´´ किन नानी ´?कुनै समस्या हुन्छ र ?´´
हुन पनि सक्छ बिरामी मानिसको नजिक कोही पुरानो परिचित मानिस देख्दा मुटुलाई प्रेसर पर्न सक्छ त्यसपछि ,अर्को समस्या ´´
´´ल त्यसो भन्छौ भने ल हिड़ घर  अनि यो डायरी र पुस्तक नि ?´´
यो पुस्तक घर पुगे पछि हेर्नु होला आमा
गाडीमा चढेर घर पुग्छ्न ,छोरी आजको अपरेशन सफलता भएकोले धेरै स्याबासी दिएको सम्झिन्छिन ,आमाको मन छोरीको दराजकापुस्तकमा पुग्छ
अचानक राती उठेर डायरी हेर्छिंन
रात यति लामो कहिल्यै भएको थिएन आफ्नी प्यारी छोरीको नयाखुशी र आफ्नो जीवनसाथी यदुनाथको मिलन हुदाको समय कल्पिन्छिंन रातले आफ्नो रूप बदलिसकेको थियो झ्याल बाट सूर्यका लालीम किरण यसोदाकोअनुहारमा देख्छीन दिब्य-परी जस्तो लाग्छ
´´ छोरी यसोदा तिम्रो बाबालाइ तिमीले हिजै  फेला पारेकी  थियौ  तर मैले भने हेर्न पाइन   तिमीले जे भन्यौ ठीक भन्यौ  यदि तिम्रो कुरा नमानेको भए जे पनि हुने थियो
´मेरी छोरी तिमी महान छयौ ल´´
आमा पनि हेर्नुस ल,  अब त खुशी हुनुहुन्छ नि ?´´
किन नहुनु नानी मेरो भगवान् लाइ फेला पार्दा पनि ?
पालेले बोलाउछ ´´ डाक्टर नानी हजुरलाई काठमांडू बाट आएका पत्रकारले भेट्न खोज्नु भएको छ हजुरले नेपालको गरिमामय सम्मान पाउनु भएकोले अन्तर्बार्ता दिनको लागी ´´
´´यसोदाको बाबा हजुर मलाई चिन्नु हुन्छ ?´´
´´को हुनुहुन्छ म कसरी चिनू हजुर  पहिले आफ्नो परिचय दिनुहोस न ?´´
म हजुरकी यमुना  र हजुरकी छोरी डाक्टर यसोदा ´´
´´यमु मलाई माफ़ गर म पापी हूं´´
हैन हजुर मेरा पापी आफंती हुन जसले हामीलाई धेरै दूर पुरायेका थिए आज भाग्यले हजुरको भेट भयो  ´´
हो यमु यस्तो म सपनामा पनि सोचेको थिइन  धन्य भगवान्
ल अब घर जाऊ उतै सारा कुरा गरौला हुन्न ?
हुन्छ हुन्छ
पत्रकारले आफ्नो क्यामराले फोटो खिचिराखेकै थिए
मैले आफ्नो नजरले समाजलाइ हेरें तर यो निष्ठुरी समाजको रूप अझै बदलेको थिएन,  सेबिकाले मलाई आफ्नो कथा सुनाई राखिन  म  सुनी रहे रात बितेको थाहै भएन

प्रगतिनगर, नवलपुर नवलपरासी नेपाल
हाल लिस्बोन पोर्तुगल यूरोप
०५-०९-२०११/ १२.१५

Posted by: Suresh Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.