भोकमरीबाट ४० लाख जनता जोखिममा


“पूर्वीअफ्रिकामा ६० वर्षयताकै सबैभन्दा ठूलो खडेरी लागेपछि सोमालियामा ४० लाख जनता भोकमरीको जोखिममा”

१९ भदौ सोमालियामा लागेको खडेरीबाट केही महिनाभित्र नै सात लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । यसैगरी, राष्ट्रसंघले सोमालियाका अन्य केही क्षेत्रलाई पनि खडेरीयुक्त क्षेत्र घोषणा गरेको छ । 

६० वर्षयता पूर्वीअफ्रिकाकै सबैभन्दा ठूलो खडेरीमा अहिलेसम्म दशौँ हजार मानिसको मृत्यु भइसकेको पनि राष्ट्रसंघले बताएको छ । बे इलाका भोकमरी क्षेत्र घोषणा गरिएको छैटौँ क्षेत्र बनेको छ । भोकमरी इस्लामिक अतिवादी इस्लामिस्ट अल साविवद्वारा नियन्त्रित क्षेत्रमा बढी भएको पनि राष्ट्रसंघले बताएको छ । सोमालियाका करिब एक करोड २० लाख जनतालाई खाद्यान्न सहयोगको आवश्यकता रहेको पनि राष्ट्रसंघले जानकारी दिएको छ ।

बे क्षेत्रमा आगामी महिना स्थिति थप नाजुक बन्ने चेतावनी पनि राष्ट्रसंघले दिएको छ । राष्ट्रसंघका अनुसार दक्षिणी बेमा भोकमरीबाट मर्नेको संख्या अत्यधिक रहेको छ ।

‘समग्रमा ४० लाख सोमालियाली जनता जोखिममा छन् । आवश्यक खाना नपाएमा करिब सात लाख ५० हजार जनता आगामी चार महिनामा मृत्युको जोखिममा भएको राष्ट्रसंघको खाद्य सुरक्षा तथा पोषण अनुसन्धान समितिले जनाएको छ । भोकमरीबाट मर्नेमध्ये आधा बालबालिका भएको पनि राष्ट्रसंघले बताएको छ । छिमेकी इथियोपिया, केन्या, युगान्डामा पनि खडेरी लागेको छ । करिब २० वर्ष यतादेखि लगातार युद्ध र राष्ट्रिय सरकार नभएकाले सोमालियामा जनताको स्थिति थप नाजुक रहेको छ ।

राष्ट्रसंघसमर्थित शक्तिले राजधानी मोगादिसुसहित अन्य केही क्षेत्रमा नियन्त्रण गरेको छ । दशौँ हजार सोमाली जनता देश छोडेर भागेका छन् ।

Posted by: Dambar Rimal                                                  Source: Nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.