नयाँ पत्रिकामा तोडफोड गर्ने राजन श्रेष्ठ र राजकुमार सिग्देल


नयाँ पत्रिकामा आइतबार तोडफोड गर्ने राजन श्रेष्ठ र राजकुमार सिग्देल सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा हत्कडीसहित । क्यामेरा देखेपछि उनीहरूले अनुहार छोप्ने प्रयास गरेका थिए ।

१९ भदौ, नयाँ पत्रिका कार्यालयमा आक्रमण गर्ने समूहका दुई नाइके राजन श्रेष्ठ र राजकुमार सिग्देललाई सार्वजनिक अपराध ऐनअन्तर्गत थप ६ दिन थुनेर अनुसन्धान गर्न प्रशासनले आदेश दिएको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाले उनीहरूलाई सोमबार काठमाडौं प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद ढकालसमक्ष पेस गरेको थियो । आइतबार बिहान १० बजे नयाँ पत्रिका कार्यालयमा आएका नौजनाले कर्मचारी र पत्रकारमाथि दुव्र्यवहार गर्दै सम्पादकको कक्ष, लेखा शाखा, रिसेप्सन, झ्याल र इन्टरकम टेलिफोन तोडफोड गरी भागेका थिए । राजन र राजकुमार दुई घन्टामै पक्राउ परेका थिए भने भागेका सातजनाको खोजी भइरहेको महानगरीय प्रहरी परिसरका डिएसपी धीरजप्रताप सिंहले बताए । उता नेपाल विद्यार्द्यी संघले नयाँ पत्रिका कार्यालयमा आक्रमण गर्नेहरू आफ्ना संगठनमा नरहेको जनाउँदै जोसुकै भए पनि उनीहरूमाथि कडा कारबाही गर्न माग गरेको छ । नेविसंघ पशुपती बहुमुखी क्याम्पस इकाइद्वारा विज्ञप्तिमा आक्रमणकारीलाई कडा कारबाही गर्न माग गरिएको छ । नयाँ पत्रिकामा आइतबार तोडफोड गर्ने राजन श्रेष्ठ र राजकुमार सिग्देल सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा हत्कडीसहित । क्यामेरा देखेपछि उनीहरूले अनुहार छोप्ने प्रयास गरेका थिए । सर्वत्र निन्दा नयाँ पत्रिका कार्यालयमा आइतबार भएको आक्रमणको राजनीतिक दलका नेता, मानवअधिकारकर्मी तथा नागरिक अगुवाले खेद व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । सोमबार नयाँ पत्रिका कार्यालयमा आएका उनीहरूले पत्रिका कार्यालयमा भएको तोडफोड प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन् ।

आक्रमणको विरोधमा ऐक्यबद्धता जनाउन नयाँ पत्रिकाको कार्यालय आएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आक्रमणप्रति दुःख व्यक्त गरे । त्यसैगरी, माओवादी नेताहरू देवेन्द्र पौडेल सुनिल, जनार्दन शर्मा प्रभाकर, एमाले नेता योगेश भट्टराई, सभासद् रवीन्द्र अधिकारी, मानवअधिकारवादी नेता कृष्ण पहाडीसहितको टोली, प्रेस काउन्सिल अध्यक्ष नारायण शर्मा, लोकसेवा आयोगका सदस्य कृष्ण पोखरेल, पत्रकार महासंघकी उपाध्यक्ष यशोदा तिम्सिना, महासचिव ओम शर्मा, निजामती कर्मचारी संगठनका अध्यक्ष भोला पोखरेल, सिजेएमसी कलेजकी पि्रन्सिपल मञ्जु मिश्र तथा राष्ट्रिय मानवअधिकार आयोग प्रतिनिधिले आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् । त्यसैगरी, नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान, दि हिमालयन टाइम्स प्रतिष्ठानलगायतले पनि घटनाको विरोध गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको मानवअधिकार शाखाका प्रतिनिधिले नयाँ पत्रिकाका सम्पादकलाई फोन गरी आक्रमणको विरोधमा ऐक्यबद्धता जनाएका छन् । त्यसैगरी, फ्रिडम फोरमले पनि राजनीतिक आवरण बोकेका व्यक्ति र समूहबाट भएको आक्रमणले जनताको सुसूचित हुने अधिकार हनन हुने भन्दै त्यस्ता क्रियाकलाप गर्नेविरुद्ध कारबाहीको माग गरेको छ ।

Posted by: Dambar Rimal                                            Source: Nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.