हेलिकोप्टर भाडामा लिएर समाजसेवी शाहीद्वारा राहत वितरण


पहिरोमा पुरिएको १६ घन्टापछि जीवितै उद्धार गरिएकी बालिका मनीषा परियारलाई राहत उपलब्ध गराउँदै समाजसेवी राजीव शाह !

१७ भदौ जाजरकोट भगवती गाविसका पहिरो पीडितलाई सामाजसेवी राजीवविक्रम शाहले राहत वितरण गरेका छन् । पहिरोमा परी आफन्त गुमाएका र घरबार विहीन परिवारलाई शाहले निजी लगानीमा हेलिकोप्टर भाडामा लिएर राहत वितरण गरेका हुन् । 

अवलगुर्ताका पहिरो पीडितलाई समाजसेवी  शाहले घटनास्थलमै पुगेर शनिबार एक लाख २० हजारबराबरको राहत वितरण गरे । सो पहिरोमा परेर मृत्यु भएका देउकली दुइका बालिका परियारलाई २० हजार र घर क्षति भएका १० परिवारलाई ५ हजारका दरले नगद उपलब्ध गराएका छन् । पहिरोमा पुरिएर १६ घन्टापछि उद्धार गरिएकी बालिका मनीषा परियारको परिवारलाई पनि शाहले २० हजार नगद र कपडा वितरण गरेका छन् । अप्ठयारो अवस्थामा पनि जोखिम मोलेर उद्धारमा खटेको सुरक्षाकर्मीको टोलीलाई समाजसेवी शाहले एक खसी उपलब्ध गराएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

भाडाको हेलिकोप्टरबाट घटनास्थलसम्म पुगेका शाहले  ७० हजार रकमबराबरको चामल र एक सय १० घर परिवारलाई १ सय ५० थान कम्बल वितरणसमेत उपलब्ध गराएका छन् । जिल्लामा पहिरोबाट ठूलो क्षति भएकोले आफूले मानवीयताको नाताले सहयोग गरेको  उनले बताए । व्यक्तिगत लगानीमा यो सहयोग गरेको भन्दै यो ‘राहत’ नभएर ‘सहयोग’ भएको शाहले बताए । दुई वर्षअघि झाडापखाला महामारी फैलिएका वेला पनि  शाहले सहयोग गरेका थिए । त्यतिवेला  हेलिकोप्टर भाडामा लिएर ३० लाख बढीको औषधि वितरण गरेका थिए । लामो समयदेखि राजधानीमा बस्दै आएका जाजरकोटी राजाका सन्तान शाहले जिल्लामा विपतको वेला सबैलाई सहयोग गर्ने गरेका छन् । विपत्ति परेको वेला जिल्लावासी पनि उनलाई सम्झन्छन् ।

पीडित गाउँलाई थप राहतका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले खाद्यान्नलगायत सामग्री राहतस्वरूप वितरणका लागि सिफारिस गरिने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । राजीवबाट राहत पाएपछि खुसी भएका पीडित सरुने परियारले सरकारी आश्वासन भने पत्याउन नसकिने  बताएका छन्  ।

माथि लेकबाट ६ भदौमा आएको पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको थियो  भने १० घर पुरिएको थियो । साथै, पहिरो आसपासका ११ घर उच्चजोखिममा रहेका छन् । अवलगुर्ताका अन्य  ८६ घर पनि सम्भावित पहिरोको खतरामा रहेको बताइएको छ । शनिबार नै पहिरोको  उच्च जोखिममा रहेका ११  परिवारलाई जिल्ला रेडक्रसका मन्त्री हरिबहादुर बस्नेतले राहत सामग्री प्रदान गरे ।

पहिरोले  गाउँ जोखिममा पारेपछि स्थानीयवासी छिमकी जिल्ला रुकुमको गोतामकोट गाविस वडा नं ९  को दामाचौरमा शरण लिएर बसेका छन् ।  पछाडि करेसामा  अजंगको ढुंगा आएर अडिएपछि  घर छोडेका बमबहादुर मल्लले  बताए । दामाचौरमा कोही आफन्तका घरमा शरण लिएका छन् भने ४/५ घर परिवार एउटै घरमा कोच्चिएर बस्नुपरेको पीडित डिल्ली नेपालीले दुखेसो पोखे ।  काठपानीको पहिरो थप खस्न सक्ने खतराले अवलगुर्ता गाउँ सुनसान छ ।

Posted by: Dambar Rimal                                         Source: Nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.