नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट, टोपी चौबन्दीचोली, फरिया (सारी) हुनुमा आपत्ति किन ?


“अहिले सम्मको जिम्मेवारी कसले लिने ? अब हामीले यस अघिका सत्ता भोगीहरु प्रत्येकसंग जवाफ माग्नै पर्छ” 

ज्ञानेन्द्र गुरुङ्, साउदी अरब

देश अहिले संक्रमण कालको चपेटामा अनेकन कुरासँग सामना गर्दै गुज्रीराखेको आवस्था छ । संबिधान सभाको चुनाव भएपछि नेपालमा गणतन्त्रको घोषणा भयो र बहुमत कसैले पनि हाँसिल गर्न नसकिरहेको अवस्थामा मिश्रित व्यवस्था प्रणालीद्वारा मिलिजुली सरकार चलाउनु पर्ने प्रत्यक्ष जनताको आदेश थियो । तर दुर्भाग्य यहाँ मुख्य राजनीतिक दलका नेताहरु आ-आफ्नै पार्टी भित्रको अन्तर बिरोधको चंगोलमा फसी भय, त्रास र आशंकाको शिकार आफै हुन पुगे र समस्या समाधानको मूल ओखती कहीं कतै नभेटिएपछी विचार र सम्भावनाको राजनीति भन्दा अलग-अलग ध्रुवबाट प्रतिशोधको भावनाले ओतप्रोत हरेक पार्टी भित्र गुट-उपगुटको श्रींखला चर्मोत्कर्समा पुग्यो र दल-दलका व्यक्ति-व्यक्ति भित्रै एक आपसमा डम्फु बजाउने प्रवृति र कटाक्ष तिब्र बन्यो । पार्टीका हरेक टाउके नेताहरु आ-आफ्नै प्यानल लिएर तिन, चार चिरामा चिरीएपछि पछिल्लो समयका सरकारले संबैधानिक समितीमा अड्किएर बसेका संबिधान लेखनका मुख्य कामहरु जस्तै: संघियता, राज्यको पुनर्संरचना, शासकीय स्वरूप, सेनाको लोकतान्त्रिकरण र शान्ति प्रकृया भित्र पर्ने मुख्य बिषय विद्रोही लडाकु समायोजन एवं पुनर्स्थापना जस्ता जटिल मुद्दाहरुमा सहमति हुने सम्भावना त परकै कुरा भयो आफ्नै दल भित्र देखिएको आपसि मतभेदले यतिसम्म कि आफ्नै पार्टीका बिशेष कार्यक्रम र नियमित बैठकको एउटै टेबुलमा समेत अटाएनन् । तिन करोड जनताको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने बिषय संबिधान लेखनको काममा यिनै आठ, दस जना नेताहरुको अकर्मन्यता र एकले अर्कालाई बुझ्ने यथेष्ट कोशिस नहुँदा पटक-पटक कानुन र नेपाली जनताको अधिकारको उल्लङ्घन यिनै ठुला भनाउदाबाट फोहोरी खेल खेल्ने र खेलाउने दलदले मैदानमा दुरुपयोग हुन पुगेको हो ।

अर्को कुरा कतिपय त यिनै व्यक्ति विशेषमा पनि सत्ता मोहका तुष रहेकै कारण स्वार्थ भन्दा माथि उठेर तात्कालिन माओबादी सरकारका कार्यकालमा कुशल अर्थमन्त्रिका रुपमा पहिचान बनाई सक्नु भएका निवर्तमान नव-नियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराई बाहेक कुनै नेताले जनता बीच त्यस्तो छाप छोड्ने कसी देखाउन त परै जाओस बरु सत्तामा आफ्नो पहुँच र उपस्थिती सहज नदेखिएपछि आफ्नो वा अर्का भनि छुट्टयाउन समेत सकेनन र एकले अर्काको खुट्टा तान्ने प्रबृती झनै मौलाएर गयो । फलत: यस अघिका सरकारमा समावेश सबैले आफ्नै छबी समेत धमिल्याएर नालायक साबित भएर गए । यसरी आफ्नै दल भित्रको द्वन्द, पार्टी पार्टीको खिचातानी, व्यक्ति बिशेषको सत्ता मोहले गर्दा मुख्यत: संबिधान लेखन, शान्ति प्रकृया, सेना समायोजनका मुलभूत बिषयका पुरै काम चेपुवामा पर्‍यो । सहमतिको सरकार बन्न नसक्नुले यो वा त्यो बहानामा कोहि न कोहि सरकार बाहिर प्रतिपक्षमा रहेकाले पनि बिबिध कुराको गाँठो फुक्न सकेन र देश गुमराहामा पारिरहे न कि समस्या अझै जिउका तिउ नै छन् । यसको जिम्मेवारी कसले लिने ? अब हामीले यिनै सत्ता भोगीहरु प्रत्येकसंग जवाफ माग्नै पर्छ ।

नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट, टोपी चौबन्दीचोली, फरिया (सारी) हुनुमा मधेशी मोर्चाको आपत्ति किन ?

आज मैले यो सन्दर्भ कोर्दै गर्दा मधेशी मोर्चाको कार्यकर्ताहरुले नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट, टोपी कायम हुनुपर्ने सर्बोच्चको फैसला जलाएर सडकमा उत्रेको सुन्नमा आयो । जुन बिषयलाई तात्कालिन माधव कुमार नेपालको सरकारका मन्त्रिमण्डलले निर्णय गरेको बिषयलाई सर्बोच्चले सफाई दिएको थियो । त्यसको लगतै मधेशी मोर्चाले सर्बोच्च अदालतका न्यायधीश खिलराज रेग्मीलाई भेटि सर्बोच्चको फैसला ’bout आपत्ति जनाउँदै ज्ञापन पत्र बुझाएर पत्रकार सम्मेलन गरि नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट, टोपीको बिपक्षमा उभिएर बिरोधको कार्यक्रम सार्बजनिक गर्ने धम्कि दिएको छ ।

स्मरण रहोस, त्यस बेलाको सरकारको यो निर्णयकर्ता मध्येका दुईजना नेता सदभावना पार्टीका राजेन्द्र महतो र फोरम लोकतान्त्रिकका बिजय कुमार गच्छदार आफै मन्त्रि मण्डलमा सामेल थिए । मधेशीलाई यो कुराको अमान्य थियो भने त्यो बेला उनीहरु के हेरेर बसेका थिए ? किन मुख फोरेनन त्यहि बेला…? किन त्यस बेला उनीहरुले मन्त्रि मण्डलको यो निर्णयमा समर्थन जनाए… कुर्सी र पदको मोह भएर हो ? अहिले फेरी कुन स्वार्थमा यिनै नेता भनाउँदाहरु आफ्नै कार्यकालको निर्णयलाई ईस्यु बनाएर मधेशका जनतालाई गोरु बनाएर सडकमा उतार्दैछ ? र फेरी अहिलेको सरकारलाई गाड़ा बनाएर एकचोटी सयर गर्ने दाउमा हो ? प्रधानमन्त्रि डा. बाबुराम भट्टराईले फोहोरी राजनीतिका यी खेलाडीहरुको जालमा फस्नु हुँदैन र उनीहरुको कतिपय पुर्खा ईन्द्रजाल देखाउनमा माहिर भएकाले एउटा परालको त्यान्द्रो पायो भने गोमन नाग़ बनाई अनेक खेलको जादु गर्ने खालेका सन्तान हुन् भनेर डा. भट्टराईले बुझ्नु पर्छ । हामि एक चोटी फेरी चाहान्छौ यिनीहरुको धम्कि धम्कीमै मात्र सिमीत होस् भनेर ।

हाम्रो देश नेपाल कुनै उपनिवेशबाट चोईंटिएर आएको प्रान्त होईन । देश सानो छ, सुन्दर छ, यसको आफ्नै मौलिकता, बिशेषता र इतिहास छ । इतिहासकाल खण्डका दुईसय पचास वर्ष पुरानो शाह वंशका नायक नेपाल एकीकरण अभियानका महापुरुष पृथिवी नारायण शाह देखि अन्तिम राजाको कार्यकालको इतिहास कोरिंदासम्म अन्तर्राष्ट्रिय समुदायबीच नेपाललाई प्रतिनिधित्व गर्दा आफ्नो देशको पहिचान, परिचय र चिनारी दिने प्रतिकहरु राष्ट्रिय पोसाक, राष्ट्रिय झण्डा, राष्ट्रिय भाषा, राष्ट्रिय चिन्ह होस् वा अरु कुनै निधी, धरोहरलाई छोएनन् यानी कि कमसेकम आफ्नो राष्ट्र प्रतिको माया छ भन्ने भावना थोरै धेरै प्रफुस्टन गर्नुमा साशकद्वारा समेत कुनै कन्चुस्याई भएको पाईएन । भलै सबै शासकहरुले जनता र देशको लागि अपेक्षा अनुसार उत्तरदायी बनेर प्रतिष्ठित काम गर्न सकेनन त्यो आफ्नो ठाउँमा होला तर नेपालबाट प्रतिनिधित्व गर्ने जो कोहिले पनि राष्ट्रियता झल्काउने सिम्बल प्रयोग गर्नु र त्यसको जगेर्ना गर्नु एउटा स्वाभिमानी नागरिकको राष्ट्र र जनता प्रति उत्तरदायी बनेर काम गर्ने जिम्वेवारी बडीको कर्तब्य हुन आउँछ | तर सताब्दियौं देखि भई चली आएको देशको राष्ट्रिय पोसाकको खारेज हुनुपर्छ भनेर सडक र सदनमा उफ्रनेहरुलाई के भन्ने ? यो कति सम्म तर्क संगत छ ? एकचोटी देश भक्ति नेपालीहरुले गहिरिएर सोंच्ने बेला आएको छ । यानी कि आज आफ्नै राष्ट्रिय पोशाकको खारेजी माग्नेहरुले भोलि राज्य सत्तामा आफ्नो हैकम चल्ने चाँजो मिल्ने बित्तिकै सार्वभौम नेपालको भू-अखण्डसंग जोडिएको अन्य राष्ट्रिय निधी र धरोहर माथि प्रहार हुदैन भन्ने के बिश्वाश छ त ?

अनि मधेशी मोर्चालाई राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट, टोपी चौबन्दीचोली, फरिया (सारी) भए के घाटा हुन्छ त ? यो सत्य युग त होईन.. न कि ओछ्यानमै उडेर आएर गलापासो लागि हाल्ने ? धोति लगाउन मन पराउनेहरुलाई मेरो राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट, टोपी चौबन्दी चोली, फरिया (सारी) मा सजिई दिनुस भन्ने अनुनय हुन सक्ला… तर कर गर्दैनौ… धोती नै बेरे हुन्छ । अदुवा र हलेदो त छुटट्याउन नसक्ने हरुलाई श्रीखण्ड…?

परि घटनाका एक समिक्षा र त्यसका बाँकी तुषहरु…
मधेशी मोर्चालाई धोति र चप्पल अनि हिन्दीको मोह किन हो ?

संभवत, तात्कालिन पुष्प कमल दाहाल (प्रचण्ड) को सरकारलाई पहिलो समर्थन दिने सर्तमा मधेशी दलका फोरम पक्षधरले नेपालको पहिलो गणतान्त्रिक उपराष्ट्रपति पदमा परमानन्द झा’लाई अघि सारे पछी संबिधान सभाको ठुलो दल माओआदी तर्फको मत परमानन्द झा’लाई गयो र बिजय भयो । त्यसताका आम नेपालीले नबुझेको कुरा के भने किन उनि दिल्लीको ठाडो ईशारामा जस्ताको तस्तै राष्ट्रपति भवनको प्रांगणमा सपथ कार्यक्रममा उत्रे । नेपालको पहिलो गणतान्त्रिक उपराष्ट्रपति जस्तो गरिमामय पदको सपथ ग्रहण कार्यक्रममा उनले नेपालको अन्तरिम संबिधानका कानुन उलंघन मात्र गरेनन कि नेपालको राष्ट्रिय भाषा र राष्ट्रिय पोसाकको अपमान गरि धोति र चप्पलमा उभिएर आफु खुशीले राष्ट्रपति डा. रामबरण यादवको संवाद बिपरित हिन्दीमा सपथ खाए र नेपाल र नेपालीको अस्तित्वमाथि नाङ्गो बालत्कारको शृंखला शुरु भएको आम जनमानशको निष्कर्ष रहयो । देश ब्यापी रुपमा त्यसको बिरोध प्रदर्शन भयो र दसौ, बिसौ दर्जन पुत्ला दहन भए पश्चात अन्तत जनताको सामुन्ने एक दिन घुँडा टेक्नै पर्‍यो परमानन्द झा । यो शुरुको दिन देखि नै कहिँ न कहिँबाट राष्ट्रघाती कामको थालनी मधेशी मोर्चाबाट हुँदै आएको छ । नेपालको कानुनी निकायको उच्च ओहोदामा रहेर लामो समय काम गरिसकेका भनिने निबर्तमान उपराष्ट्रपति परमानन्द झाले नेपालका कुन कानुन कुन भाषामा पढेछन त… नेपाली जनतालाई सुहाउने कस्तो कानुनी सेवा प्रदान गरे होलान त ? आजको युवा पिंढीले ढिलो चाडो भविष्यमा उत्खनन् गरेर त्यस्ता कैंयन बिषयहरुको गर्भमा रहेको सहि तथ्य उजागरण गरेर दुध र पानी छुटट्याउन पर्छ भन्ने लाग्छ ।

पटक-पटक मधेसी मोर्चाहरुले उठाउँदै आएको एउटा बिषय हो एक मधेश एक प्रदेश: एक मधेश एक प्रदेश भनेको के हो ? मधेश नेपालको भुमि हैन.. के मधेशी जनता नेपाली होईनन.. यदि हो भने मधेशीलाई मात्र मधेश छुट्टै प्रदेश किन चाहियो ?

यद्धपि गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामबरण यादव मधेशी मुलकै भए पनि एक मधेश, एक प्रदेशको बिपक्षमा हुनुहुन्छ । २०६७ असार १६ मा माधव कुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ए. माओबादीका कमरेड प्रचण्ड र नेका. का रामचन्द्र पौडेल प्रधानमन्त्रिका लागि चुनावी मैदानमा आमने सामने बने तर आठौं पटकसम्म पनि प्रचण्डलाई मधेशीमोर्चाले समर्थन नदिनुको एउटा कारण प्रचण्डले मधेशबादी दलहरुसंग एक मधेश एक प्रदेशको प्रस्तावमा सहमति नजनाउनु पनि थियो । चासोको बिषय, भित्री मधेश चिरेर एक मधेश एक प्रदेश बनाउने हो भने यस भित्र रहेका अन्य पहाडीमुलका जातजाति, भाषाभाषी जस्तो: गुरुङ, राई, लिम्बु, मगर, तामाङ् र अन्य खस, ब्रम्हाण, दराई, थारु, धिमाल, चौधरी, दमाई, कामि, सार्की, कोचे, मेचे आदिलाई किन माईनस गरियो यहाँ ? यसले भविष्यमा साम्प्रदायिक दंगा भड्किने संकेत गर्दछ भने अर्को कुरा देश टुक्रिने पनि उत्तिकै सम्भावना देखाउँछ । पृथिवी नारायण शाहले नेपाल एकीकरणको लागि युद्ध छेड्नु अगाडी गोर्खालिकी भगवती मनकामनासंग बल मागेका थिए उनलाई सपनामा आशिष मिलेको थियो तर महाशयहरुको क्षणिक स्वार्थका लागि यो सुन्दर देश हाम्रो मातृभूमी काँक्रो चिरे झैँ चिरा-चिरा र धुजा-धुजा परिरहेको चाँही हामी टुलुटुलु हेरी रहुँ ?

हाल नेपालमा ७६ वटा जिल्ला अनि गरिमामय सदन भित्र सभासदहरुको पहिरन र ताल !

साँच्चि नै भन्ने हो भने व्यवस्थापिका संसद्को बैठकमा बस्ने सभासदहरूका लागि एउटा खास पोशाक तोकिनु पर्ने हो र सबै सभासदले अनुसरण गर्नुपर्ने हो । यद्यपि दौरा सुरुवाललाई सभामुख सुवास चन्द्र नेम्वांग लगायत कतिपय सभासदले अंगीकार गरेका छन् त्यत्तिले मात्र पुग्छ ? व्यवस्थापिका संसद् भनेको राट्रको गरिमामय विधायिका अंग हो । संसद्को बैठक कक्षमा पसेपछि पोसाकले पनि सांसदलाई संवेदनशील बनाउँछ र सभासदहरुलाई एउटा जिम्मेवारी बोध गराउन सक्छ । राष्ट्रिय पोशाक राष्ट्रको औपचारिक सभासमारोहमा लगाउनु पर्ने पोशाक हो । देशको प्रतिनिधित्व गर्दै विश्वका विभिन्न देशको औपचारिक निम्तोमा अन्तर्राष्ट्रिय सम्मेलन महोत्सवमा जाँदा नेपाल र नेपालीको पहिचानका निम्ति लागाइने आफ्नो देशको राष्ट्रिय पोसाक हो ।

तर तपाई हामीले सधैजसो देखिरहेकै छौ कुनै सभासद सेन्डोगन्जी र कट्टुमा दोभानको माछी जालहारी जस्तो, कोही कन्ट्रक्सनको काम सकेर हतारमा बैठक कक्षमा पसे जस्तो फ्याङ्ले चप्पल र भोटो अनि डोम हयाटमा देखिन्छन भने कोहि चाहि साउथ अफ्रिकाको साहारा निकुन्जको जंगलबाट भर्खर शिकार खेल्दा खेल्दै शिकार नपाएर थाकेर फर्के जस्ता देखिन्छन । बैठक कक्षभित्र कहिले काँही सचेतक वा राष्ट्र प्रमुखको स्पीचमा सुन्ने निश्चित समय सभामुखबाट तोकिएको हुन्छ तर सुन्ने र सुत्ने समय सभासदहरुले खुटाउन नसक्दा बैठक कक्षको सोफामै खट्टारा मारेर उँगी राखेको हामीले सधैजसो देख्न पाउँछौ । पृथिवी नारायण शाहले एकीकरण पश्चात “मेरो देश चार बर्ण छत्तिस जातको फुलबारी हो” भनेर नामाकरण गरेको करिब २७० वर्ष पछि चार बर्ण छत्तिस जातको फूलबारीमा संबिधान सभाको चुनाब पछि अर्को एउटा जिल्ला थपिएर अहिले नेपालको जिल्ला जम्मा ७६ पुगेको छ त्यो हो सदन भित्रको ६०१ जनाको नयाँ जिल्ला, जुन नेपाली जनताको लागि महँगो परेको छ जहाँ अठ्तीस, उन्चालिस जातको फुल फुलेको देख्न पाईन्छ । तिन करोड जनता पनि नभएको देशमा यत्ति ठुलो सभासद्को जत्था ठोक्किदै हिंड्याछन् कहिँ नभएको जात्रा…।

अब पनि यसको सहि रोकथाम वा नियन्त्रण नगर्ने हो भने छत्तिस जातको फूलबारीमा चालिस भन्दा पनि बढी फुलेको देख्न पर्ने हुन्छ तपाईं हामीले । मतलब अझै कस्ता कस्ता भेषमा गरिमामय सदनको बैठक कक्ष र पोडियम वर पर फुटपाथे समोसा पसलमा पकौडा खान गए जस्तो नौ रंगको बिजोक देख्न पर्ने हो ! अहिले त संक्रमणकाल छ भनेको छ जसले जे गरे पनि छुट नै छ । त्यसैले पनि होला सभासदहरु जो जस्तो पहिरनमा सदनको बैठक कक्षमा पसी पोडियममा बोल्न पुगे भने पनि सभामुख महोदयले उनलाई टुलुटुलु हेर्दै ध्यानाकर्षण गराई राख्नु भएको अबस्था छ । कमसेकम सबै सभासदहरुको लागि बैठक सेसनमा राष्ट्रिय पोसाकको “सेटकोड़” को लिवास भएको भए पूर्णरुपले एकरुपता र साँच्चै भलादमी, जेहेन्दार, कर्तब्य पालक जस्तो लाग्ने थियो कि ? उदाहरणको लागि फुटबल खेलाडी जस्तो… यानी कि गोल गर्न नसके पनि, राम्रो नखेले पनि वा जति गोल खाए पनि सेम ड्रेसअपमा मैदानमा देख्दा केहि गर्ला भन्ने आश हुन्छ दर्शकलाई त्यस्तै ।

त्यसैले अब आउने जनताको संबिधानमा किटान गरेको हुनु पर्छ कि प्रधानमन्त्रि र राष्ट्रपति प्रत्यक्ष जनताबाट निर्बाचित भएर आएको हुनुपर्छ । सोझो हिसाबले भन्नु पर्दा हिजो जस्तो आफ्नो बस्ति र गृह जिल्लाबाट पछारिएर आएका वा नामै नसुनेकाहरुले आईन्दा नेपाली जनताको प्रत्यक्ष सरोकारको कुनै पनि मामलामा माछामाछा “भ्यागुता” खेल्न पाउँदैन यानी कि तिन ठाउँमा भाँचिएको लौरोको साहारा लिएर कसरी खोलाको भेल तर्नु ? त्यसैले जनताबाट चुनिएर आएको राष्ट्र प्रमुखले भिटो पावर लगाएर भए पनि गरिमामय सदन भित्र बैठक सेसन् भरि सभासदले कम्पल्सरी तोकिएको ड्रेसकोडमा आउनु पर्ने र पोडीयममा उभिएर नेपाली राष्ट्रिय भाषा मै बोल्नु पर्ने प्रावधानको हुईप जारि गर्नसकेमा सदनको गरिमा बाँचीरहन्थ्यो कि त ? तर अझै पनि राम्ररी आफ्नो कन्दानी स्याहार्न नसकिरहेको अवस्थामा अर्काको ईजार कसी देला भन्ने आशा कमै छ.. मेरो मनमा सधै खड्केको कुरा यहि नै हो ।

अन्तमा: म अझै एउटा उदाहरण यहाँ प्रस्तुत गर्न चाहन्छु कि नेपाली रीती रिवाजसँग मिल्दो जुल्दो र नेपाली भाषिक भएकै नाताले पश्चिम बंगालका गोर्खाल्याण्ड राज्य भित्र पर्ने दार्जिलिंग, खर्सांग, गान्तोक आदिका स्टेटहरुमा कामकाजको भाषा नेपाली नै प्रयोग गर्छन र उनीहरुको राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट, टोपी चौबन्दीचोली, फरिया नभए पनि स्टेट भित्र काम काजमा नेपाली भाषा र पोशाकमा दौरा, सुरुवाल, कोट, टोपी चौबन्दीचोली, फरिया (सारी) पहिरनमा सजिनुमा गर्व गर्छन । यसरी सिमाना पारिबाट नेपालको अस्तित्व जोगाएर नेपालको मान उच्च राखिदिने हरेक, प्रत्येकसँग हाम्रो साथ, सहानुभूति, प्रेरणा सदा सर्वदा रहिरहने छ । अब जुन छिमेकी नेपाली भाषिक दाजुभाई, दिदीबहिनीहरुले प्रदान गरेको नेपाली पोशाक र नेपाली भाषाको सम्मानलाई मधेशीमोर्चा लगायत एउटा जिल्ला नै ओगटेर बसेको गरिमामय सदन भित्रको मुर्धन्यहरुले पनि यस कार्यको सिको गर्न सके राष्ट्रको गहना र राष्ट्रियता झल्काउने निधी र धरोहर भावी पिडीको निम्ति बाँची रहन्थ्यो कि ?

धन्याबाद ।

Posted by: Jay Ale

3 responses to “नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट, टोपी चौबन्दीचोली, फरिया (सारी) हुनुमा आपत्ति किन ?

  1. मित्र ज्ञानेन्द्र जि अतिनै सम्बेदनशिल बिषय हरुलाई सम्बोधन गर्दै आफ्नो कलम मार्फत सम्पूर्ण नेपाली हरुलाई देश को लागि अब युवा ले सोच्नै पर्ने कुरा उठाउनु भयो । मधेश बादी दल भनेका कस्ता मान्छेहरुले चलाऊछन त्यो मदेश्बादी जनताले देखिसकेका छन । साचो अर्थमा भन्ने हो भने देश एकिकरन को अभियान देखी आज सम्म कसैले पनि रास्ठिय पोसाक को चर्को आलोचना गरेनन । जस्ले नेपाली पहिचान को बोरोध गर्छन् वास्तब मा तिनिहरु नेपाली माटोमा हुर्किएका नहुन सक्छन। हुर्किएकै भएपनी शुवार्थ को लागि देश लाई समेत बेच्न सक्ने बदमाश भन्दा हुन्छ । आत्मा निर्णय को अधिकार सँगइ एक मधेश एक पर्देश माग्ने हरु मुलाएम र लालु यादब का चम्चा हरु हुन ।

  2. मित्र नमस्कार । ।यो हरेक कुरा जस्तै हाम्रो नेपाली ले नै बानी बिगारेका हुन लाउने ले लाउछ, नलौउ ने को किन टाउको दुख्नु तर हाम्रो नेपाली को रिती रिवाज धर्म सस्कृती सबै बेचेर खाने भए इ नेपाल का नेता हरु ले को खेल यो जाल सबै इनै मन्त्री दलालि को काम हुन नत्र एती ठुलो घात हुँदा पनि कुनै बिरोद नहुनु किन हामी नेपाली जनता माथि अन्याए हुन्छ अति नै हुन लागियो ,,कान थापेर सुनी देउ दाजु रिती थिती भुलेर गै सकियो मादालु र दम्फु लाई माकुरा ले जाल लाई सकियो । ।दौरा सुरुवल चौबन्दी चोलो लाउन भुली सके धर्म र सस्कृती पनि बेचेर खाइसके,अब त एती मात्र कहाँ होरा नेपाल नै बेचेर खै सके नमस्कार

  3. mitra gyanenadra ji.aajhi ktai pusta samma dhotiko jumra vayara bachne chahana chha???
    chhotu yadab.
    damam,saudi.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.