आज मन्त्रिमण्डल विस्तार हुने


१८ भदौ, काठमाडौँ प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री निर्वाचित भएको एक सातापछि आज आफ्नो नेतृत्वको मन्त्रिमण्डल विस्तार गर्नुहुने भएको छ । माओवादी र मधेसी मोर्चामा भागवण्डा’bout कुरा नमिल्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो । गृह,रक्षा, सूचना तथा सञ्चार,भौतिक योजना तथा निर्माण र स्वास्थ्यलगायत महत्वपूर्ण १२ मन्त्रालय पाएको मोर्चाले आज अपराहृनसम्म मन्त्री हुनेको सूची प्रधानमन्त्री भट्टराई समक्ष बुझाउने तयारी गरेको छ । मोर्चाका नेताहरुको शनिबारको बैठकले भागबण्डामा सहमति गरेको थियो । सहमतिअनुसार यसअघि उपप्रधान तथा गृहमन्त्री पाइसकेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले थप रक्षा, वन तथा भूसंरक्षण र वातावरण, गणतान्त्रिक फोरमले सूचना तथा सञ्चार, कृषि र बिनाविभागीय,तमलोपाले भौतिक योजना र कानुन, तमलोपा नेपालले सिञ्चाइ र महिला बालबालिका तथा समाजकल्याण र सदभावनाले स्वास्थ्य मन्त्रालय पाउने छन् । सद्भावनाले पार्टी अध्यक्ष राजेन्द्र महतोलाई मन्त्री बनाउने निर्णय गरिसकेको छ भने अन्य दलले आजै आन्तरिक छलफल गरी मन्त्रीको टुंगो लगाउने भएका छन् ।

लडाकूका हतियार राखिएका कन्टेनरको साँचो हस्तान्तरण विवादमा फसेको माओवादीले पनि आजै बस्ने स्थायी समितिबाट विवाद टुंगो लगाएर मन्त्री हुने नेताहरुको नाममा अन्तिम सहमति जुटाउने तयारी गरेको छ । माओवादीले सीपी गजुरेललाई उपप्रधानसहित परराष्ट्र, वर्षमान पुनलाई अर्थ, पोष्टबहादुर बोगटीलाई उर्जा, जनार्दन शर्मालाई पर्यटन, टोपबहादु रायमाझीलाई स्थानीय विकास र प्रभु साहलाई भूमिसुधार मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

वैद्य पक्ष साँचो विवादका कारण सरकारमा नआए प्रचण्ड र आफू पक्षीय नेताहरुलाई मात्र सहभागी गराएर भएपनि मन्त्रिमण्डल विस्तार गर्ने मनस्थितिमा प्रधानमन्त्री भट्टराई रहनुभएको स्रोतले जनाएको छ । व्यवस्थापिका संसदबाट ११ भदौमा प्रधानमन्त्री निर्वाचित भएपछि भट्टराईले गत आईतबार आफूसागै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई उप-प्रधानमन्त्री सहित गृहमन्त्री नियुक्त गरी दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.