१ सय १८ वर्षपछि काजकिरिया


सुरजकुमार भुजेल,१७ भदौ- मकवानपुर उत्तरी मकवानपुरका एक व्यक्तिको घर छाडेको १ सय १८ वर्षपछि काजकिरिया गरिएको छ । पालुङ ८ का बाबुराम विष्ट १ सय १८ वर्ष अघि घर छाडेर गएको र त्यसपछि कहिल्यै नफर्केकाले हिन्दू संस्कारअनुसार विधिपूर्वक काजकिरिया गरिएको हो ।विधिनुसार घरबाट बाबुरामको नाममा कुशको शब निकाली शंखमूल आर्यघाटमा लगी दाहसंस्कार गरिएको हो । शबयात्रामा बिष्टका छिमेक गाउँलेहरु शबदहनका लागि आवश्यक दाउरासहित सहभागी भएका थिए । हिन्दू समाजमा घर छाडेको १ सय वर्षसम्म नफर्के कुशको शब बनाई दाहसंस्कार गरी दश किरिया गर्ने चलन छ । बाबुरामका पनातीहरु हरिकृष्ण राधाकृष्ण र श्रीकृष्णले आफ्नो जिजिबुवाको दाहसंस्कार गरेका हुन् ।

आज भन्दा करिव १ सय १८ वर्ष पहिले जिजीबुबा बाबुराम विष्ट घर छाडेर गएको र हालसम्म पनि खबर थाहा पाउन नसकेकाले आफुहरुले काज किरिया गर्न लागेको पनाती हरिकृष्ण विष्टले बताए । बाबुराम त्यसबेला आफ्नो ९ महिनाको छोरा छाडेर कमाइका लागि भारततिर लागेको भन्ने थाहा पाएको उनका पनातीहरु बताउँछन् । बाबुराम विष्टको छोरा यत्न बहादुर विष्ट नाती मदन विष्टको पनि मृत्यु भैसकेको र उनको हालसम्म पनि केहि खबर नआएकोले आफ्नो घर चोख्याउन पनि विधिअनुसार किरिया गरेको पनातीहरुले बताए । दाह संस्कारमा ६० भन्दा बढी मलामीहरु सहभागी थिए ।

Posted by: Shiva Paudel

Source: Online Patrika

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.