साँचो विवाद’bout छलफल गर्न माओवादी बैठक बस्दै


१७ भदौ, काठमाडौँ । हतियारको साँचो विशेष समितिलाई बुझाएपछि उत्पन्न विवादका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक आज पनि बोलाइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहान ८ बजे बोलाइए पनि अध्यक्ष प्रचण्ड र उपाध्यक्षसमेत रहेका   प्रधानमन्त्री  बाबुराम भट्टराई विवाद समाधान उपसमिति बैठकमा सहभागी हुनुपरेका कारण अपराहृन १ बजेका लागि सारिएको छ ।

यसअघि शुक्रबार बोलाइएको बैठक उपाध्यक्ष मोहन वैद्यपक्ष, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापाले बहिस्कार गरेपछि आजका लागि बोलाइएको हो । १६ सदस्यी स्थायी समितिमा वैद्य पक्षमा वैद्य, सचिव सीपी गजुरेल, देव गुरुङ र नेत्रविक्रम चन्द छन् । आफूलाई निर्णय प्रक्रियामा सामेल नगराइएको भन्दै श्रेष्ठ र थापाले पनि वैद्यलाई साथ दिएका छन् । प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई पक्षमा १० सदस्य देखिएका छन् ।
गत ८ भदौमा सकिएको एक साता लामो स्थायी समिति बैठकले सर्वसम्मत रुपमा शान्तिप्रक्रिया र सरकार निर्माणको पाँचबुँदे प्रतिबद्धता र आधारपत्र सार्वजनिक गरेको थियो । सोही प्रतिबद्धताअनुसार बिहीबारबाट लडाकूका हतियार भण्डारण गरिएका कन्टेनरको साँचो विशेष समिति अन्तर्गत प्राविधिक टोलीका सदस्यहरुलाई बुझाइएको थियो । वैद्य पक्षले भने पार्टी निर्णयविपरीत अध्यक्ष प्रचण्डले एकपक्षीय रुपमा साँचो बुझाएको भन्दै त्यसलाई आत्मघाती कदमको संज्ञा दिएको छ । साँचो बुझाइएको विरोधमा सो पक्षले शुक्रबार बिहान मुलुकभर एक घण्टा जक्काजाम र साँझ मसाल जुलुस निकालेको थियो ।

स्रोतका अनुसार आजको बैठकमा दुवै पक्ष साँचो बुझाउने निर्णयको पक्ष र विपक्षमा कडा रुपमा पेश हुने तयारी गरिरहेका छन् । अध्यक्ष प्रचण्डले भने शुक्रबार विज्ञप्ति जारी गरी पार्टी निर्णय कार्यान्वयन गरी साँचो विशेष समितिलाई हस्तान्तरण गरिएको भन्दै वैद्यले फेलाएको भ्रममा नपरी पार्टी निर्णय कार्यान्वयन गर्न तथा उत्तेजित नहुन पार्टी पंक्तिलाई अपिल गर्नुभएको थियो । स्रोतले दिएको जानकारीअनुसार निर्णय फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने रणनीति वैद्य पक्षले बनाएको छ ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.