नेपालकुवेत साँस्कृतिक मञ्चको तीज बिशेष कार्यक्रम भव्यरुपमा सम्पन्न (फोटो फिचरसहित)


“अत्याधिक कुवेतवासी नेपाली चेलीहरुको उपस्थितिले कार्यक्रम हलनै खचाखच”

ईन्द्र भूषाल/डम्बर रिमाल, कुवेत

०२ सेप्टेम्बर २०११ । देश छाडेर प्रवासमा रहनुको पिडा जे-जस्तो भएपनी नेपाली नारीहरुले कुवेतमा आज नेपालकै परिवेशमा जस्तो हरितालिका तिज भब्य रुपमा छमछमती नाचेर अनी गाएर मनाए । कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चको आयोजना र कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाहरुको सह-प्रायोजन एवं सहयोगमा सञ्चालित नेपाली नारीहरुको तिजे कार्यक्रम बिगतका बर्षहरुको तुलनामा अत्यन्तै भव्य र पृथक ढंगमा मालियास्थित होटल एसिया-एसियामा “करिब १५०० नेपालीहरुको उपस्थितिमा” सम्पन्न भएको छ ।

प्रमुख अतिथि महामहिम राजदूतको आगमनमा केही ढिलाईका कारण निर्धारित समय भन्दा ढिलो शुरु भएको कार्यक्रममा संस्थाका संरक्षक एवं पूर्वाध्यक्ष मनु मगरले स्वागत मन्तव्य दिनुभएको थियो भनें राजदूत मधुवन पौडेल, NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, जन-प्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापाली र आयोजक संस्थाका अध्यक्ष टिकाराम आचार्यको शुभकामना मन्तब्य रहेको थियो । वहाँहरुले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अबसरमा नेपालकुवेत साँस्कृतिक मञ्चले प्रवासमा रहेर पनि यस्तो बृहत कार्यक्रमको आयोजना गरेकोमा प्रशंसा गर्दै आयोजकलाई बधाई तथा शुभकामना दिनु भयो ।

महामहिम राजदूतद्वारा पानसमा दिप प्रज्वलन गरी मुर्तरुप दिईएको कार्यक्रमलाई राजदूत धर्मपत्नी सिता पौडेलको साथमा अन्य संस्था प्रमुखका धर्मपत्निहरुले सामुहिक नृत्य गरी उद्घाटन गरिएको थियो भनें आयोजक साँस्कृतिक मञ्चले बिगत तीन महिनादेखीनै सम्पूर्ण नेपाली नारिहरुलाई रातो सारीमा सजिएर आउन अनुरोध गरेकोले आफ्नो नेपाली परम्परालाई आत्मसात गर्दै सम्पूर्ण उपस्थित दिदीबहिनीहरुले रातो सारी र चौबन्दी चोलिमा ठाँटिएर नेपाली पनलाई प्रवासमा पनि पूर्णरुपमा झल्काए ।

साँस्कृतिक मञ्चका कलाकारहरु रत्न बराल, अर्जुन तामाङ्, माधब शर्मा, अनिल रसाईली लगायत मञ्चका अन्य कलाकारहरुको जोडदार प्रस्तुतिले सम्पूर्ण नेपाली नारिहरुलाई नचाएको थियो भने प्रवासमा रहेका नेपाली दाजुभाइहरुको पनि ३ के.डी टिकट मुल्यको बाबजुत उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाली पन, संस्कृति अनी आधुनिकतालाई समेत ध्यानमा राख्दै सन्चालन गरिएको कार्यक्रममा पुरुषले समेत महिलाको पहिरन लगाएर आफ्नो कलालाई नेपालीहरु सामु पस्केका थिए भनें महिलाको पहिरनमा कला प्रस्तुत गर्ने पुरुष पत्रकार नवराज पन्थी रहेका थिए । यस्तै, अन्य सम्पूर्ण कलाकारहरुको बेजोड प्रस्तुती त रह्यो नै, यद्दपी  बाल कलाकार सुरूची थापाको समेत जोडदार परस्तुतिले सम्पूर्ण दर्शकलाई खुशीको माहौलमा झुमायो, उनको प्रस्तुतिलाई मन पराई उपहार दिनेहरु पनि थिए । यसैगरी, नेपाली नारीहरुको कार्यक्रमलाई सहयोग गर्ने बिभिन्न महानुभाबहरुलाई साँस्कृतिक मञ्चले दोसल्ला ओढाई सम्मान गर्‍यो ।

उपस्थित दर्शकहरुको तुलनामा हल केही सानो भएको र खचाखच भरिएको दर्शकहरु माझ नेपाली नारिहरु नाच्नको लागि तछाड र मछाड गरेको दृश्य देख्दा एकातिर कुवेतको तीज बिशेष साँच्चै नै बिशेष भएको अनुमान लगाउन सकिन्थ्यो भनें अर्कोतिर आयोजकलाई सम्हाल्न हम्मेहम्मे परेको पनि देखिन्थ्यो ।

संस्थाका अध्यक्ष टिकाराम आचार्यको सभापतित्व र कुवेतका लागि प्रथम नेपाली राजदूत श्रीमान/श्रीमती मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्को विशेष आतिथ्य रहेको थियो भनें अन्य अतिथिहरुमा भुवन पौडेल कर्मचारी नेपाली दूतावास कुवेत, धर्मराज गिरी अध्यक्ष माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, दिपक क्षेत्री अध्यक्ष जन-जाग्रिती युवा समाज, कुमार झापाली अध्यक्ष जन-प्रगतिशिल मञ्च, सुजन केसी अध्यक्ष नेपाल पत्रकार महासँघ कुवेत शाखा, राजन रिमाल प्रधान सम्पादक नेपालकुवेत डटकम, जय आले प्रधान सम्पादक कुवेतनेपाल डटकम, राजन कुवँर NRNA-ICC कुवेत, राजु खड्का अध्यक्ष नेपाली जन-सम्पर्क समिति, बम पुलामी अध्यक्ष मेनपावर एशोसियसन, नवराज श्रेष्ठ अध्यक्ष नेवा: गुठी, टेन्डुप शेर्पा अध्यक्ष मजदुर सँघ, खोप गुरुङ उपाध्यक्ष तमु समाज, सुन ब. तामाङ अध्यक्ष तामाङ् घेदुङ, बि.बी मल्ल अध्यक्ष लालीगुराँस परिवार, आशिष कुवँर अध्यक्ष कालीगण्डकी समाज, समाजसेविहरु एस.पि प्रधान, यादव श्रेष्ठ, प्रेम शाह लगायत अन्य बिभिन्न नेपाली सँघ संस्थाका प्रतिनिधिहरु हुनुन्थ्यो ।

कार्यक्रमको सन्चालन राजन रिमाल, सुजन के.सी, तोयानाथ दाहाल, आनन्द आचार्य, सुश्री शान्ती तामाङ र सुश्री किरण आलेले सयुक्त रुपमा गर्नु भएको थियो ।

प्रवासमा पनि बजे आलोचित गीत:
नेपाली संस्कृती र परम्परालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त तिज बिशेष कार्यक्रममा संस्कारीक भन्दा केही पृथक ढंगका “पोईल जान पाम, हाइ मेरो फरिया झन माथि साह्रो झन तल झर्छ” भन्ने जस्ता शायद भड्काउ खालका गितहरु पनि बजे । जसले कुनै असर नगरेपनी र नेपाली नारीहरु नाच्नको लागि झन-झन तात्तिए पनी कतै तिनै नारीहरु बिदेशिनु पर्दाका पिडायुक्त गितहरु ओझेलमा पो परेका हुन कि भन्ने अनुमान चाँही गर्न सकिन्छ ।

तीज बिशेष कार्यक्रममा साँस्कृतिक मञ्चका निम्न कलाकारहरुको निम्न प्रस्तुती रहेको थियो ।  

१) रत्ना बराल, सिता मल्ल, सुस्मा राई: तीजै आयो छिर्लिङ छिर्लिङ (तीज गीत लाईभ)
२) तारा पौडेल, कमला खत्री, अमृता घिसिङ, रिता घिमिरे: सांसदको छोरो ( तीज नृत्य)
३) माधब शर्मा र अस्मिता श्रेष्ठ: अब त चाहिने जो मेरै पालो हो (युगल तीज गीत)
४) निशा स्याङ्वो : पोईल जान पाम (नृत्य तीज)
५) रत्ना बराल, ईस्वर बिक: पुरानो हुँदैन माया (गीत आधुनिक)
६) प्रिति लामा, फुर्साङ लामा: साथी कोहि छैन किनेर ल्याईदिने (नृत्य तीज)
७) माया न्यौपाने, सिता मल्ल, डोलराज न्यौपाने: कुवेतमा चेलिको पिडा (गीत तीज)
८) सुनिता बिक: छमछमती (नृत्य तीज)
९) अनिल रसाईली: तिन तारे (लोक गीत)
१०) सबिन राई: झमझम स्टकोट (नृत्य रेमिक्स गीत)
११) डोलराज न्यौपाने: चेलिलाई तिज जस्तो अरु हुँदैन ( गीत तीज)
१२) नवराज पन्थी: हाई मेरो फरिया झन माथि सार्‍यो झन तल झर्छ (कमेडी नृत्य)
१३) माधब बाग्ले, तुलसा सुबेदी: जति ताडा भयो (युगल नृत्य)
१४) अर्जुन तामाङ: नाई नभन्नु ल (फिल्म गीत)
१५) अरुणा बुढाथोकी: टिकुली (नृत्य तीज)
१६) ईश्वर बिक: गीत
१७) पुष्प वाईवा, सृजना अधिकारी: अचार मिठो तिल (लोक गीत)
१८) रेजिन राई: के के भन्छ मेरो मनले (नृत्य)
१९) गोबिन्द बराल: लोक गीत
२०) अर्जुन बस्नेत, अनिल रसाईलि, अस्मिता श्रेष्ठ: रातो सारी (तीज दोहोरी)
२१) बाल कलाकार सुरूची थापा: चिया बारिमा (नृत्य)
२२) माधब शर्मा: म त आउने थिईन (रोईला गीत)
२३) सबिन राई: हल्ला चलेको (नृत्य फिल्मी)
२४) नबिन श्रेष्ठ: भत्काई दिन्छु बाख्राको खोर पनि (नृत्य)
२५) प्रिति र साथिहरु: सालको पात (र्‍याप नृत्य)
२६) निर्मला: मै ठुलि भै’छु रे (गीत रिमिक्स)
२७) सबिना राई: मनकि चरी (नृत्य फिल्मी)

तीज बिशेष २०११ का प्रमुख झलकहरु:

Posted by: Jay Ale

One response to “नेपालकुवेत साँस्कृतिक मञ्चको तीज बिशेष कार्यक्रम भव्यरुपमा सम्पन्न (फोटो फिचरसहित)

  1. हरीतालिका तीज भनेको के हो सक्नु हुन्छ भने १ पटक झ्ल्कै दिनु हुन्छ कि.जे जसो भये पनि रमाइलो सँग तीज मनाउनु भाकोमा सबै नेपाली दिदी बैनी हरुलाई धन्यवाद.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.