“अत्याधिक कुवेतवासी नेपाली चेलीहरुको उपस्थितिले कार्यक्रम हलनै खचाखच”
ईन्द्र भूषाल/डम्बर रिमाल, कुवेत
०२ सेप्टेम्बर २०११ । देश छाडेर प्रवासमा रहनुको पिडा जे-जस्तो भएपनी नेपाली नारीहरुले कुवेतमा आज नेपालकै परिवेशमा जस्तो हरितालिका तिज भब्य रुपमा छमछमती नाचेर अनी गाएर मनाए । कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चको आयोजना र कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाहरुको सह-प्रायोजन एवं सहयोगमा सञ्चालित नेपाली नारीहरुको तिजे कार्यक्रम बिगतका बर्षहरुको तुलनामा अत्यन्तै भव्य र पृथक ढंगमा मालियास्थित होटल एसिया-एसियामा “करिब १५०० नेपालीहरुको उपस्थितिमा” सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्