Daily Archives: 02/09/2011

दूतावासको कालोसूचीमा ५ दर्जन मेनपावर


कतारस्थित नेपाली दूतवासले एक वर्षको अवधिमा पाँच दर्जन मेनपावर कम्पनीलाई कालो सूचिमा राखी कारवाहीको लागि सिफारिस गरेको छ । वैदेशिक रोजगारका प्रचलित श्रम ऐन तथा श्रम सम्झौता विपरीत काम गरी कामदारलाई अलपत्र वा समस्यामा पारेको भन्दै दूतावासले सरकारका सम्बन्धित निकायमा आवश्यक कारवाहीका लागि सिफारिस गरि पठाएको छ । पटक पटक कालो सूचीमा राख्दै कारवाहीको सिफारिस गरिएपनि  वैदेशिक रोजगार विभागले भने अहिलेसम्म कसैलाई पनि कारवाही गरेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अशोकका “FUSION प्रतिबिम्बभित्र” चिहाउँदा पग्लेका भावनाहरु


आचार्य प्रभा, अमेरिका

कबिता संग्रह निकाल्नेहरुका भिडमा प्रवासमा रहेर पनि धेरैले आफ्ना नामहरु अंकित गरिरहेका छन्, साहित्यको भकारीमा । यसै भिडमा अर्को एउटा सशक्त हस्ताक्षरको नमुना हो अशोक पार्थिव तामाङ । जसको कबिता संग्रह “प्रतिबिम्ब” केहिदिन अघी मेरो हातमा परेको छ । जसलाई म समय चोरी चोरी पढ्ने जमर्को गर्दैछु । बिदेशमा रहेर पनि साहित्य प्रतिको झुकावलाई यी प्रवासी मनहरुले त्याग्न सकेका छैनन् ।

पुराना दिनहरुमा कलाकारिता रुचाउने अशोक बालककाल देखी नै कबिता लेख्न पनि रुचाउँथें । जब उनी बिदेश भासिए अनी उनिभित्र देश प्रेमका कुण्ठित भावनाहरु सल्बलाउन थाले । पढ्नेक्रम जारी राख्नुहोस्

पारपाचुकेका अनौठा परम्परा र प्रसँग


मानव जातिद्वारा विकसित सँस्कारहरुमध्ये विवाह सबैभन्दा महत्वपूर्ण सँस्कार रहेको पाइन्छ । विवाहको बन्धन भावनात्मक तथा कोमल हुन्छ । आपसी समझदारीको अभावमा जब दाम्पत्य जीवनमा फाटो उत्पन्न हुन्छ, त्यसैको फलस्वरुप पारपाचुकेले जन्म लिन पुग्दछ । पारपाचुकेको पृष्ठभूमि हेर्ने हो भने प्रायशः व्यक्तिगत, आर्थिक तथा सामाजिक कारणले गर्दा भएका पाइन्छन् । यहा पारपाचुकेका यिनै अनौठा परम्पराहरु’bout उल्लेख गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अब एक्सरे रिपोर्ट पेन ड्राइभमै


रोग निदानका लागि गरिने एक्सरे बोक्न अब झोला वा ठूलो खाम बोक्नु पर्दैन। न त एक्सरे फिल्म बटारिएर बिग्रेला भन्ने चिन्ता।’डिजिटल इमेजिङ’ प्रविधिको विस्तारसँगै अब देखि सिडी, डिभिडी वा पेन ड्राइभमा आफ्नो एक्सरे लिएर जान सकिने भएको छ। धुलिखेल अस्पतालको रेडियोलोजी विभागले मुलुकमै पहिलो पटक बुधबारदेखि सुरु गरेको डिजिटल एक्सरे(डिआर)मा यस्तो सम्भव भएको हो। ‘राजधानीका केही अस्पतालहरुमा डिजिटल एक्सरे रहेको भनिए तापनि ती पूर्ण रुपमा डिजिटल होइनन्। त्यसमा क्यासेट राख्नुपर्छ, पढ्नेक्रम जारी राख्नुहोस्