Daily Archives: 01/09/2011

दुई लाख पचास हजारमा महिला बेचिइन्


१५ भदौ । सबैतिरका महिला महान् पर्व हरितालिका तीजको रौनकमा डुबिरहेका बेला बझाङ लेखगाउँ-४ नौराघरकी एक महिला भने न्यायको खोजीमा भौतारिएकी छन् । आफ्नै जेठाजुले परपुरषसँग लागेकोभन्दै दुई लाख पचास हजारमा बेचेपछि उनी न्यायको खोजीमा सदरमुकाम पुगेकी हुन् । ०६४ सालमा धनबहादुर धामीका भाइ हरिचन्द्रसँग मागी विवाह गरेकी किरणीलाई जुठाजुले बेचेका हुन् । उनको तनि वर्षको छोरो छ । आजको नयाँ पत्रिका दैनिकमा छापिएको समाचारमा लखिएको छ, २२ वर्षीय किरणीले चैनपुरमा आफूमाथि अन्याय भयो भन्दै प्रहरी प्रशासन र अधिकारकर्मीलाई न्याय दिलाई दिन हारगुहार गरेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

इजरेली प्रधानमन्त्रीकी पत्‍नीद्वारा नेपाली कामदारमाथि ‘दुर्व्यवहार’


काठमाडौं, भदौ १५- इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नी सारा नेपाली घरेलु कामदारमाथि आक्रमण गरेपछि विवादमा परेकी छन्। प्रधानमन्त्री निवासमै काम गर्ने नेपाली महिला ताराकुमारीमाथि हात हालेपछि उनी विवादमा तानिएकी हुन्। ताराले नर्सका रूपमा प्रधानमन्त्री नेतान्याहुका ससुरा श्यामुएल बेन अर्टजीको हेरचाह गर्दै आएकी थिइन्। पढ्नेक्रम जारी राख्नुहोस्

सफल होलान् त भट्टराई ?


– प्रतीक प्रधान
गोरखाको खोप्लाङ गाविसमा जन्मेका बाबुराम भट्टराईले २०२६ सालको एसएलसीमा बोर्डफस्ट भएपश्चात् अनेक सफलता प्राप्त गरेका छन् । प्राज्ञिक क्षेत्रमा सदैव उत्कृष्ट ठहरिएका ५७ वर्षीय डा. भट्टराई अनगिन्ती हस्तीहरूलाई पछारेर नेपालको ३५ औं प्रधानमन्त्री बनेसँगै राजनीतिमा उनको सपना पूरा त भएको छ, तर के उनी नेपाली जनताको सपना पूरा गर्न सक्षम होलान् ? उनी जुन राजनीतिक र आर्थिक सिद्धान्त लिएर हिँडेका छन्, त्यसले नेपाल र नेपालीको हित गर्ला ? पढ्नेक्रम जारी राख्नुहोस्