सलमानकी बहिनीसँग युवराजको मस्ती


भारतीय क्रिकेटर युवराज सिंहका गर्लफ्रेन्डको लिष्टमा फेरि अर्को नाम थपिएको छ । सिंह अहिले बलिउड स्टार सलमान खानकी बहिनीसँग डेटिङमा मस्त छन् । आइतबार दिल्लीको चाणक्यपुरीमासँगै देखिएको यो जोडीले चाणक्यपूरीकै एक पाँचतारे होटेलमा खुलेको नयाँ क्लबमा घण्टौं समय बिताएको थियो । सलमानकी बहिनी अर्पितालाई चिन्नेजान्नेहरुका अनुसार उनीहरुबीच केही समय यता दोस्ती बढेको छ । तर युवराजले भने आफु अर्पिताका साथ होटलमा गएको भन्ने समाचार ‘बकबास’ रहेको बताउँछन् । उनले आफुविरुद्ध अफवाह फैलाएको आरोप लगाएका छन् ।
क्रिकेटर युवराजको नाम यसअघि किम शर्मा, दीपिका पादुकोण, मोडल आँचल कुमार, अमिषा पटेल तथा नेहा धुपियासँग पनि जोडिएको थियो । त्यस्तै सल्लूकी बहिनी अर्पिता र बोनी कपुरका छोरा अर्जुन कपुरबीचको सम्बन्धको ’boutमा पनि कुनै बेला खुबै चर्चा हुन्थ्यो । तर हिजोका चर्चा सबै बिर्सेर युवराज र अर्पिताले नयाँ सम्बन्ध सुरु गरेका हुन् भने उनीहरुलाई शुभकामना । तर युवराजलाई सल्लाह-’सधै पार्टनर फेरेर त भएन नी यूवी जी । थाहा छ कि छैन, बडीगार्डकी बहिनीमाथि आँखा लगाउँदा खतरा पनि हुनसक्छ !

Posted by: Shiva Paudel

Source: Nlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.