सफल होलान् त भट्टराई ?


– प्रतीक प्रधान
गोरखाको खोप्लाङ गाविसमा जन्मेका बाबुराम भट्टराईले २०२६ सालको एसएलसीमा बोर्डफस्ट भएपश्चात् अनेक सफलता प्राप्त गरेका छन् । प्राज्ञिक क्षेत्रमा सदैव उत्कृष्ट ठहरिएका ५७ वर्षीय डा. भट्टराई अनगिन्ती हस्तीहरूलाई पछारेर नेपालको ३५ औं प्रधानमन्त्री बनेसँगै राजनीतिमा उनको सपना पूरा त भएको छ, तर के उनी नेपाली जनताको सपना पूरा गर्न सक्षम होलान् ? उनी जुन राजनीतिक र आर्थिक सिद्धान्त लिएर हिँडेका छन्, त्यसले नेपाल र नेपालीको हित गर्ला ?

प्रधानमन्त्री बन्नुअघिसम्म भट्टराई राजनीतिक खेलमा भने अपेक्षाकृत सफल हुन सकेका थिएनन् । हरेक पटकको उतारचढावमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डसँग अन्तिम समयमा सम्झौता गर्नुपर्ने बाध्यता भोग्दै आएका भट्टराईले यसपटक भने दाहाललाई पछारेका छन् । पहिले माओवादीभित्र शक्ति सन्तुलनको नाममा प्रधानमन्त्रीको उम्मेदवार बन्न सफल भए र अन्त्यमा एमालेको समर्थनबिनै प्रधानमन्त्री बनेर उनले आफ्नै दलका प्रतिस्पर्धीहरूलाई समेत आश्चर्यचकित बनाइदिएका छन् ।

दाहाल र झलनाथ खनालको आलोपालो प्रधानमन्त्री हुने सम्झौताविपरीत माओवादीको पालोमा एमालेले समर्थन नगर्ने घोषणा गर्दा दाहालले खासै मेहनत गरेको देखिएन । अर्थात् दाहालका लागि यसपटकको प्रधानमन्त्रीको चुनाव प्रतिष्ठाको विषय भएन । खनाल प्रधानमन्त्री हुँदा दाहालले विदेशी शक्तिलाई पराजित गरेर आफ्नै आन्तरिक शक्तिले नेपालको प्रधानमन्त्री चुन्न सफल भएको जुन घमण्ड गरेका थिए, त्यही घमण्ड उनले आफ्नै दलका उपाध्यक्ष प्रधानमन्त्री हुँदा गर्न सक्छन् ? आफ्नै दलको प्रधानमन्त्री हुँदाहुँदै पनि राजनीतिक खेलमा दाहाल यसपटक नराम्ररी पछारिएका छन् ।

भट्टराई नेपाली जनताले सबैभन्दा बढी अपेक्षा गरिएका प्रधानमन्त्री हुन्, यसमा कुनै शंका छैन । उनको राजनीतिक आस्थाभन्दा पनि उनको बौद्धिकता र इमान्दारीका कारण सर्वसाधारणले उनी प्रधानमन्त्री होऊन् भन्ने कामना राखेका हुन् । अधिकांश यस्ता जनता राजनीतिक आस्था र सिद्धान्तको परिधिभन्दा देशको समस्या समाधान गर्नसक्ने एउटा सही नेतृत्वको खोजीमा छन् । उनीहरूमा राजनीतिक सिद्धान्तको सीमा विश्लेषण गर्ने चाहना वा क्षमता नभएको फाइदा भट्टराईलाई प्राप्त भएको हो ।

राजनीतिक रूपमा भट्टराईको सफलता लडाकु समायोजन र संविधान निर्माणमा भरपर्ने देखिन्छ । तर, उनलाई समर्थन गर्ने गैरराजनीतिक जनतामध्ये ९० प्रतिशतभन्दा बढी जनता अनपढ, तालिम नपाएका माओवादी लडाकुहरू सेनाको उच्चतम पदमा पुगून् भन्ने चाहना राख्दैनन् । यदि त्यसो भएको खण्डमा भट्टराईलाई तिनको समर्थन कायम रहँदैन ।

उता, लडाकुहरूको विषयमा उनलाई दलभित्रैबाट प्रशस्त अप्ठ्यारो पार्ने कार्य हुनेमा शंका छैन । मधेसी मोर्चाको समर्थनमा प्रधानमन्त्री बनेका हुनाले पनि उनले आफ्नो दलको इच्छा पु¥याउन सक्ने अवस्था देखिँदैन । त्यसैले उनको राजनीतिक सफलतामा ढुक्क हुने अवस्था छैन ।

अझ संविधान बनाउने कुरामा यो सरकार सफल हुन सक्दैन ’cause माओवादी र मधेसी मोर्चाका दलहरू राजनीतिक सिद्धान्तमा धेरै फरक धारमा छन् । अझ नेपाली कांग्रेस र एमालेको साथ नभइकन संविधान नबन्ने हुनाले यो विषयमा सरकारको खासै ठूलो भूमिका नहुन सक्छ ।

दाहाल प्रधानमन्त्री हुँदा भट्टराईले अर्थमन्त्रीका रूपमा जुन काम गरे, त्यसले उनलाई लोकप्रिय बनाएको हो । त्यसैले पनि उनी एकपटक प्रधानमन्त्री हुनुपर्छ भन्ने धेरैको मनमा थियो । देशको राजस्व बढाउन उनले जुन प्रकारका नियम र कानुन लागू गरे, त्यसले राजस्व त बढ्यो तर व्यापारिक क्षेत्रको आत्मविश्वास एकदमै घटायो । अझ उनले घोषणा गरेअनुरूप सम्पति घोषणा गरेर कर तिरेकाहरूको सम्पतिलाई अदालतले स्रोत देखाउनुपर्ने भनेर निर्णय गरेपछि कर बुझाउने व्यापारीहरूले ठगिएको महसुस गरिरहेका छन् । उनले ल्याएका नियमपछि घरजग्गामा आएको व्यापारिक मन्दी अझसम्म साम्य भएको छैन । देशमा कानुनको शासन र लगानीकर्ताको विश्वास बढ्न सक्यो भने उनको प्रधानमन्त्रीत्व सफल हुनसक्ने सम्भावना प्रशस्त छन् ।

तर, यसपटक उनले चाहेअनुरूप न त कुनै क्रान्तिकारी आर्थिक अभियान ल्याउन सक्छन्, न उनको जडसूत्रवादी माओवादी सिद्धान्त र उनकै दलले खुला बजार र खुला अर्थतन्त्रलाई बढावा दिनसक्ने आर्थिक नीति ल्याउन दिन्छन् । अर्थात् जनसभाहरूमा पुँजीवादको पूर्ण विकास नभइकन समाजवाद आउन्न भन्दै हिँड्ने भट्टराईलाई पुँजीवादी व्यवस्था आत्मसात गर्न भने सजिलो हुनेछैन ।

देश र जनताको अपेक्षा र आवश्यकताअनुरूप देशको अर्थतन्त्र अघि बढाउने र निजी क्षेत्रलाई विकासको लगाम सम्हाल्न दिने अर्थतन्त्र ल्याउन सके भने भट्टराई एक सफल र देशलाई चाहिएको नेताका रूपमा स्थापित हुन सक्छन् ।

आर्थिक रूपमा यसपटक भट्टराई पहिलेजत्तिकै स्वच्छ नहुन पनि सक्छन् ’cause उनलाई माओवादी पार्टीभित्र आफ्नो प्रभाव बढाउन अत्यन्त धेरै स्रोत र साधनको आवश्यकता छ । अहिलेसम्म माओवादीका सम्पूर्ण आर्थिक स्रोतहरूमा दाहालको अधिपत्य रहेका कारण पनि भट्टराई पैसा कमाउनतर्फ नलाग्लान् भन्न सकिन्न ।

जेहोस्, प्राज्ञिक क्षेत्रमा सदैव उत्कृष्ट रहेका भट्टराईको काँधमा नेपाली जनताको अपेक्षाअनुरूप नेपाललाई लोकतान्त्रिक संविधान दिलाउने र विकासको बाटोमा अघि बढाउने ठूलो जिम्मेवारी आइपरेको छ । यो जिम्मेवारीलाई कसरी निभाउँछन्, उनमै निर्भर हुनेछ ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.