माओवादीले कन्टेनरको साँचो आज बुझाउने


काठमाडौं, भदौ १५ / माओवादीले शिविरमा रहेको हतियारको कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाउने भएको छ । माओवादीको मुख्य सात शिविरमा रहेको हतियारको कन्टेनर त्यहाँस्थित विशेष समितिको अनुगमन टोलीलाई बुझाइने भएको हो ।   बुधबार बसेको विशेष समितिको बैठकमा माओवादी कन्टेनरको साँचो बुझाउन राजी भएको हो । प्रधानमन्त्री डा। बाबुराम भट्टराईको अध्यक्षतामा बसेको समितिको बैठकले शिविरमा सर्वेक्षक नियुक्तिलाई पनि निरन्तरता दिने निर्णय पनि गरेको छ ।

भट्टराई प्रधानमन्त्री भएपछि पहिलो पटक बसेको विशेष समितिको बैठकले शान्ति प्रकि्रया तत्काल अगाडि बढाई लडाकू सर्वेक्षक नियुक्त गरी शिविरमा पठाउने निर्णय समेत गरेको छ । यसअघि तत्कालिन झलनाथ खनालको समयमा १ सय २० सर्वेक्षकको नियुक्तिको लागि आवेदन मागेको थियो ।

यसैगरी बैठकले दुई साताभित्र समायोजन मोडालिटी दर्जा मिलान मापदण्ड स्वेच्छिक अवकाश र पुनस्रथापनाको प्याकेजमा सहमति गरिसक्ने निर्णय पनि गरेको छ । यसअघि माधव नेपाल नेतृत्वको सरकारकै पालामा लडाकू शिविर विशेष समिति मातहत ल्याएपनि कन्टेनरको साँचो माओवादीसँगै थियो ।

Posted by: Shiva Paudel

Source:Nepali Patra

Advertisements

2 responses to “माओवादीले कन्टेनरको साँचो आज बुझाउने

  1. ko. baidiya ji ko bhanai 100% thik ho hatar ma nirnaya linu bes haina aba ta aafnu sarkar bane ko chha ……. bikash tarfa agadi badau sarkhar janta ly sath denchha ,,,,,,,,,,,,,

  2. kathamandu ko fhormaila gunda gardhi rajnitik dalai hatau des ko bikas tarfa agadi bada hatiyar ta jaha ko tehi chha ni kina tes lai bujaunu ahily samma khi nabhako k hi nagareko hatiyar ly e dalailai k asaer gareyi kina darako

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.