फर्क अब !!


मनोज काफ्ले ‘मनसुन

ए बैनी तिम्रो जोवन ढल्यो परदेशमा पसेर
घरमा तिम्रा बाउआमा रुन्छन् डिलमा बसेर ।
फर्कन फर्क नबस मुग्लान सुन्दैछु नराम्रो
परिवार साथमा बसेर बाचौं चाहना छ हाम्रो ।  (१)।

न भनि गयौ परदेश जान्छु न खबर पठायौ
भनेर भन्छन् बुढा बा आमा साह्रै नै सतायौ ।
खान र लाउन पुगेकै थियो मेला र पातले
यो छाती बैनी फुटे झैँ दुख्छ सत्रुको बातले । (२)।

छनअरे त्यहाँ फोनै फोन मायाँजाल हुर्काउने
सुन्दरी काली भनेर तिम्रो बैंसलाई फुर्काउने ।
शेखको घर काँ हो काँ पर त्यो मरुभूमिमा
गरेर काम छैन कि माम बस्यौ कि रुनिमा । (३)।

रातभरि तिम्रो फोनले भन्छ नसुती बोलेको
त्यसैले बैनी यो मुटु आज साह्रै छ पोलेको ।
यो सन्देश पाउ फर्केर आउ जे परे म गर्छु
ज्यान दिनपरे तिम्रा लागी भो बरु मै मर्छु ।(४)।

मनको चाह छ र पो कहाँ धेरैदिन बच्नको
परदेश बसेर न अर्थ हुन्छ जीवन रच्नको ।
भनेर तिम्रा बाउआमा रुन्छन् पिंढीमा बसेर
एकबारको जुनी मरेनी भयो के अर्थ बचेर ।  (५)।

बुढेसकाल पियाउने पानी छ भन्थे छोरी त
हिजाज उनका आँखामा आँशु बलेनि सरिछ ।
न धन तिमी कमाई घरमा दुई पैसा पठायौ
न घरमा बसी बाउआमालाई सुख नै कटायौ । (६)।

जन्माई तिमलाई बढाई पढाई चौरास गरेर
एक शब्द पनि नसोधी आयौ विदेश सरेर ।
यी दिनलाई सन्चै छ यहाँ पिर चिन्ता नगरे
सम्झेर आउ यो तिम्रो गाउँ लौ आँशु न छरे । (७)।

पाटी र पौवा चौतारी भरि गुनगुन गर्दछन्
गाउले सारा त्यै त हो पारा समुन्द्र तर्दछ्न् ।
ए प्यारी बैनी एकफेर सोच नफर्के रिसाउछु
अन्तिम खेरि दुईहात जोडी बिन्ति बिसाउछु । (८)।

रचना १४ भाद्र २०६८

Posted by: Shiva Paudel

4 responses to “फर्क अब !!

  1. yp sir, itz fact. toatally agree wid ur vision. well said.. …

  2. very nice@ true story.Good job mansoon keep it up

  3. dinaar sanga bageko chali ko man le sune ta hune thhiyo mansoon ji ko yo pukar

  4. पध कविता मन पारेर प्रोत्शाहान थप्नु भयो धन्याबाद बिकाश जी खोप सर र दिल जी लाइ

    मनसून

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.