दुई लाख पचास हजारमा महिला बेचिइन्


१५ भदौ । सबैतिरका महिला महान् पर्व हरितालिका तीजको रौनकमा डुबिरहेका बेला बझाङ लेखगाउँ-४ नौराघरकी एक महिला भने न्यायको खोजीमा भौतारिएकी छन् । आफ्नै जेठाजुले परपुरषसँग लागेकोभन्दै दुई लाख पचास हजारमा बेचेपछि उनी न्यायको खोजीमा सदरमुकाम पुगेकी हुन् । ०६४ सालमा धनबहादुर धामीका भाइ हरिचन्द्रसँग मागी विवाह गरेकी किरणीलाई जुठाजुले बेचेका हुन् । उनको तनि वर्षको छोरो छ । आजको नयाँ पत्रिका दैनिकमा छापिएको समाचारमा लखिएको छ, २२ वर्षीय किरणीले चैनपुरमा आफूमाथि अन्याय भयो भन्दै प्रहरी प्रशासन र अधिकारकर्मीलाई न्याय दिलाई दिन हारगुहार गरेकी छन् ।

नौराधरकै सुनपाल धामीसँग अनैतिक सम्बन्ध राखेको भन्दै जेठाजु धनबहादुरले सुनपालका बाबुबाट दुई लाख पचास हजार लिएर १८ साउनका बेचेपछि विचल्लीमा परेको किरणीले बताइन् । दाइले श्रीमती अर्कैको जिम्मामा लगाएको थाहा पाएर उनका श्रीमान् हरिचन्द्र भारतबाट घर आए तर, उनलाई किरणीसँग भेटघाट गर्न दिइएको छैन । ‘मेरो के दोष छ ? पैसाको लोभले जवरजस्ती जेठाजुले बेचेपछि यो हाल भयो, मेरो भविष्य बर्बाद भयो’, रुँदै किरणीले भनिन् । देवर नाता पर्ने सुनपालसँग कुराकानी भए पनि जुठाजुले भनेजस्तो अनैतिक सम्बन्ध नरहेको किरणीले बताइन् ।

‘श्रीमान् मप्रति विश्वस्त छन् तर, दाइको डरले पक्षमा बोल्न सक्दैनन’, उनले भनिन् । धामी परिवार गाउँमा हुनेखानेका गनिन्छ । पाँच भाइ भएकाले उनको परिवारकेा डरले घटना’bout गाउँले बोल्नै मान्दैनन् । प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले किरणीको उजुरी दर्ता गर्न कुनै समस्या नभए पनि गाउँमै मिलाउन सकिन्छ कि भनेर निवेदन कारवाहीमाथि नबढाइएको बताए ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.