कास्की कारागार मा तिज


 कास्की,  रेडियो र टेलिभिजनमा तीजको रमझमको ’boutमा सुने पनि मनका रहर मनमै गुम्स्याएर बस्न वाध्य कास्की कारागारका महिला बन्दीहरुले तीन घण्टा मनका पीडा बिस्रने गरी रमाए । तीज आउँन डेढ दुई महिना अघि देखि नै रेडियो र टेलिभिजनमा प्रशारित तीजका गीतहरु हेर्दा र सुन्दा उनीहरुलाई लागेको थियो यसपालिको तीजले पक्कै पनि हामीलाई छुँदैन् । तर उनीहरुको अनुमान यसपालि गलत सावित भयो । एचआईभी र एड्सको क्षेत्रमा काम गर्दै आएको कम्युनिटी सपोर्ट ग्रुप सीएसजीले महिला बन्दीलाई दर मात्र खुवाएने बरु एचआईभी र यौनरोगबाट कसरी बच्न सकिन्छ भनेर सोही शीर्षकमा तीज गीत प्रतियोगिता समेत आयोजना गर्यो ।

विभिन्न कारणले जेलमा जीवन विताउन वाध्य महिला बन्दीहरुलाई महान चाड तीजमा न्यास्रो नलागोस सामाजिक र परम्परागत पर्वहरुमा उनीहरुको पनि सहभागिता होस भन्नका लागि यस्तो कार्यक्रम आयोजना गरिएको सीएसजीका कार्यकारी निर्देशक दिलिप गुरुङले जानकारी दिए । सीएसजीले कास्की कारागारमा गत अप्रिल महिनादेखि स्वेच्छिक रक्त परीक्षण तथा परामर्श भीसीटी केन्द्र संचालन गर्दै आएको छ । सोही संस्थाले बन्दीहरुमा साथी शिक्षा समेत संचालन गरेको छ ।

सोही अवजसरमा जेलका बन्दी महिलाबीच एचआईभी र यौन रोगको ’boutमा तीज गीत प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा कमला गुरुङको समूह प्रथम पार्वती परियारको समूह दोस्रो राधा कँडेलको समूह तेस्रो भएको छ । देवी खत्रीको समूह चौथो भएको थियो । कारागार प्रमुख उमाकान्त पौडेल र सीएसजीका कार्यकारी सदस्य शिव कुवँरले विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेका छन् । ६० जनाको क्षमता रहेको कास्की कारागारमा दुई सय ८५ बन्दी राखिएको छ । त्यसमध्ये ३५ महिला र दुई नावालक रहेका छन् । 

posted by: Indra Bhusal

Source: samacharpatra
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.