एउटै गाउँमा एक करोडको आलु


पर्वतको उत्तरी बनौं गाउँमा वाषिर्क १ करोड रुपैयाँको आलु उत्पादन हुने गरेको छ । आलुबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरूको मुख्य पेसा पनि यही नै भएको छ । मगर जातिको बाहुल्य भएको बनौं गाविसको ४, ५, ६ र ७ वडामा आलुको उत्पादन बढी मात्रामा हुने गर्दछ । विगतमा अन्य गाउँबाट समेत बीउ खरिदका लागि कोदो र धान बोकेर यस ठाउँमा पुग्ने गरे पनि अहिले गाउँमा सडक सुविधा पुगेपछि निकासीका लागि सहज भएको छ । 

आलुखेती नै प्रमुख पेसा भएपनि बिहान बेलुका खानका लागि आलु बेचेर नै  धान चामल खरिद गर्ने गरेको स्थानीय कृषक हस्तबहादुर पुनले बताए । पुनले अहिले २ रोपनी जग्गामा आलु लगाएको बताउँदै राम्रो फल दिएमा ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको बताए ।

केही वर्ष पहिलेसम्म निर्वाहमुखी खेती गर्दै आएका यहाँका कृषक गाउँमा यातायातको सुविधा पुगेपछि व्यावसायिक रूपमा लागेका हुन् ।

पकेट क्षेत्रको रूपमा रहेको बनौंका हरेक परिवारले वाषिर्क रूपमा आलुखेतीबाट ४० देखि १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । बनौंमा उत्पादित आलु गुणस्तरीय हुने भएकाले बजारको समस्या नभएको स्थानीय हुमबहादुर पुर्जाले बताए । आलुखेतीका लागि जिल्ला कृषि विकास कार्यालयले समेत कृषकलाई आवश्यक सहयोग प्रदान गर्दैर् आएको छ ।

यहाँ उत्पादित आलु सदरमुकाम कुस्माबजार, बाग्लुङ, पोखरा र वीरगन्जसम्म पुग्ने गरेको छ । चिसो ठाउँ भएकाले आलुको उत्पादन बढी हुने गरेको स्थानीय कृषकको भनाइ छ । गत वर्ष प्रतिहेक्टर १२ टन आलु उत्पादन भएकोमा यो वर्ष प्रतिहेक्टर १६ टन आलु उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत चन्द्रकान्त खनालले बताए ।

यस वर्ष समयमै पानी पर्ने, डढुवा तथा अन्य रोग नलाग्ने जस्ता कारणले आलु उत्पादनमा वृद्धि हुन भएको हो । जिल्लाका ५५ वटै गाविसमा आलु उत्पादन सन्तेाषजनक रहेको कार्यालयले जनाएको छ । जिल्लाका दुर्लुङ, बनौं, सालिजा, क्याङ, देउराली, भोक्सिङ, देउपुर, देवीस्थान, पाङराङ, कटुवाचौपारी, कुर्घालगायत गाविसमा व्यावसायिक रूपमा आलु उत्पादन हुने गर्छ ।

Posted by: Dambar Rimal                                       Source: Nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.