Daily Archives: 01/09/2011

फर्क अब !!


मनोज काफ्ले ‘मनसुन

ए बैनी तिम्रो जोवन ढल्यो परदेशमा पसेर
घरमा तिम्रा बाउआमा रुन्छन् डिलमा बसेर ।
फर्कन फर्क नबस मुग्लान सुन्दैछु नराम्रो
परिवार साथमा बसेर बाचौं चाहना छ हाम्रो ।  (१)।

न भनि गयौ परदेश जान्छु न खबर पठायौ
भनेर भन्छन् बुढा बा आमा साह्रै नै सतायौ । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ ‘नेपाल सुन्दरी’ मलिना जोशीलाई नौ कक्षा पढ्दा पहिलो प्रेमप्रस्ताव


काठमाडौं, भदौ- नयाँ ‘नेपाल सुन्दरी’ मलिना जोशीलाई कर्पोरेट क्षेत्रमा काम गर्ने इच्छा छ। एमबीएकी विद्यार्थी मलिनाले नेपालमै धेरै अवसर देखेकी छिन्।   महिलालाई प्रदान गरेको आरक्षण प्रणालीको भने उनी विरोधी हुन्। भन्छिन्, ‘प्रतिभाशालीलाई अवसर दिनुपर्छ। आरक्षणले महिलालाई प्रतिस्पर्धा गरेर जित्नबाट बन्चित गर्छ।’

तपाईको जवाफ निर्णायकहरूले निकै मन पराए नि?
महिला  सशक्तिकरण’bout विभिन्न प्रोजेक्टमा काम गरिसकेकी छु। त्यही अनुभवको आधारमा मैले त्यस्तो जवाफ दिन सकेकी हुँ। पढ्नेक्रम जारी राख्नुहोस्

भगवान्को नाममा ३८ वर्षदेखि हावामा हात


घरबार त्यागेर बनेका असली साधु कतिसम्म दृढ निश्चयी र समर्पित हुन्छन् भन्ने कुराको उदाहरण हरिद्वारका एक साधुले प्रस्तुत गरेका छन् । हरिद्वारमा बस्ने ती साधु हुन्- अमर भारती । मान्छे उनलाई दृढसंकल्पी बाबाका रुपमा चिन्छन् । उनले आफ्नो दाहिने हात विगत ३८ वर्षदेखि हावामा फैलाएका छन् । १९७० सम्म आम मानिसझै गृहस्थ जीवन बिताएका ती साधु आफूले १९७३ देखि आफ्नो दाहिने हात हावामा समर्पण गरेको दाबी गर्छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्

एउटै गाउँमा एक करोडको आलु


पर्वतको उत्तरी बनौं गाउँमा वाषिर्क १ करोड रुपैयाँको आलु उत्पादन हुने गरेको छ । आलुबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरूको मुख्य पेसा पनि यही नै भएको छ । मगर जातिको बाहुल्य भएको बनौं गाविसको ४, ५, ६ र ७ वडामा आलुको उत्पादन बढी मात्रामा हुने गर्दछ । विगतमा अन्य गाउँबाट समेत बीउ खरिदका लागि कोदो र धान बोकेर यस ठाउँमा पुग्ने गरे पनि अहिले गाउँमा सडक सुविधा पुगेपछि निकासीका लागि सहज भएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

चिनेर गाँस सम्बन्ध यहाँ..


ईन्द्र भूषाल, कुवेत


जसलाई प्रिंय मान्छौं तिमीले  
उसैले तिमीलाई पराई ठान्छ
कसैलाई कलम चलाऊन सिकाउँछौं तिमीले 
उसैले तिमीलाई मसिको छिर्का हान्छ
जसलाई आफ्नो भनी यता बोलाउँछौं तिमीले पढ्नेक्रम जारी राख्नुहोस्

कास्की कारागार मा तिज


 कास्की,  रेडियो र टेलिभिजनमा तीजको रमझमको ’boutमा सुने पनि मनका रहर मनमै गुम्स्याएर बस्न वाध्य कास्की कारागारका महिला बन्दीहरुले तीन घण्टा मनका पीडा बिस्रने गरी रमाए । तीज आउँन डेढ दुई महिना अघि देखि नै रेडियो र टेलिभिजनमा प्रशारित तीजका गीतहरु हेर्दा र सुन्दा उनीहरुलाई लागेको थियो यसपालिको तीजले पक्कै पनि हामीलाई छुँदैन् । पढ्नेक्रम जारी राख्नुहोस्