अर्जुन सुवेदी, पशुपति (काठमाडौं), भदौ १४- तीजका अवसरमा पशुपति दर्शनार्थ पुगेका महिलामध्ये १५ जना बेहोस भएका छन्। उनीहरुलाई पाशुपत परिसरमा विभिन्न संस्थाद्वारा सञ्चालित स्वास्थ्य शिविरहरुमा राखेर उपचार भइरहेको छ। पशुपति क्षेत्र विकास कोषका प्रचारप्रसार उपसमितिका संयोजक उमेश कुइँकेलका अनुसार यसरी बेहोस हुने घटना अधिकांश १२ देखि १ बजेभित्रको समयमा भयो। यो समयमा पशुपतिनाथमा नित्य पूजा हुने भएकाले लाइनमा बसिरहेका महिला अघि बढ्न नपाउने र सोही स्थानमै बसिरहन पर्नाका कारण चर्को गर्मीले सताइएका थिए। यही बेला बढी महिला बेहोस भएको जानकारी उनले दिए।
यसैगरी पशुपति क्षेत्र विकास कोषले आधा घन्टाभित्रै सबैले दर्शन गर्न पाउने व्यवस्था गरिएको दाबी गरे पनि दर्शनार्थीले आफूलाई ५ घन्टासम्म लागेको बताएका छन्। कुइँकेलले भने डेढ घन्टासम्म लागेको बताए। तर पनि अघिल्ला वर्षभन्दा यस पटकको दर्शन व्यवस्था भने राम्रो भएको सहभागीले जनाएका छन्।
Posted by: Shiva paudel
Source: nagarik