हिन्दु महिलाहरुको महान पर्व तिज आज निराहार व्रत बसेर भगवान महादेवको पुजा आरधनाका साथ मनाईदैछ । विवाहिता महिलाले आफ्ना पतिको दीर्यायु र सुःख शान्तिको कामना गरेर तिजमा व्रत वस्ने गर्छन भने अविवाहिता महिला सुयोग्य वरको कामना सहित व्रत वस्ने परम्परा चलिएको छ । यसै क्रममा काठमाडौंको पशुपतिनाथको मन्दिरमा विहानैदेखि महिला भक्तजनको घुईचो लागेको छ ।
व्यस्थित रुपमा लाईनमा बसेर महिला भक्तालुले भगवान पशुपतिनाथको दर्शन गरिरहेका छन् । महिला भक्तालुलाई सहज र सजिलो होस भनेर पशुपति विकास कोषले पिउने पानी औषधि उपचार नाचगानका लागि शीतल टहरा बनाईदिएको छ । सुरक्षाको पनि त्यत्तिकै बन्दोवस्ती रहेको छ । हराउने वा चोरी हुन सक्ने भन्दै पशुपति विकास कोषले महिला दिदी वहिनीलाई महंगा गरगहना नलगाउन आह्वान पनि गरेको छ । परापूर्व कालमा हिमालय की पुत्री पार्वतिले महादेव पति पाउँ भनि निराहार व्रत बसेपछि महादेव पति पाएको किम्वदन्ति अनुसार आजका दिन हिन्दु महिलाहरुले त्यसको अनुसरण गर्दै आएका छन् ।
सौभाग्यको प्रतिक मानिने रातो चुरा हिरो पोते रातो साडि चोली ब्लाउज सिन्दुर लगायतका श्रृङगारले सजिएर महिलाहरुले आज दिनैभरी नाचगान गरेर रमाइलो गर्छन । बेलुका पुजा गरेर फलफुल दहि दुध वा यस्तै प्रकारका खाना खाने गरिन्छ । रमाइलो गर्ने क्रममा उनिहरुले माइति र आफ्नो घरका आफन्तलाई गीतका मार्फतबाट घोचपेच समेत गर्ने गर्छन् ।
द्धितियाका दिन दर खाएर पाचमिका दिन पुजा गरेर तिजलाई समापन गर्ने गरिन्छ । आजका दिन महिला कर्मचारीलाई सार्वजनिक विदा दिईएको छ । यसैवीच मुस्लीम समुदायले पनि आज इदउल फित्र मनाउदैछन् । एक महिनाको कठोर व्रत अर्थात रोजापछि गएराति चन्द्रमालाई हेरेका मुस्लीमहरुले यो पर्व मनाउन लागेका हुन् । रमजान भरी मुस्लीम समुदायले दिनभरी पानीपनि नखाएर व्रत वस्ने गर्छन । आजका दिन उनिहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै बर्षभरी कमाएको सम्पत्तिबाट केही अंश गरिवलाई दान स्वरुप दिने गर्छन ।
Posted by: Jay Ale Source: S.sansar
We know that today is Great festival of TIJ for hindus womens . This festival is most important for hindus womens so in this day the mostly hindus womens are nothing eat for own husband, who is not marry they are also fasting for good life friend . One hindus women said – we are free this day so that we can meet and talk with own friends .
Finally,
we can not describe about it. HAPPY TIJ “