नेपाली लुजेन्द्र बने जुनियर बैज्ञानिक


४ अगष्टमा अमेरिकाको अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले मङ्गल ग्रहमा पानीको उपलब्धता’bout अहिलेसम्मकै भरपर्दो अनुसन्धान भएको घोषणा गरेपछि विश्व वैज्ञानिक जगतमा नेपालका लुजेन्द्र ओझा सबभन्दा बढी उच्चारण गरिने नाम बन्न पुग्यो। मङ्गल ग्रहको नयाँ अनुसन्धानको चर्चामा लुजेन्द्रको नाम र उनको राष्ट्रियता सबैका लागि उत्सुकताको विषय बन्यो। एरिजोना विश्वविद्यालयमा जियोफिजिक्सका स्नातक विद्यार्थी लुजेन्द्र यो अनुसन्धानको केन्द्रमा छन्।

जिज्ञासु र लगनशील लुजेन्द्रलाई विश्वविद्यालयले एरिजोना हाइ रेजोलुसन इमेजिङ साइन्स एक्सपेरिमेण्ट (हाइराइज) समूहमा राखेर यो महत्वपूर्ण वैज्ञानिक अनुसन्धानमा संलग्न गरेको थियो। मङ्गल ग्रह’bout अनुसन्धान गर्ने यो समूहमा उनले अरू तीन वरिष्ठ वैज्ञानिकको मातहतमा काम गर्ने अवसर पाएका थिए। त्यसमा विश्वविद्यालयले सन् २००५ मा अन्तरिक्षमा पठाएको हाइराइज स्याटेलाइटबाट विभिन्न समयमा प्राप्त तस्बिरमा अङ्कित विवरणहरू केलाउने जिम्मेवारी लुजेन्द्रको थियो।

नयाँ नेपाली पहिचान
ब्रह्माण्डका अरू ग्रहमा जीवको अस्तित्व’boutकोे कौतुहल मानव सभ्यता जति नै पुरानो हो र यो कौतुहल मेटाउने यो स्तरको वैज्ञानिक सफलता यसैपटक हात लागेको छ, एक जना नेपालीको अगुवाईमा। मङ्गल ग्रहमा पानी छ भने जीव पनि हुनुपर्छ। यस कारणले लुजेन्द्रको खोजले विश्व वैज्ञानिक समुदायमा ठूलो उत्साह भरिदिएको डा. बज्राचार्य बताउँछन्। उनी भन्छन्, “मङ्गलमा पानी र जीव भएको प्रमाणित भएमा मानव जातिले हजारौं वर्षदेखि खोजेको प्रश्नको जवाफ पाउने
छन्।” प्रतिष्ठित वैज्ञानिकहरूको अनुसन्धान विशुद्ध विज्ञानका लागि मात्र हुने भएकाले त्यसको चर्चा वैज्ञानिक समुदायमा सीमित हुन्छ। तर, लुजेन्द्रको खोज सम्पूर्ण मानव चासोसँग जोडिएकाले विश्व चर्चित भएको छ। “संसारभर विभिन्न प्रकृतिका वैज्ञानिक अनुसन्धानमा सक्रिय पुगनपुग पाँच हजार नेपाली छन्। ती सबैको प्रतिनिधित्व गर्ने लुजेन्द्रको नामबाट नयाँ नेपाली विश्व पहिचान तयार हुन लागेको छ”, डा. बज्राचार्य भन्छन्, “पहिला सगरमाथा, बुद्ध वा गोर्खाली वीरताबाट चिनिने नेपालले अब परिचयको नयाँ प्रतीक पाउन सक्छ― वैज्ञानिकको देश।”

डोटीको महादेवस्थान-२ हिलेकाँडाका लुजेन्द्र काठमाडौंमा हुर्केर पाँच वर्षअघि एरिजोना पुगेका थिए, आमाबुबा र दिदीसँगै बस्न। एरिजोना विश्वविद्यालयमै उनकी दिदी जाइका विधावारिधि गर्दै छिन् भने बुबा भूगर्भविद् डा. टङ्क ओझा २० वर्षदेखि अनुसन्धानकर्ता छन्। त्यसअघि उनले नेपालमै खानी तथा भूगर्भ विभागमा काम गरेका थिए।

मलाई भाग्यले साथ दिएको हो – लुजेन्द्र ओझा

अमेरिकाका एक नेपाली विद्यार्थी लुजेन्द्र ओझा मङ्गल ग्रहमा पानी भएको सङ्केत गर्ने व्यक्तिका रूपमा विश्व वैज्ञानिक समुदाय र सञ्चारमाध्यममा चर्चित भइरहेका छन्। उनको आविष्कार’bout लुजेन्द्रसँग हिमाल का लागि कशिसदास श्रेष्ठले गरेको कुराकानीः

तपाई अमेरिका कसरी आउनुभयो?
पहिलो पटक अमेरिका आउँदा म १५ वर्षको थिएँ। त्यतिबेला विद्यार्थीको रूपमा नभई एरिजोना विश्वविद्यालयमा पढ्न आएकी दिदी जाइकालाई भेट्न आएको थिएँ, तर यहीँ आफ्नो अध्ययनलाई अघि बढाउन पुगेँ।

तपाईंकी दिदी पनि एरिजोनामै पढ्दै हुनुहुँदोरहेछ, परिवार’bout केही बताउनुस् न!

एरिजोना विश्वविद्यालयमा दिदी कीट विज्ञानमा पीएचडी गर्दै हुनुहुन्छ। बुबा पनि यहीँ २० वर्षदेखि जियो-साइन्स अनुसन्धानकर्ता हुनुहुन्छ। त्यसअघि उहाँ नेपालमै खानी तथा भूगर्भ विभागमा काम गर्नुहुन्थ्यो। आमाले एरिजोनामा नेपाली हस्तकलाका सामानको पसल चलाउनुभएको छ।

तपाईंले मङ्गल ग्रहमा पानी भएको कुरा कसरी पत्ता लगाउनुभयो?

म कलेजको पेपरमा काम गर्ने सिलसिलामा सन् २००७ मा लिइएका केही तस्बिरको अध्ययन गरिरहेको थिएँ। ती तस्बिर मैले हेर्नुभन्दा पहिले पनि धेरैले हेरेका थिए। तर मैले तिनमा केही फरक कुरा पाएँ र हामीलाई त्यो के हो भन्ने पत्ता लगाउन महिनौं लाग्यो। त्यो के हुन सक्छ भनेर जे परिकल्पना गर्‍यौँ, पहिले कसैले गरेको थिएन। मङ्गल ग्रहसम्बन्धी अध्ययनमा पानीको विषयमा केन्द्रित हाम्रो पेपर नै पहिलो हुनपुग्यो।

ती तस्बिरहरूमा के पाउनुभयो त?
पहिलेका तस्बिरहरूमा मैले देखेका कुरा पछि समयसँगै परिवर्तित पाएँ, जसको अर्थ मङ्गल ग्रहको सतहमा परिवर्तनको प्रक्रिया चलिरहेको छ भन्ने लाग्थ्यो। थप अनुसन्धान गर्दा झ्न् आश्चर्यलाग्दा कुरा फेला पर्दै गए। मलाई विश्वास छ, मैले देख्नुअघि ती कुरा अरूले पनि देखेका थिए। तर अरूले त्यसमा स्थिरता देखे, मैले गतिशीलता एवं परिवर्तनलाई पहिल्याएँ र त्यसैमा अध्ययन गरेँ। चुरो कुरा त्यही हो।

विज्ञानको क्षेत्रमा यसको अर्थ के हुन्छ?
हाम्रो अनुमान अनुसार त्यहाँ देखिएको कुरा साँच्चै पानी हो भने अष्ट्रो-वायोलोजीको अध्ययनमा त्यसले ठूलो प्रभाव पार्छ। यद्यपि यो कुरा अनुमानमै आधारित छ, तर यसले अहिलेसम्म भनिने गरेको मङ्गल ग्रह निर्जीव छ भन्ने मान्यतालाई खण्डन गर्छ। त्यहाँ पानी भेट्यौँ भने जीवन पनि फेला पार्न सक्छौं। विगतमा मङ्गल ग्रहमा पानी बगेको प्रमाणहरू हामीसँग छँदैछन्। अहिले पनि त्यहाँ पानीको प्रवाह देखिनु आश्चर्यको घटना भएको छ। मङ्गल ग्रहसम्बन्धी विज्ञानका लागि यो साँच्चै उत्साहप्रद आविष्कार हो।

नेपाली मिडियाले तपाईंप्रति देखाएको चासो’bout के भन्नुहुन्छ?

नेपाली मिडियाले यति धेरै चासो देलान् भन्ने सोचेको थिइनँ। मलाई केही अप्ठ्यारो पनि लागेको छ। मैले कुनै असाधारण वा क्रान्तिकारी काम गरेको होइन, भाग्यले चाहिँ मलाई साथ दिएको हो। म त्यस्तो मेधावी पनि छैन, नेपालमा पनि औसत विद्यार्थी नै थिएँ। मिडियाले नेपालको गौरवको रूपमा प्रस्तुत गरेर मेरो बढी नै प्रशंसा गरेको जस्तो लागेको छ। म साँच्चै त्यस्तो प्रशंसाको हकदार छु भन्नेमा आफैँ भने त्यति विश्वस्त छैन।

Posted by: Raju Gurung                                                        Source: Himalkhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.