कांग्रेसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह


काँग्रेस पर्ख र हेरको नीतिमा:
काठमाडौँ, भदौ १३- प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधानको जिम्मेवारी पूरा गर्नका लागि व्यवस्थापिका संसदमा दोस्रो ठूलो दल नेपाली काँग्रेसलाई सरकारमा सामेल हुन आग्रह गरेका छन् । नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग आज बिहान कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा प्रधानमन्त्री भट्टराईले सो आग्रह गरेका हुन् ।

सो अवसरमा सभापति कोइरालाले अहिले कै अवस्थामा आफ्नो दल सरकारमा सहभागी नहुने तर शान्ति र संविधानका लागि रचनात्मक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । डेढ महिनामा शान्ति प्रक्रिया कार्यान्वयन गर्ने माओवादी प्रतिबद्धतालाई आधार मान्दै नेपाली काँग्रेसले वर्तमान सरकारप्रति पर्ख र हेरको नीति अपनाउने भएको छ ।

सरकारको नेतृत्व लिएको एमाओवादीले शान्ति प्रक्रिया टुङ्ग्याउने, लोकतान्त्रिक सविधान निर्माण गर्ने र विगतमा भएका सहमति, सम्झौता कार्यान्वयनमा कस्तो नीति अख्तियार गर्छ त्यसप्रति काँग्रेसले पर्ख र हेरको नीति अपनाउने भएको हो । भर्खरै सरकार गठन भएकोले काँग्रेसले तत्काललाई भने रचनात्मक सहयोग गर्ने बचनबद्धता प्रकट गरेको छ ।

“हामी प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्छौं, डेढ महिनामा माओवादीले शान्ति प्रक्रिया पूरा गर्छु भनेको छ, त्यसलाई हामी पर्खन्छौ र हेर्छौं,” प्रधानमन्त्रीसँगको कुराकानीपछि सभापति कोइरालाले पत्रकारहरूलाई भने ।

प्रधानमन्त्री भट्टराईले भने शान्ति, संविधान र मुलुकसामु रहेका समस्या समाधान गर्न सहयोगको आग्रह गरेका थिए । प्रधानमन्त्रीले सहमति जुटाएर अघि बढ्नुपर्ने धारणा सभापति कोइरालासमक्ष राखेका थिए । शान्तिवहाली र लोकतान्त्रिक संविधान निर्माण नै अहिलेको प्रमुख काम रहेको भन्दै सभापति कोइरालाले विगतमा माओवादीले गरेको वाचा पूरा गर्ने समय आएको बताए ।

विगतमा शान्ति प्रक्रिया कार्यान्वयन र संविधान लेखनको काम गर्न माओवादीले सरकारको नेतृत्व मागेको र अहिले त्यो अवस्था आएकोले शान्ति र संविधानका कामलाई सरकारले अघि बढाउनुपर्नेमा सभापति कोइरालाले जोड दिए । “मुलुकमा अमनचैन कायम गर्न शान्ति प्रक्रिया कार्यान्वयन गर्नुपर्छ, विगतमा माओवादीले जनतासामु गरेका गरेका वाचा र सहमतिको पालना गर्नुपर्छ,” सभापति कोइरालाले भने ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि राजनीतिक दलका नेताहरूसँग परामर्श गर्ने क्रममा नवनियुक्त प्रधानमन्त्री भट्टराई आज बिहान कोइराला निवास महाराजगञ्ज पुगेका थिए । रासस

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.