बाबुराम भट्टराई ३५ औं प्रधानमन्त्री / पौडेल १८ औं पटक हारे


Breaking News… काठमाडौं, भदौ ११ (नागरिक)- गोरखा, खोप्लाङको किसान परिवारमा जन्मिएका बाबुराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री बनेका छन् । आइतबार संसदमा भएको चुनावमा माओवादी उपाध्यक्ष भट्टराई ३४० मत प्राप्त गर्दै प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ५ दल सहित माले समाजवादी, नेकपा संयुक्त, जनमुक्ति पार्टी, नेकपा एकीकृत, राष्ट्रिय जनमोर्चा सहितका दलले बाबुराम भट्टराईलाई मतदान गरेका थिए । बौद्धिक प्रखरता, स्पष्ट भिजन र आर्थिक अवधारणा कारण भट्टराई सर्वसाधारणबीच चर्चामा छन् । ऐतिहासिक महत्वको संक्रमणकालमा प्रधानमन्त्री भएका भट्टराईको परीक्षा संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षले निर्धारण गर्नेछ ।

१८ औं पटक पनि हारे पौडेल:
यसअघिको प्रधानमन्त्री चुनावमा १७ पटक पराजित भएका नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आइतबार पनि पराजित भएका छन् । संसदमा भएको मतदानमा उनले २३५ मत प्राप्त गरे । पौडेललाई एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीले समर्थन गरेका थिए ।

प्रधानमन्त्री चुनाव सुरु हुनुअघि पौडेलले शान्ति सम्झौताको स्पिरिटबाट बाहिरि जान खोजिएको भन्दै त्यसलाई समातेर निष्कर्षमा पुर्‍याउन लोकतान्त्रिक नेतृत्व आवश्यक भएको जिकिर गरेका थिए ।

Posted by: Jay Ale

 Source: Nagarik

Advertisements

4 responses to “बाबुराम भट्टराई ३५ औं प्रधानमन्त्री / पौडेल १८ औं पटक हारे

  1. kamred baburam lai nepalko 35sau p.m. vayko ma lalsalam ra badahi6. poudel baje lai pani 18rau patak samma p.m. postma hareko ma badahi6.

  2. Kamred. Baburam “mahan salam cha” Nepalko (PR.M.) hunu bhaykoma hardik badahiko sathai tapaiko karekalko purna saflatako subbha-kamana cha.

  3. deshko naya pradanmantri vannu vhayekoma derai derai badai6
    ra sabai dallai milayera deshpratiko sambidhan nirmangari sampurna
    nepali janatalai suk,santiko aamanchen dena sakun yehi suv kamana,

  4. लाल सलाम कम्रेड – बाबुराम जि,,, हजुर लाई म लगाएत सम्पूर्ण नेपाली जनता को तरफ बाट शुभकामना बदाइ छ कम्रेड हजरौ जनता अनि हजारौ सहिद को सपना पुरा गर्नु छ, जसरि नेपाली जनता लाई राजनिती का दलाल ले धोका देका छ हिजो जसरि बिजय हुँदा हासे को छ त्यसरी नै नेपाल अनि नेपाली ले हास्न पाउनु ,पर्छ बाच्न पाउनु पर्छ सोसकी समान्ती दलाल को अन्तिय हुनु पर्छ । अब नेपाल नेपाली जनता को हुनु पर्छ धोके बाज देस र जनता को दलालि लाई फासी दिनु पर्छ देस को शिपाही जनमुक्ती सेना हुनु पर्छ,,,,,अब नेपाल बिकास मुलुक देस हुनु पर्छ । । ।सम्पूर्ण नेपाली जनता को सपना पुरा गर्ने अधिकार अनि साहस तिमी मा,छ तिमी लाई नेपाली जनता को पुरा समर्थन छ तिमी ल्य पनि अरु को जस्तै घुस खाएर अरु को जस्तै बुधिही बिगारेयो भने इतिहास ल्य हैन नेपाली जनता ल्य बाकी राख्ने छैन ,यो कुरा याद भया लाल सलाम

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.