जीवन काँडा कि फूल ’boutमा भन्नुपर्दा ?


भुवन पौडेल
सहचारी – नेपाली राजदूतावास, कुवेत

हो आजको एक्काइसौं शताब्दीमा पनि नेपाली समाज, धर्म, सँस्कृति, परम्परा, मानिसको सोंचाईस्तर, ब्यवहार, भावना कति निच, तुच्छ तथा घटिया रहेछ र छ भन्नका लागि यस निबन्धको सिमित पात्रहरुबाट समग्र नेपालिको सङ्किर्णता बुझ्न सकिन्छ । यही सङ्कीर्ण सोंचाईमा त्यसमा पनि सबै नारी र सबैको नजरमा कसिंगर बनेर एउटा बाँच्नुको विवशता तथा कुजो शरीर भनौं वा अपाङ्गता प्रतिको सामाजिक व्यवहार त्यसमा पनि मलजल स्वयं परिवारको व्यवहारले गरेको देखाँउछ । यो हाम्रो लागि भारी हो, दुःखको पहाड हो चाँडै मरे हुन्थ्यो भन्ने परिवारको दशै औंला जोडि भगवानको विन्ती गरिरहेको र तिता वचनका वाणि स्वयं सहयोग गर्नु हौसाउनु पर्ने जन्मदिने आमाबाबुबाट उग्रिएपछि वास्तवमा कसको मन नरसाईरहन सक्ला, त्यसैले त उनको जिवन साँच्चै नै काँडा बनेर प्रारम्भमा सधैं त्यो वालापनदेखि जव बुझ्ने भई त्यो महशुस गरिन, त्यो जीवन बाह्यरुपमा नभए पनि भित्र चेतनास्तर होमर वाइरनहरुको भन्दा कमी छैन । यहाँ विश्व संसारले पढ्ने पाठ, खोज अनुसन्धान गर्ने बिषय बनेको छ । कसरी विधालयको ढोका नछिरी कलम कापी कुनै गुरुआमा परिवारको सहयोग बिना एउटा अपाङ् महिलाले खुट्टाले यस्तो अमूल्य सृजना रचना गर्न सक्छ, कुन कुरामा यी रचना सवलाङको भन्दा कम छैन । आज मैले पढेको धेरै रचनामध्ये उत्कृष्ट नारी सुचीमा जसलाई पाएँ । यसमा बुनिएको भाषा जसको कारण पछि पढिरहदाँ जो सुकै पाठकलाई पट्यार लाग्दैन ।

समयको अभावका कारण दुई रात लगातार पढेर सिध्याउन सफल भएँ । नसकेसम्म तिर्खा मेटिन राम्रै सानो कुरालाई पनि त्यो मानस पाटलले सम्झिएछ । मैले पनि आफ्नो बालापनको सम्झना गर्ने कोसिस त गरें तर यो भुलक्कड दिमाखले के सकिन्थ्यो र यसो विचार गरें भनेको स्मरण क्षमता कोही साहित्यकारको भन्दा कम छैन । उनी नेपाली साहित्य जगतकी बिशिष्ट एवं नमुना हुन उनलाई नेपाली भुगोल भित्र सिमीत हुन दिनु हुदैन । अन्तर्राष्ट्रिय जगतमा चिनाउन सरकारी वा साहित्यीक समाजले केही आयाम चाल्नु पर्छ । र त डा. गोविन्दराज भट्टराई ज्यूले समेत लेखे भोली विश्व साहित्य झमक दिदीलाई भेट्न नेपाल आउनेछ । फेरी खाडीको यो मरुभूमिको गर्मी सँगै झमक तिमीलाई तातो सलाम । आज उनको काँडा बीचको फूलको जीवन भएको छ । उनको दिनचर्या बास्तबमा काँडारुपी भएपछि सोचाँई लेख्न र भित्री हृदय गुलावीरुपी छ ।

आज नारी हितका लागि सशक्त आवज शताब्दीको लागि शब्द दिएको छ । नेपाली आकाशको कालो बादल सरी कुसंस्कार, परम्परा, सङकिर्ण चलनलाई यो कृतिले वेजोडले जरा काट्ने धारिलो बन्चरोको काम गरेको छ । सबै अपाङ्गको लागि उदाहरण र सबलाङ्गको लागि चुनौतिको रुपमा छन् । हुन त सायद यो मेरो गलत सोंचाई पनि हुनसक्छ । यदि उनले अन्य सबलाङ्ग सन्तान जतिकै माया, सद्भाव र अवसर पाएको भए उनको यात्रा यसरी जन्मको श्रापमा हामीले यो कृति पाउँथ्यौ वा पाउने थिएनौ, त्यसकारण पनि त्यस्ति वेदेनाक व्यवहारले पनि उनलाई थप बिद्रोही र कुसंस्कार र कुब्यवहारको बिरुद्ध कलम चलाउन थप हौसला प्रदान गरेको हुन पर्दछ । आखिर लेखनकला भनेको भोगाइका अनुभवका र देखेका कुराहरुलाई उन्ने काम हो । कतिले सुन्दर रुपले उन्न सक्छन् र आफुलाई अग्रपङतिमा उभ्याउन सफल हुन्छन् त कति पछि-पछि धाईरहेका हुन्छन् । मैले त्यसकारण पनि उनलाई सलाम मार्नै पर्छ । आज उनको यो कृतिले मदन पुरस्कार पायो, बास्तविक रुपमा पाउनै पर्ने र सही मूल्यांकन भएको छ । म आफैलाई पढ्दा नै यो पुस्तकले पाउँछ जस्तो लागेकै थियो । आखिर पायो पनि मरुभूमी देखि फेरी पनि उनको कलमले यस्तै कृतिहरुलाई जन्म दियोस यस सुखद घडीमा उनलाइ धेरै-धेरै शुभकामना ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.