खजाना २५ करोडको


दुई महिनाअघि हनुमान ढोकामा भेटिएका खजानाको मूल्य २५ करोड रुपैयाँ पर्ने पुरात्त्व विभागले आँकलन गरेको छ । ऐतिहासिक र सांस्कृतिक महत्त्वका आधारमा विभागले यस्तो मूल्यांकन गरेको हो ।विभागका महानिर्देशक विष्णुराज कार्कीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा तय गरिने मापदण्डको आधारमा यो मूल्य आँकलन गरिएको हो ।’ विसं १९९० सालको भुइँचालोमा पुरिएर रहेका फलामको सेफ र तामाको सन्दुकबाट गत असार १३ मा उक्त क्षेत्रमा ती खजाना फेला परेका थिए ।खजाना फेला परेलगत्तै सरकारले महानिर्देशक कार्कीको संयोजकत्वमा कार्यदल गठन गरी पुरातात्त्विक महत्त्वको अध्ययन गरेर व्यवस्थित मौज्दात तयार गरेपछि संरक्षण र प्रदर्शनका लागि अपनाउनुपर्ने उपयुक्त तरिका सिफारिस गर्नेसम्मको अधिकार दिएको थियो । तीन महिनाको अवधिभित्र असोज १९ सम्मको खजानाको अध्ययन, संरक्षण र व्यवस्थापनका लागि म्याद पाएको सरकारी कार्यदलले आफ्नो काम लगभग पूरा गरेको छ ।कार्यदलले प्रत्येक सामग्रीको निर्माण साल, त्यतिबेलाको र अहिलेको तौल र दाताको नाम उल्लेख भएको अभिलेखसहित छुट्टाछुट्टै २ सय २२ वटा प्याकेट तयार गरिसकेको छ । कार्यदलका अनुसार ती बाकसहरूमा करिब २ किलोको हाराहारीमा सुन र ४७ किलो चाँदीका गरगहना एवं विभिन्न सामग्री फेला परेको हो । ती सामग्रीमा गरगहना राखिने पित्तलको टं्याक पनि छ ।’ती गरगहनामध्ये ६० प्रतिशत प्रदर्शन गर्न लायकका छन्,’ महानिर्देशक कार्कीले भने, ‘४० प्रतिशत चाँदीका टुक्रेका र चुँडिएका छन् ।’ ती सामग्रीमा ९९ प्रतिशत उपत्यकाबासीले विभिन्न कालखण्डमा स्थानीय मन्दिरहरूमा चढाएका सामग्री र केही मात्रै जनकपुरका मठमन्दिरमा चढाइएका चाँदीका खराउ छन् ।तीमध्ये १८ औं शताब्दीमा निर्मित सुनको मुकुट, अनगिन्ती बहुमूल्य पत्थरहरू (हीरा) जडित चाँदीको मुकुट, मयुर वृक्षका पाँचवटा राता पत्थरजडित मूर्तिको मुकुट, सिन्हयूः -सिन्दुर राख्ने भाँडो), पेटारो र इष्ट इन्डिया कम्पनीले जारी गरेका सुनका सिक्कासमेत छन् । यो सूचीमा पृथ्वीनारायण शाहका सेनाले लगाउने धागो भएका टोपीसमेत छन् ।अन्य उल्लेखीय सामग्रीमा ८ थान मुकुट (नेसं ९७३),  किपा, पाँच र सात मुखे आरती, छत्र, करुवा, आचमनी (त्रिशूल आकृतिका), मुण्डमाला, सिंह मुण्डसहितका पोतेहरू, ६ सय ८० थान अरेबियन सिक्का, १ हजार ३ सय ७५ थान तामाका सिक्का र ८ थान तिब्बती मुद्रा छन् । यो सूचीमा जयप्रकाश मल्ल, प्रतापसिंह शाह र रणबहादुर शाहका पालाका ८ मोहोरसमेत छन् ।कार्यदलले हनुमानढोका दरबारको खजाना भेटिएको माथिल्लो खुला भाग (पुरानो मुद्रा संग्रहालयमा) ती गरगहना प्रदर्शन र व्यवस्थापन लागि संग्रहालय बनाउन उपयुक्त हुने सरकारलाई सिफारिस गर्ने भएको छ । महानिर्देशक कार्कीले युद्धस्तरमा काम गरिएमा बजेट पाएको पाँच महिनाभित्र सामग्री राख्ने सोकेस र संग्रहालय निर्माण गरेर ती सामग्री प्रदर्शन गरिने बताए ।  उनले भने, ‘लाखौं रुपैयाँ खर्च गरेर करोडांै रुपैयाँको राष्ट्रिय ढुकुटी बचाउन सकिने काममा कतैबाट अल्छी हुनु भएन ।’कार्यदलले सरकारलाई बुझाउन तयार गरेको अभिलेख हेर्दा अधिकांश गरगहना एवं सामग्री विसं १९९० सालअघिको समसामयिक प्रविधि, सोच, तात्कालीन समुदायको भगवानप्रतिको आस्था र संस्कृति’bout जानकारी दिने खालका छन् ।

Posetd by:Dambar Rimal                                                   Source:ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.