कालीगण्डकी बचत समुहलाई “कालीगण्डकी कल्याणकारी समाज” मा परिणत गरियो


दिलु आले, कुवेत

२६ अगष्त । “सानो बचत ठुलो सृजना” भन्ने मूल नाराका साथ कुवेतवासी नेपाली माझ १५ जनवरी २०१० का दिन, एक संस्थाको गठन भएको थियो, जसको नाम “कालीगण्डकी बचत समूह” राखियो । “थोपा-थोपा मिलेरै नदी बन्छ” भने जस्तो समुहका सबै सदस्यहरुबाट नियमित रकम संकलन गरि कोषमा जम्मा गर्ने र आवश्यक परेको सदस्यले ऋण स्वरूप ब्याजमा रकम लिने र किस्ताबन्दी रुपमा समुहलाई फिर्ता गर्ने संस्थाको नियम रहेको छ । साथै, यसरी ब्याजमा जम्मा भएको रकम विभिन्न सामाजिक कार्यमा लगानी गर्ने । जस्तै: खेलकुद कार्यक्रम राख्ने, विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरेर नेपाली साहित्यिक क्षेत्रमा टेवा पुर्‍याउने, साँस्कृतिक कार्यक्रम गर्ने, दैविप्रकोप र कुनै अन्य कारणबाट पीडित नेपालीहरुलाई उद्दार तथा राहत उपलब्ध गराउने अनि अन्तमा यसबाट जम्मा भएको रकमलाई नेपालमा लगानी गरेर कुनै घरेलु तथा साना उद्धोग सञ्चालन गरि बेरोजगार नेपाली युवा जन-घनत्वलाई रोजगारको वातावरण सृजना गर्ने कालीगण्डकी बचत समुहको मुख्य उद्देश्य रहेको छ ।

यसको बाबजुत, कुवेत नगरीमा कृयाशिल यस संस्थाले गठन कालदेखी नै अन्य कुवेतमा कृयाशिल रहेका नेपाली सँघ-संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै अगाडी बढिरहेको कुरा त सर्व-विदितै छ । यसै सिलसिलामा आफ्नो आर्थिक कारोबारलाई निरन्तरता दिंदै, सामाजिक कार्यमा मुख्य सकृयता दिने हेतुले बचत समुहको नामलाई परिबर्तन गरी कल्याणकारी समाजको रुपमा कुवेतवासी जन-समुदायमा अगाडी बढी सेवा गर्ने मनशाय यस संस्थाले राखेको छ । २६ अगष्ट २०११ मा बसेको संस्थाको कार्यसमितिको बैठकले सर्वसम्मतिको आधारमा यो निर्णयलाई पारित गर्दै, निर्णयानुसार संस्थाको नाम “कालीगण्डकी बचत समुह” बाट परिवर्तन गर्दै “कालीगण्डकी कल्याणकारी समाज” राखिएको कुरा सार्वजनिक गर्दछौं ।

कालीगण्डकी कल्याणकारी समाज, कुवेतमा निम्न पदाधिकारीहरु रहेका छन्:

सल्लाहाकार : अमर गुरुङ्
सल्लाहाकार : जय आले

कार्यकारिणी समितिका पदाधिकारी हरु:

अध्यक्ष : आशिष कुँवर
उपाध्यक्ष: कुमार नेपाली
सचिव : हुमनाथ पाटा मगर
सह-सचिव : डम्मर खड्का
कोषाध्यक्ष : चिनु थापा मगर
सह-कोषाध्यक्ष : नारायण कुँवर
सदस्य : जीबन गुरुङ्
सदस्य : सन्तोष राना मगर
सदस्य : सुबास श्रेष्ठ
सदस्य : पूर्ण थापा मगर
सदस्य : मन बहादुर थापा मगर
सदस्य : प्रेम गाहा मगर
सदस्य : दिलु आले मगर
सदस्य : भावना आले मगर
सदस्य : दीपक सुनाम

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.