Daily Archives: 27/08/2011

देशको कथा… !!


ईन्द्र भूषाल, कुवेत


धेरै भयो देशको कथा सुन्न पनि मन छैन
नेताहरुका घर ठुला तर राष्ट्र बैकमा धन छैन
गाउँ बस्ती खाली हुँदा गाउँ छोड्ने मन छैन
शहरतिर बसौं भनें पुग्ने गरी धन छैन पढ्नेक्रम जारी राख्नुहोस्

टिनएजर अर्थात् अविवाहित युवतीहरूले तीजको मेकअप कसरी गर्ने ?


टिनएजर अर्थात् अविवाहित युवतीहरूले तीजको मेकअप गर्दा वाटरप्रुफ वा मिनरल मेकअप गर्ने । अनुहारमा दाग छ भने कन्सिलरले छोपेर वाटरप्रुफ फाउन्डेसन प्रयोग गर्ने ।  त्यसमाथि लुजपाउडर लगाउने अनि गालामा मल्टिकलर ब्लसर -रोज) लगाउने ।  आँखाको मेकअप गर्दा पहिरनमा मिल्ने आइस्याडो लगाउने वा मल्टिकलर गरेर आइस्याडो लगाउने । पढ्नेक्रम जारी राख्नुहोस्

जीवन काँडा कि फूल ’boutमा भन्नुपर्दा ?


भुवन पौडेल
सहचारी – नेपाली राजदूतावास, कुवेत

हो आजको एक्काइसौं शताब्दीमा पनि नेपाली समाज, धर्म, सँस्कृति, परम्परा, मानिसको सोंचाईस्तर, ब्यवहार, भावना कति निच, तुच्छ तथा घटिया रहेछ र छ भन्नका लागि यस निबन्धको सिमित पात्रहरुबाट समग्र नेपालिको सङ्किर्णता बुझ्न सकिन्छ । यही सङ्कीर्ण सोंचाईमा त्यसमा पनि सबै नारी र सबैको नजरमा कसिंगर बनेर एउटा बाँच्नुको विवशता तथा कुजो शरीर भनौं वा अपाङ्गता प्रतिको सामाजिक व्यवहार त्यसमा पनि मलजल स्वयं परिवारको व्यवहारले गरेको देखाँउछ । पढ्नेक्रम जारी राख्नुहोस्

खजाना २५ करोडको


दुई महिनाअघि हनुमान ढोकामा भेटिएका खजानाको मूल्य २५ करोड रुपैयाँ पर्ने पुरात्त्व विभागले आँकलन गरेको छ । ऐतिहासिक र सांस्कृतिक महत्त्वका आधारमा विभागले यस्तो मूल्यांकन गरेको हो ।विभागका महानिर्देशक विष्णुराज कार्कीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा तय गरिने मापदण्डको आधारमा यो मूल्य आँकलन गरिएको हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

प्रवासी नेपाली भलिबल खेलाडी कोरियाको राष्ट्रिय स्तरको खेलमा सहभागी


कोरियामा नेपालीमाझ चर्चित भलिबल खेलाडी उमेश बस्नेतलाई कोरियाको एक प्रतिष्ठित भलिबल क्लबले छनौट गरेको छ । उनले कोरियाको राष्ट्रिय स्तरको ‘बी’ डिभिजन टिमबाट खेल्ने अवसर पाएका छन् । कोरियामा हुने प्रवासी भलिबल प्रतियोगितामा नेपालको तर्फबाट क्याप्टेनको भूमिका निर्वाह गर्दै आएका बस्नेत नेपालीहरुमाझ राम्रा खेलाडीको उपमा पाएका भलिबल खेलाडी हुन् । उनकै योगदानले नेपाली भलिबल टिमलाई पटक–पटक विजयको हकदार बनाएको स्मरणीय छ । यसले अन्तर्राष्ट्रिय खेल जगत्मा नेपाली खेलाडीको लागि ठूलो अवसरमात्र दिएको छैन, नेपाली खेल क्षेत्रको अवस्था देखेर चिन्तित नेपालीहरुमा आशाको किरण पनि जगाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

करिष्मा र नन्दिता मलेसिया जाँदै


२६ अगष्त । चाडपर्व आएपछि कलाकारहरु बिभिन्न कार्यक्रमको सिलसिलामा बिदेश जाने गर्दछन् । खासगरी नयाँ वर्ष, दशै लगायत बिभिन्न चाड पर्वहरुको अवसर पारेर बिदेशमा आयोजना हुने यस्ता कार्यक्रमहरुमा सहभागिता जनाउदा कलाकारले आर्थिक उन्नती पनि राम्रै गर्ने गर्दछन् । पढ्नेक्रम जारी राख्नुहोस्

गरीब हुँदा म…


प्रेम वली, नेपाल


म गरीब भएर, चलाई राखेको भएपनि ठेला
र तिमीले यसको, चिन्ता लिई राखेको बेला
मलाई अर्को पिडा थपिए पनि
तिमीले कुनै चिन्ता नगर
तिम्रो घरमा पार्टी चलेको बेला
मेरो घरमा चामल नहुँदा पढ्नेक्रम जारी राख्नुहोस्

कालीगण्डकी बचत समुहलाई “कालीगण्डकी कल्याणकारी समाज” मा परिणत गरियो


दिलु आले, कुवेत

२६ अगष्त । “सानो बचत ठुलो सृजना” भन्ने मूल नाराका साथ कुवेतवासी नेपाली माझ १५ जनवरी २०१० का दिन, एक संस्थाको गठन भएको थियो, जसको नाम “कालीगण्डकी बचत समूह” राखियो । “थोपा-थोपा मिलेरै नदी बन्छ” भने जस्तो समुहका सबै सदस्यहरुबाट नियमित रकम संकलन गरि कोषमा जम्मा गर्ने र आवश्यक परेको सदस्यले ऋण स्वरूप ब्याजमा रकम लिने र किस्ताबन्दी रुपमा समुहलाई फिर्ता गर्ने संस्थाको नियम रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्