ईन्द्र भूषाल, कुवेत
सम्मेलन भन्ने बित्तिकै प्रवासमा यतिबेला एनआरएनए नै नेपाली जनमानसमा घुसेको छ । यद्दपी, अन्य सँघ-संस्थाका सम्मेलनहरु पनि भई नै रहेका छन । भर्खरै जापानमा एनआरएनए को सम्मेलन सकिएको छ भनें बिस्तारै अब सम्पूर्ण एनआरएनए को केन्द्रिय नेत्रित्व अगामी ५ औं अन्तर्राष्ट्रिय सम्मेलनबाट हुनेछ, जसको तयारी र सम्मलेनमा एनआरएनए ले उठाउनु पर्ने सैद्दान्तिक र नीतिगत एजेण्डामा केन्द्रित भएको हुनुपर्छ । यद्दपी त्यस्तो किसिमको सकारात्मक समाचारहरु हाम्रो बिचमा आएको छैन । जब एनआरएनए को चुनाबी माहौल शुरु भयो त्यतीबेला देखी नै हरेक देश र क्षेत्रका चुनावमा उम्मेदवारहरुले बिभिन्न किसिमका आश्वासनहरु नेपालीहरुको सामु फिंजाए । कतै प्रजातान्त्रिक तरिकाबाट निर्वाचन भयो त कतै नेत्रित्व हत्ताउनको लागि गुट उपगुट सृजना भए भने कुनै ठाउँमा कुटाकुट नै भयो । अस्ती मात्र नेदरल्याण्डमा भएको घटना प्रवासीहरुको नजरमा तातै छ भने नेत्रित्वको लागि मरिहत्ते गर्ने बानी अब एनआरएनए मा पनि गाडीएको छ ।
एनआरएनए को ५ औ अन्तर्राष्ट्रिय सम्मेलनमा ५७ देशमा रहेका प्रतिनिधीहरुले भाग लिनेछन भने तिनै प्रतिनिधीहरुले नयाँ नेत्रित्वको चयन गर्ने छन । पुरानो दोहोरो नागरिकताको मागलाई च्यापेर हिंडेको एनआरएनए को नेत्रित्व अब बिस्तारै खाडीवासी, मध्यपुर्ब, मलेसिया र अफ्रिकामा रहेका नेपालीहरुको असन्तुष्टीलाई कसरी साम्य पार्ने कार्ययोजनामा लागेको अझै देखिदैन । बिकसित मुलुकमा कार्यरत र त्यहाँको नागरिकता लिएर बसेका नेपालीहरुलाई केवल दोहोरो नागरिकताको मात्र चिन्ता छ किनकी उनिहरुले न त हामीले जस्तो सास्ती भोग्नु पर्छ न त नेपाल जाने आउने गर्दा नै सास्ती भोग्नु पर्छ । २,४ लाख नेपालीहरुको माग यकातिर छ भने १५ देखी १७ लाखको हाराहारिमा रहेका नेपालीहरुको समस्या र आवश्यकताहरु अर्को तर्फ छन जस्मा एनआरएनए को स्थापना कालदेखी नै कुनै चासो गएको छैन जुन यो ठुलो जनसंख्या रहेको प्रर्बासी नेपालीहरुको लागि दुर्भाग्य हो ।
सम्मेलन नजिकिदै गएको बेला खाडी देशहरुबाट बिभिन्न किसिमका आवाजहरु उठ्न थालेका छन एनआरएनए को आगामी सम्मेलनको ’boutमा । अस्ती मात्र कुवेतको नेपाली समाजमा कृयाशिल पुरानो संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले ७ सुत्रिय माग सहीत एनआरएनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङलाई ज्ञापन पत्र बुझाएको छ । आगामी सम्मेलनमा १५ देखी १७ लाखको हाराहारीमा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्ने एनआरएनए का प्रतिनिधिहरुले कस्तो किसिमको खुबी देखाउलान त्यो भने सबैले हेर्न बाँकी छ । संसारमा अब अल्पमतले बहुमतमा राज गर्ने दिन हराउँदै गएको बेला एनआरएनए को नेत्रित्व तह देखी लिएर नीति निर्माण, सामुहिक आवश्यकतामा कसरी अगाडि जान्छन त्यो पनि देखिने छ । प्रतिनिधिको हिसाबले पनि यदी हाम्रो मागहरुमा सहमती जुट्यो भने के-कस्तो बन्न सक्छ एनआरएनए को नेत्रित्व तर यो सबै बिषयहरु बिशेषगरी खाडी देशहरुबाट सम्मेलनमा जाने प्रतिनिधीहरु र यि देशहरुको नेत्रित्व समालेर बस्नु भएका महानुभाब प्रति निर्भर रहने छ । सम्मेलन नीति निर्माण गर्ने उपयुक्त थलो हो भने प्रतिनिधीहरु त्यसका निर्माताहरु हुन तर सम्मेलनमा गयो भाषण गर्यो, घुम्यो फिर्यो अनी नेत्रित्व चयनको बेलामा अघिल्लो रातमा बियर बारमा गरेको कुरामा सहमती भयो भनें १५ देखी १७ लाख नेपालीहरुका प्रतिनिधीहरु रित्तो हात फर्किने छन अनी भन्नु पर्छ हात्ती आयो हात्ती आयो फुस्सा ।
प्रतिनिधीहरु कत्ति पनी लोभ लालचमा नफस्ने र ठुलो संख्यामा रहेका प्रवासी नेपालीहरुको प्रतिनिधी हुँ भनेर आत्मसात गर्ने हो भने पक्कै पनि केही हुनसक्छ तर त्यो सबै उनैमा भर पर्छ जस्ले साउदी, कतार, बहराईन, कुवेत, दुबई लगायत मध्यपुर्बका देशहरुमा एनआरएनए को नेत्रित्व सम्हालेका छन । बलियो आत्मविश्वाश, जिम्मीबारीको बोध अनी सम्मेलनमा आएको छु भन्ने आत्म ज्ञान भयो भनें पक्कै पनि १७ लाख नेपालीहरुको बलियो सहयोग प्रतिनिधिहरुले सदासर्वदा पाउने छन । मनोरन्जन र कायरता होईन आत्मबल र जिम्मेबारी बोक्नुस् यो ठुलो नेपाली प्रवासी जमात साथमा रहने छ होईन भने काँसी नगए पनि काँसीको पानीले नुहाएको छु भने जस्तै हुनेछ सम्मेलनमा जाने प्रतिनिधिहरुको कथा । आशा गरौं सम्मलनले सम्पूर्ण प्रबासी नेपालीहरुको लागि एउटै सामुहिक माग लिएर अगाडि बढ्नेछ ताकी प्रवासी नेपालीहरुको बिचमा वर्गिय वादको गन्ध देखिने छैन ।
yestai dhaka denu parchha sang sastha harulai netrutiyo garchu bhanne ly kam garnu parchha san haina thanks bhusal sir sayed nepal ko neta haru ly prabash ko pasina kastoo hunchha tha chaia kina ki uni haru ta a/c ra ghumny cheyar ani cheso beer ma ramaka hunchan tara prabas ma basny nepali daju bhai didi bahini ko khun pasina nalutos hajar thopa ly sager bancha baidesik rojgar bata uthe ko paisa harek dukha bimar ani kathinai ma upayog garnu parchha ram ra beer ma haina…….