जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा कुवेतमा आयोजित खेलकुद देखी लिएर अन्य हरेक कार्यक्रमहरुमा स्पोंसरको भूमिका निर्वाह गर्ने तथा क्लवका राष्ट्रिय स्तरका खेलाडिहरुलाई हिमाल रेमिटको लोगो सहितको जर्सी उपलब्ध गराई सहयोग पुर्याउने युएई एक्सचेंज “हिमालयन बैंक, कुवेत शाखा” लाई क्लवले २५ अगष्त २०११ का दिन, युएई एक्सचेंजको सफात कार्यालयमै गएर कदर पत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेको छ ।
क्लव अध्यक्ष धर्मराज गिरी र उपाध्यक्ष जय आले मार्फत प्रदान गरिएको कदर पत्र र मायाको चिनो ग्रहण गर्ने क्रममा युएई एक्सचेंज कुवेतका सफात शाखा प्रमुख श्री जीजी जोस र कर्मचारी श्री राम बहादुर बस्नेत सरिक हुनुहुन्थ्यो ।
We,the family of UAEXCHANGE kuwait and Team Himal Remit express our graduate thanks to the Mount Everst Sporting Club…!!
Ram Bdr Basnet