तीतेकरेला : नाम एक, काम अनेक


तीतेकरेला एक बहुउपयोगी लहरे तरकारी बाली हो । यसलाई न्यानो तथा ओसिलो हावापानी आवश्यक पर्दछ । यसले जाडो वा तुषारो खप्न सक्दैन । चैत, वैशाखजस्तो सुख्खा मौसममा पनि यसको खेती गर्न सकिन्छ । वानस्पतिक वर्गीकरणअनुसार यो कुकुरविटासी परिवारअन्तर्गत पर्दछ । यसलाई अङ्ग्रेजीमा बिटर गार्ड भनिन्छ । यसको वैज्ञानिक नाम मोमोर्डिका क्यारार्सिया हो । यसको बोट अथवा लहरा पाँचदेखि सात मिटर लामो हुन्छ । यसमा पहेँलो रङको भाले र पोथी फूल एउटै बोटमा अलग अलग स्थानमा फुल्दछ र कीराद्वारा सेचन क्रिया हुन्छ । यो कलिलो फलको रूपमा खेती गरिने भए पनि यसलाई तरकारी वा अचारको रूपमा प्रयोग गरिन्छ । तीतेकरेलालाई सबै प्रकारको माटोमा खेती गर्न सकिन्छ ।

नेपालमा खासगरी हरियो र सेतो फल लाग्ने दुई जातका तीतेकरेला प्रचलित छन् । यी दुबै जातका करेलामा पनि भित्रपट्ट बियाँ हुन्छन् । यसको फल हरियो हुँदा खाने गरिन्छ । हरियोमा करेलाभित्रको बियाँको रङ सेतो हुन्छ । फल पाकेपछि पहेँलो हुँदै आउँछ र बीउ पनि रातो रङमा परिणत हुन्छ । करेलाको फललाई समयमै टिप्नु पर्दछ । अन्यथा फल फुटेर बियाँ र्झदछ ।

तीतेकरेला नेपालमा खासगरी उच्च पहाडमा वैशाख, जेठतिर रोप्ने गरिन्छ भने असार, साउनतिर बाली लिने गरिन्छ । त्यस्तै, मध्य पहाडमा फागुन, चैतमा रोप्ने र जेठ, असारमा बाली लिने गरिन्छ । खोंच र तराईमा माघ र जेठमा रोप्ने र वैशाख र असोजमा बाली लिने गरिन्छ ।

तीतेकरेलामा क्यालोरीको मात्रा कम हुन्छ तर यसलाई भिटामिन ए -क्यारोटिनको रूपमा), भिटामिन

बी १, भिटामिन बी २, भिटामिन बी ३, भिटामिन सी, म्याग्नेसियम, फोलिक एसिड, क्याल्सियम, जिन्क, पोटासियम, फोस्फोरस, माङ्गानिजजस्ता भिटामिन तथा खनिज पदार्थहरुको राम्रो स्रोत मानिन्छ । यसलाई फाइवर तथा फलामको पनि राम्रो स्रोत मानिन्छ ।

नेपालमा करेलालाई उसिनेर वा भुटेर तरकारीको रूपमा, अमिलो हाली वा नहाली अचारको रूपमा पनि खाने गरिन्छ । यसका अतिरिक्त यसलाई सुकाएर वा सुकुटे बनाई दुई-तीन महिनापछि तेलमा भुटेर पनि खाने गरेको पाइन्छ ।

सय ग्राम तीते करेलामा पाइने पौष्टिक तत्व :

आद्रता ९३.९५ ग्रा., इनर्जी १९ कि. क्या., प्रोटिन ०.८४ ग्रा., चिल्लो पदार्थ ०.१८ ग्रा., कार्बोहाइड्रेट ४.३२ ग्रा., फाइबर २० ग्रा.

मिनरल

क्याल्सियम ९ मि.ग्रा., फलाम ०.३८ मि.ग्रा., म्याग्नेसियम १७ मि.ग्रा., फोस्फोरस ३६ मि.ग्रा., पोटासियम ३१९ मि.ग्रा., सोडियम ६ मि.ग्रा., जिन्क ०.७७ मि.ग्रा., कपर ०.१ मि.ग्रा., म्ाङ्गानिज १६ मि.ग्रा .

भिटामिन

भिटामिन सी ३३ मि.ग्रा, द्य-ज्ञ -थायमिन) ०.०५१ मि.ग्रा, द्य-द्द -राइबोलेबिन) ०.०५३ मि.ग्रा, द्य-घ -नायसिन) ०.२८० मि.ग्रा, द्य-ट -पाइरोडक्सिन) ०.०४१ मि.ग्रा, फोलेट ५१ यूजी, भिटामिन ए ६ यूजी, भिटामिन ई ०.४ मि.ग्रा, भिटामिन के ४.८ यूजी

तीतेकरेलाको सेवनबाट हुने फाइदा:

खानामा रुचि बढाउँछ । खाएको कुरा राम्ररी पचाउँछ । पेट सफा राख्दछ । कब्जियत हुन दिँदैन । पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई हटाउँछ । रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । मधुमेह रोगीलाई इन्सुलिनको काम गर्छ । यसले छालासम्बन्धी विभिन्न रोगजस्तै छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।

औषधिको रूपमा

तीतेकरेलाको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

बियाँ –

१) पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।

२) साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ ।

फल –

१) ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ ।

२) मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।

पात –

१) तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।

२) तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।

३) बर्षा याममा हैजा लागेको शङ्का लागेमा वा हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।

जरा –

१) तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।

२) तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।

अन्य उपयोगिता

तीतेकरेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।

तीतेकरेलाबाट हुने साइड इफेक्ट वा बेफाइदाहरु:

१) गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।

२) यसको बढी सेवनले पेट दुख्ने र झाडा हुने सम्भावना हुन्छ ।

३) रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।

४) तीतेकरेलाको बियाँको घेरामा हुने तत्वले साना बालकहरूलाई विषादिको काम गर्छ ।

निष्कर्ष: 

यसरी तीतेकरेलाबाट हुने फाइदा र बेफाइदालाई ध्यानमा राखी मौसमअनुसार आफ्नो भोजनमा समावेश गरेर यसबाट प्रशस्त मात्रामा पौष्टिक तत्वलिनाका साथै विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.