Daily Archives: 26/08/2011

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवद्वारा युएई एक्सचेंज (हिमाल रेमिट) कुवेतलाई मायाको चिनो प्रदान


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा कुवेतमा आयोजित खेलकुद देखी लिएर अन्य हरेक कार्यक्रमहरुमा स्पोंसरको भूमिका निर्वाह गर्ने तथा क्लवका राष्ट्रिय स्तरका खेलाडिहरुलाई हिमाल रेमिटको लोगो सहितको जर्सी उपलब्ध गराई सहयोग पुर्‍याउने युएई एक्सचेंज “हिमालयन बैंक, कुवेत शाखा” लाई क्लवले २५ अगष्त २०११ का दिन, युएई एक्सचेंजको सफात कार्यालयमै गएर कदर पत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

दु:ख पिरको थाँतिमा (गजल)


आचार्य प्रभा, अमेरिका


कस्ले छुरा हान्यो आमा तिम्रो कोमल छातीमा ?
झस्किएर ब्युँझेँ मत ओहो ! मध्य रातिमा

सपनिमा पनि तिम्रो बेहाल नै देख्दछु
बाल्ने तेल नै सिद्धियो कि साँझ तिम्रो बत्तिमा पढ्नेक्रम जारी राख्नुहोस्

राजेशपायलको नयाँ लूक


ठ्याक्कै दश दिनअघि गायक राजेशपायल राईले आफ्नो हेयरस्टाइल परिवर्तन गरेका थिए । व्युटिसियन सान्द्रा पुनले उनको हेयरस्टाइल परिवर्तन गरिदिएकी थिइन् । बजारमा आउन लागेको नयाँ गीति संग्रह ‘जदौ भाग ३’ का लागि राजेशपायलले आफ्नो हेयरस्टाइल परिवर्तन गरेका हुन् । यो संग्रहको कभरमा राजेशपायल नयाँ हेयरस्टाइलमा देखिने समाचार यसअघि नै सार्वजनिक भैसकेको छ ।

आज बिहिबार उनले नयाँ हेयरस्टाइल सहित कभर डिजाइनर तथा फोटोग्राफर अनिल स्थापित संग फोटोसेसन गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दैनिक एक लाख खर्च गर्ने नेपाली चेली…


“महिला भनेका पानी जस्तै हुन् जुन रंगको भाँडामा हाल्नुहोस्, त्यही रंगको देखिन्छ। जुन साइजकोमा हाल्नुहोस्, त्यही साइजमा फिट हुन्छन्” – सिर्जना जोशी

समाज पुरुष प्रधान भएकाले महिलाहरू अझै पनि श्रीमानले दिएको खर्चमै गुजारा गरिरहेका छन्। यस्तोमा केही अपवाद नै सही नेपाली समाजमा आफैं पैसा कमाउने, महँगा गाडी चढ्ने, लाखौं खर्च गरेर विदेश घुम्न जाने महिलाहरूको संख्या बढ्दैछ। यस्ता महिलाहरू के सोच्छन्, उनीहरूको जीवन शैली कस्तो छ भन्ने बुझ्न त्यस्तै महिलाहरूको खोजी गर्दै जाँदा नेपालमा दैनिक १ लाखसम्म खर्च गर्ने महिला भेटिए। पढ्नेक्रम जारी राख्नुहोस्

छुरा झैं छुरीला धारले दुखायो


मनोज काफ्ले ‘मनसुन’  

छुरा  झैं छुरीला धारले दुखायो
कोप्यो लौ तिखा तारले दुखायो

बढ्दैछन् शहरमा आतंकै आतंक
दुखायो यहाँ अत्याचारले दुखायो

जान्दै नजानी त सिक्दैथें बाँच्न
दुखें म आज व्यबहारले दुखायो पढ्नेक्रम जारी राख्नुहोस्

रमझम र कायरता होईन सम्मेलनमा खुबी देखाउ, नत्र भनें १७ लाख नेपालीले जवाफ माग्ने छन


ईन्द्र भूषाल, कुवेत

सम्मेलन भन्ने बित्तिकै प्रवासमा यतिबेला एनआरएनए नै नेपाली जनमानसमा घुसेको छ । यद्दपी, अन्य सँघ-संस्थाका सम्मेलनहरु पनि भई नै रहेका छन । भर्खरै जापानमा एनआरएनए को सम्मेलन सकिएको छ भनें बिस्तारै अब सम्पूर्ण एनआरएनए को केन्द्रिय नेत्रित्व अगामी ५ औं अन्तर्राष्ट्रिय सम्मेलनबाट हुनेछ, जसको तयारी र सम्मलेनमा एनआरएनए ले उठाउनु पर्ने सैद्दान्तिक र नीतिगत एजेण्डामा केन्द्रित भएको हुनुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

तीतेकरेला : नाम एक, काम अनेक


तीतेकरेला एक बहुउपयोगी लहरे तरकारी बाली हो । यसलाई न्यानो तथा ओसिलो हावापानी आवश्यक पर्दछ । यसले जाडो वा तुषारो खप्न सक्दैन । चैत, वैशाखजस्तो सुख्खा मौसममा पनि यसको खेती गर्न सकिन्छ । वानस्पतिक वर्गीकरणअनुसार यो कुकुरविटासी परिवारअन्तर्गत पर्दछ । यसलाई अङ्ग्रेजीमा बिटर गार्ड भनिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्