सहमतीय प्रयास विफल फेरि बहुमतीय खेल सुरु


प्रधानमन्त्री निर्वाचन प्रक्रिया

अन्तरिम संविधानको धारा ३८ -२) बमोजिम बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्दा विगतमा जस्तै उम्मेदवारीको सूचना उम्मेदवारबाहेकको प्रस्तावकले दर्ता गर्ने व्यवस्था संशोधन गरी उम्मेदवार आफैँले सूचना दर्ता गर्न पाउनेछन् ।एक मात्र उम्मेदवार भए पनि सदनको बहुमत ल्याउनैपर्ने, दुई वा सोभन्दा बढी उम्मेदवारीका सूचना दर्ता भएमा सबैलाई एकैपटक निर्णयार्थ प्रस्तुत गरिने, सांसदहरूले कुनै एक प्रस्तावको पक्षमा मतदान गर्नैपर्ने नयाँ व्यवस्था नियमावलीमा गरिएको छ ।

दुई वा सोभन्दा बढी उम्मेदवार भएर कसैले पनि बहुमत ल्याउन नसकेमा दोस्रोपटक सबै प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने र दोस्रोपटक पनि कसैले बहुमत ल्याउन नसकेमा तीमध्ये बढी मत ल्याउने दुई उम्मेदवारको प्रस्तावलाई मात्र तेस्रोपटक मत विभाजनमा लगिने व्यवस्था गरिएको छ । त्यसमा पनि कसैले बहुमत ल्याउन नसके निर्वाचन प्रक्रिया अन्त्य गरिने व्यवस्था गरिएको छ

काठमाडौँ, भदौ ७ गते । राष्ट्रिय सहमतिबाट नयाँ प्रधानमन्त्री चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुन नसकेपछि अब व्यवस्थापिका-संसद्ले बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।

अन्तरिम संविधानको धारा ३८

-१) अनुसार राष्ट्रिय सहमतिबाट नयाँ प्रधानमन्त्री चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुन नसकेपछि यस्तो प्रक्रिया सुरु हुन लागेको हो ।

पहिलोपटक सात दिन र दलहरूको आग्रहमा राष्ट्रपति डा. रामवरण यादवबाट तीन दिन थप गरिए पनि दलहरूले राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न सकेनन् ।

बुधबार साँझ ५ बजेसम्मका लागि राष्ट्रपतिबाट दिएको समयमा प्रधानमन्त्री चयन हुन नसकेपछि राष्ट्रपति कार्यालयले बुधबार नै संसद् सचिवालयलाई पत्राचार गरी अन्तरिम संविधान २०६३ -२) अनुसार बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्न भनेको छ ।

प्रधानमन्त्रीको निर्वाचनका लागि बिहीबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसी निर्वाचनको कार्यतालिका तय गरिनेछ ।

नेकपा -एमाले)का मुख्य सचेतक भीमप्रसाद आचार्यले भदौ १२ र १३ गते प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

संविधानसभाको निर्वाचन भएपछि गठन भएका तीनवटा सरकार नै सहमतीय आधारमा बन्न सकेका थिएनन् । यसअघिको प्रधानमन्त्रीको निर्वाचन १७औँ चरणसम्म चले पनि अब भने बढीमा तीनपटक मात्र हुनेछ । 

Posted by: Shiva Paudel

Source: Gorkhaapatra
 
 
 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.