नेपालमा मोबाईलको प्रयोग सकारात्मक भन्दा नकारात्मक धेरै छन कि ?


ईन्द्र भूषाल, कुवेत

धेरै साल पहिला हाम्रो गाउँका बाजे, बज्यैहरुले बन जाने बाटो माथिको अग्लो पहाड देखाउँदै भन्नु हुन्थ्यो ‘यो गाउँमा कहिल्यै पनि मोटर आउने छैन, न त यहाँ सिंचाई नै आउँछ यत्तिकै मरिने भयो हामीहरु’ यिनै बाजे, बज्यैका कुरा सुनेर हामीले स्कुल जाने गर्थ्यौ । हुन पनि पहाड निकै अग्लो र डरलाग्दो छ, बाँदरहरु पनि कयौं पटक लडेर मरेको हामीले देख्यौं शायद झुक्किएर होला भनेर सम्झिने गरिन्थ्यो त्यो बेला । गाउँमा कसैको अचानक खबर आउँथ्यो टेलिफोनमा, जहाँ पुग्दा मान्छेहरुको भिड हुन्थ्यो ।समाज केही किसिमले पीडित थियो भनें सभ्य रहने बिषयहरु भनें अतिनै सुरक्षित थिए । बुहारीले सासुलाई गर्ने संस्कार, देवरले भाउजुलाई गर्ने सम्मान, बिधार्थीले शिक्षकलाई गर्ने आदर लगायत शान्त र अनुशासित समाज कहिल्यै भात्किएको थिएन ।

बिगत केही बर्षदेखी नेपालमा यातायात र सूचनाको क्षेत्रमा धेरै ठुलो प्रगती भएको देखिन्छ । त्यो बाँदर लड्ने पहाडमा मोटर बाटो खनिएको छ भनें दैनिक मोटरहरु तछाड र मछाड गर्दै कुदिरहेका छन । जसले गर्दा बाजे, बज्यैहरु दङ्गदास छन । घर-घरमा मोबाईल र गाउँ-गाउँमा कम्प्युटर/ईन्टरनेट भन्ने नेपाल सरकारको नीति केही हदसम्म सफल भएको छ । यद्दपी, नेपालको आन्तरिक टेलिफोन सेवा एसिया कै महँगोमा पर्न सक्छ भनें गाउँ-गाउँमा ईन्टरनेट भनें पनि एउटा ईमेल खोल्न आजकल मन्दिरमा गर्ने विवाहको जती समय पक्कै लाग्छ । बिदेशिएको छोरासँग दिनै पटक कुरा गर्न पाउँदा आज होकी भोली हो बुढा भएका बाबु-आमाको मन खुशी भएकै छ । दिनभरिको कामको थकान अनी सँगै जिउने कसम खाएको जीवन साथी आफ्नो साथमा नभएपनी सुहागरातमा बिछ्याएको सिरानीमा टाउको राख्दै श्रीमानसँग कुरा गर्न पाउँदा श्रीमतीहरुको खुशीक्प त झन सिमानै छैन ।

घाँस काट्न जाउ मिस् कल, कोदालो खनेर थाक्यो मिस कल, घाँसको झुम्का लगायो मिस कल । मिसै मिसको कहानीले धेरै जिन्दगीका अतृप्‍त चाहनाहरुलाई पुरा गरेको छ । समग्रमा बाहिरी संसारमा हेर्दा मोबाईलले नेपाली समाजमा ठुलो जरा गाडेको छ । आज भोली त नेपाली लोक गीत र तिजे गीत पनि मोबाईलकै सेरोफेरोमा बनेका छन । झट्ट हेर्दा लाग्छ मोबाईल छैन त केही छैन, सूचनाको लागि मोबाईल नै एउटा छिटो र छरितो साधन हो जसको सही सदुपयोगको लागि सूचना मात्र होईन अन्य ज्ञानका सामग्रीहरु पनि मोबाईलमा थपिंदै गएका छन तर नेपाली समाजमा आजभोलि मोबाईलको सदुपयोग सकारात्मक भन्दा पनी नकारात्मक र दुरुपायोग भएको सर्बस्त्र सुन्न पाईन्छ र आफ्नै आँखाले पनि देखियो ।

मोबाईल प्रयोगको नकारात्मक पाटो:
मध्यरातमा नातीको मोबाईलमा घन्टी बज्दा बाजेले कसले फोन गर्‍यो, कसलाई के भएर होला भन्ने सोंच्न थाले भनें बाजे सोह्रैआना गलत हुन्छन, किनकी नेपालमा मोबाईलको घण्टी अब कामले भन्दा पनि बेकामले धेरै बज्न थालेको सुनिन्छ । नाती र नातिनी त सुतेनन् नै बुढा बाजे, बज्यै पनि रातमा धेरै पटक झस्किनु पर्छ मोबाईलको घण्टीले । बिद्यालय जस्तो क्षेत्र जहाँ गुरुहरुले एकाग्र भएर पढाउनु पर्छ, तर आजभोलि त्यो पनि हराउँदै गएको छ । शिक्षकको गोजिमा कलम भिर्ने ठाउँमा मोबाईल झुन्डिएको देखिन्छ भनें पढाउँदा पढाउँदै धेरै पटक घण्टी बज्ने गर्छ । हरेक विद्यार्थीको खल्तीमा पनि मोबाईलको घण्टी भाइब्रेशनमा रन्किएको हुन्छ । बिद्यालय हाताभित्र मोबाईलको कारण धेरै किसिमका बिकृतीहरु फैलिएका छन । मोबाईल क्यमेराबाट अस्लिल सिनहरु लिनेदेखी लिएर मेमोरी भएका मोबाईलमा विद्यार्थीहरुले हरेक किसिमका यौनजन्य समाग्रीहरु राखेर हेर्ने गर्छन् भनें खेलकुदको लागि त विद्यार्थीहरुको ध्यान नै जाँदैन । उज्जवल भबिष्यको लागि पाठ्यपुस्तकमा जाने नजरहरु बाल्यकालमै यौनजन्य र अपराधीक कृयाकलापमा गयो भनें भोलिका कर्णधार नेपाली युवाहरु कस्तो भएर निस्कन सक्छन… आफै अन्दाज लगाउन सकिन्छ । बिद्यालयमा मोबाईल बन्देज गर्न खोज्दा शिक्षक र विद्यार्थी बिच कटुता बढेको पनि देखियो भनें मध्यरातमा जानाजानी अरुलाई मिस कल गर्ने र मिस कलकै भरमा माया र पिरतिका तानाबाना बुन्नेहरुको संसारै भताभुङ्ग भएको समेत सुनियो ।

कोर्कामा सानो बालक रोएको बेला मोबाईलमा घन्टी बज्यो कि त पहिला मोबाईल हेर अनी बच्चा यस्तो समेत भएको सत्यता छ । बन जंगलमा गएर पिसाब फेरेको देखी लिएर श्रीमान/श्रीमतीले सुहागरात मनाएको द्रिष्य समेत बाहिरी संसारमा ल्याउने काम मोबाईल क्यामराको गलत पर्‍योगले नै भएको छ भनें अध्ययनको लागि हिंडेका युवा युवतीहरु रातैभरी मोबाईलमा ब्यस्त रहेको पाईन्छ । यस्तो किसिमको गलत प्रयोगले भोलिका दिनहरुमा नेपाली समाज अनी सभ्य समाजको लागि पक्कै पनि शुभ-संकेत होईन । मध्यरातमा आउने मिस कल देखी हजुर बा, हजुर आमा मात्र तर्सेका छैनन यसले पुरै नेपाली समाज र भोलिका शन्ततीहरुलाई पनि तर्साएको हुनुपर्छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.