Daily Archives: 25/08/2011

पिउनेलाई पिउन देउ !!


ईन्द्र भूषाल, कुवेत


सम्झनाले सताउँदा मैले पिउने गरें भनें
बिग्रिएछ नभन है दोबाटोमा परें भनें
पिउनु मेरो रहर होईन खुशी खोज्ने बाटो
बिराएँ की मैले पाटो खोज्दै हिंड्दा नयाँ बाटो पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मिस नेपालका प्रतिस्पर्धीहरू के भन्छन् ? (फोटो फिचरसहित)


निशा जोशी

-बालुवाटार, काठमाडौं, १९ वर्ष, ५ फिट साढे ५, शिक्षा : बीबीएस)

गायन, स्विमिङ तथा साथी बनाउन मन पराउने निशा जोशी नयाँ कुरा अनुभव गर्न मिस नेपालमा सहभागी भएकी हुन्। गृहिणी आमा तथा व्यापारी बुबाकी छोरी निशा बीबीएस अध्ययन गर्ने क्रममा छिन्। उनी आफूभित्र भएका कमी-कमजोरी सुधार्दै आफ्नो कला तथा सौन्दर्य प्रस्तुत गर्न मिस नेपालमा सहभागी भएकी हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

मोटाउँदै माओवादी


राज्यकोष र दातृ समुदायले नेपालका नाममा भित्र्याएको अर्बौं रकम खन्याउँदा पनि शान्ति प्रक्रिया पार लागेको छैन। माओवादीलाई भने आफ्ना लडाकूका नाममा जाने हरेक रकमले आर्थिक लाभ दिइरहेको छ। प्रतिलडाकू दुई हजार रुपियाँका दरले माओवादीले लेबीबापत उठाइरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा मोबाईलको प्रयोग सकारात्मक भन्दा नकारात्मक धेरै छन कि ?


ईन्द्र भूषाल, कुवेत

धेरै साल पहिला हाम्रो गाउँका बाजे, बज्यैहरुले बन जाने बाटो माथिको अग्लो पहाड देखाउँदै भन्नु हुन्थ्यो ‘यो गाउँमा कहिल्यै पनि मोटर आउने छैन, न त यहाँ सिंचाई नै आउँछ यत्तिकै मरिने भयो हामीहरु’ यिनै बाजे, बज्यैका कुरा सुनेर हामीले स्कुल जाने गर्थ्यौ । हुन पनि पहाड निकै अग्लो र डरलाग्दो छ, बाँदरहरु पनि कयौं पटक लडेर मरेको हामीले देख्यौं शायद झुक्किएर होला भनेर सम्झिने गरिन्थ्यो त्यो बेला । गाउँमा कसैको अचानक खबर आउँथ्यो टेलिफोनमा, जहाँ पुग्दा मान्छेहरुको भिड हुन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्

सहमतीय प्रयास विफल फेरि बहुमतीय खेल सुरु


प्रधानमन्त्री निर्वाचन प्रक्रिया

अन्तरिम संविधानको धारा ३८ -२) बमोजिम बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्दा विगतमा जस्तै उम्मेदवारीको सूचना उम्मेदवारबाहेकको प्रस्तावकले दर्ता गर्ने व्यवस्था संशोधन गरी उम्मेदवार आफैँले सूचना दर्ता गर्न पाउनेछन् ।एक मात्र उम्मेदवार भए पनि सदनको बहुमत ल्याउनैपर्ने, दुई वा सोभन्दा बढी उम्मेदवारीका सूचना दर्ता भएमा सबैलाई एकैपटक निर्णयार्थ प्रस्तुत गरिने, सांसदहरूले कुनै एक प्रस्तावको पक्षमा मतदान गर्नैपर्ने नयाँ व्यवस्था नियमावलीमा गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

फिफा विश्व वरियतामा नेपाल साफ मुलुकहरुको शीर्ष स्थानमा


फिफा विश्व वरियतामा नेपाल साफ मुलुकहरुको शीर्ष स्थानमा कायमै रहेको छ । फिफाले हिजो (२४ अगस्त २०११ मा) सार्वजनिक गरेको विश्व वरियतामा (पुरुष तर्फ) नेपाल १ सय ३६ औं स्थानमा कायमै छ । गत जुन ११ को फिफा वरियता बाट नेपाल १२ स्थानमाथि उक्लदै १ सय ३६ औं स्थानमा आइपुगेको छ । दक्षिण एशियाली क्षेत्रको बंगलादेश १ सय ३९ औं स्थानमा छ । बंगलादेश आठ स्थानमाथि उक्लिएको हो । भारत भने पाँच स्थान तल भर्दै १ सय ५८ औं स्थानमा पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पीसी बजारमा चीनले अमेरिकालाई उछिन्यो


न्युयोर्क, ६ भदौ – चालू वर्षको दोस्रो त्रैमासमा चीनले अमेरिकालाई पर्सनल कम्प्युटर (पीसी) बजारको आधारमा उछिनेको छ । दोस्रो त्रैमासमा चीनमा पीसी बिक्री आयतन ११.९ अर्ब अमेरिकी डलर पुगेको छ, जबकी सोही समयावधिमा अमेरिकामा ११.७ अर्ब डलर मूल्य बराबरको पीसी बिक्री भएको आईडीसीको सर्वेक्षण प्रतिवेदनले देखाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्