संविधानसभाको कार्यकाल ३ महिना बढाउन प्रस्ताव, माओवादीद्वारा वहिष्कार


काठमाण्डौ, भदौ ६ । सरकारले संबिधानसभाको म्याद थपको प्रयोजनकालागि संविधानको दशौं संशोधन विधेयक संसदमा दर्ता गराएको छ । उपप्रधानमन्त्री भरतमोहन अधिकारीको नेतृत्वमा गएको मन्त्रीहरुको टोलीले संसद सचिवालयमा विधेयक दर्ता गराएको हो । सामान्यतया कानून मन्त्रीले संविधान संशोधन विधेयक दर्ता गराउने प्रचलन रहेपनि माओवादी मन्त्रीले मन्त्रीपरिषद बैठक बहिस्कार गरेका कारण अर्थमन्त्रीको नेतृत्वमा प्रस्ताव दर्ता गराइएको हो, संविधानसभाको म्याद सकिन लागेकोले तीन महिना म्याद थपगर्न प्रस्ताव गरिएको मन्त्री अधिकारीले बताउनुभयो ।

विधेयक दर्ता गराउन स्थानिय विकासमन्त्री उर्मिला अर्याल शिक्षामन्त्री गंगालाल तुलाधर उर्जामन्त्री गोकर्ण विष्ट िसंचाइमन्त्री रघुबिर महाशेठ सामान्य प्रसाशनमन्त्री युवराज कार्की र बनमन्त्री भानुभक्त जैशी संसद सचिवालय िसंहदरवार पुग्नु भएको थियो । मन्त्री तुलाधरले माओवादीलाई समेत सहमतिमा लिनेगरी संशोधन प्रस्ताव संशोधनगर्न सकिने बताउनुभयो ।

यसअघि मन्त्रीपरिषदको आज बसेको बैठकले संविधानसभाको कार्यकाल बढाएर ‘तीन बर्ष छ महिना’ पुर् याउने निर्णय गरेको थियो । प्रमुख सत्तासाझेदार माओवादीको बहिष्कारका बावजुद सरकारले संविधान संशोधन विधेयक दर्ता गराउने निर्णय गरेको थियो । माओवादीले भने सत्तारुढ दलहरुबीच बिहान भएको सहमति अनुसार संविधानसभाको म्याद थपगर्नुपर्ने बताएको थियो । प्रधानमन्त्री आफ्नो पार्टीको निर्णय भन्दै तीन महिना थपको अडानमा कायम रहेका कारण आफूलरुले मन्त्रीपरिषद बैठक बहिस्कार गरेको सूचना तथा संचारमन्त्री पोष्टबहादुर बोगटीले जानकारी दिनुभयो । सरकारका प्रवक्ता गंगालाल तुलाधरले भने मन्त्रीपरिषदको आजको बैठकमा माओवादी मन्त्रीहरु अनुपस्थित रहेको टिप्पणी गर्नुभयो ।

यसैवीच संविधानसभाको कार्यकाल थपको बिषयमा दलहरुबीच मत बाझेको छ । प्रधामनन्त्री झलनाथ खनालले आह्वान गर्नुभएको सर्बदलीय बैठकमा तीन महिनादेखि नौ महिनासम्म म्याद थपगर्ने प्रस्ताव आएको थियो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस अनुपस्थित बैठकमा धेरै दल तीन महिना म्याद थपको पक्षमा थिए । सर्बोच्च अदालतको फैसलाको सम्मान तथा जनताको भावनाको कदर गर्नेगरी म्याद थपगर्ने प्रस्ताव आएको बैठकमा सहभागी नेताहरुले बताए । बैठकपछि एमाले महासचिव इश्वर पोखे्रलले जेठ १४ मा भएको सहमति अनुसार तीन महिनामा कुनै काम नभएका कारण त्यसभन्दा धेरै म्याद थपगर्नु अनुचित हुने बताउनुभयो । बैठकमा संयुक्त लोकतान्त्रिम मधेशी मोर्चाले प्रमुख दलमा इच्छाशक्ति भए डेढ महिनामै संविधान बन्ने दावीगर्दै तीनमहिना भन्दा बढि थपगर्न नहुने प्रस्ताव गरेको फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिनुभयो ।

Posted by: Jay Ale                                                             Source: D-sri

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.