‘के-के हुन लाग्यो पर्वतमा ?’ दाजुले भाईको लिंग काटे !


– पर्वत संवाददाता,
पर्वत जिल्ला देशका चार साना जिल्लाहरुमा पर्दछ । राजनीतिको थलो मानिने पर्वत जिल्ला सानो भएर के गर्ने केहि दिन यता यस जिल्लामा बिभत्स हत्या र काटकुटका ठुला अपराधिक घटनाहरु घटेका छन् । यतिबेला जघण्य अपराधका घटनाहरुले पर्वत निकै चर्चामा रहेको छ । एकपछि अर्को हत्याका श्रृङ्खलाबद्ध घटनाहरु घटित भैरहेकाले स्थानीयवासीहरु भन्ने गर्छन- ‘के के हुन लाग्यो यो पर्वतमा ?’

आफनै दुई नाबालिक छोरीहरु नवीना र नमुनालाई जीवीतै मोदी खोलामा फालेर हत्या गरेको स्वीकार गर्ने हत्यारा पिपलटारीका कृष्णप्रसाद तिवारी यतिबेला प्रहरी हिरासतामा रहेका छन् । कृष्ण प्रसादले छोरीहरुलाई पढाउने र पालनपोषण गर्ने आर्थिक भार थेग्न नसक्दा मध्यरातमा खोलामा फालेको बताए पनि हत्या रहस्यमय भएको र प्रहरीले थप अनुसन्धान गर्नुपर्ने जिल्लावासी बताईरहेका छन् ।

यस नृशंस हत्याकाण्डको केहिदिन पहिले मात्रै लिमिठाना गाबिसमा माहिली आमा र आफनै श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गरेको र आमा, भाई बुहारी र भाईका ससुरालाई समेत हँसिया प्रहार गरी घाईते बनाएको घटनाको चर्चा सेलाउन नपाउँदै लिमिठाना गाबिस सँग जोडिएको कुर्घा गाबिसमा दाजुले भाईको लिंग काटिदिएका छन् ।

गत भदौ ४ गते कुर्घा वडा नं ५ का ३६ बर्षिय बुद्धिबहादुर नेपालीले भाई २४ वर्षीय श्यामबहादुर नेपालीको लिंग काटिदिएका हुन् । लिंग काटिएका श्यामबहादुर नेपालीको पोखरामा उपचार भैरहेको छ । रक्सी सेवन गरेर मात्तिएका दाजु बुद्धिले भाईसँग झगडा गरी भदौ ४ गते उनको लिंग नै काटिदिएको प्रहरीले जनाएको छ ।

बुद्धिबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ्गले बताएका छन् । दाजु नेपालीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.