एनआरएन जापानको नयाँ कार्य समिति चयन


गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको नयाँ कार्यसमिति सहमतिमा चयन गरिएको छ । नयाँ कार्यसमितिका नवनिर्वाचित कार्यसमति सदस्यहरुको नामावली भने आज सार्वजनिक गरिएको छ । गत अगष्ट १४ गतेसम्म उपाध्यक्षमा ६, सचिवमा ३, कोषाध्यक्षमा ३ र सदस्यमा १७ जनाले उम्मेदवारी दिएकोमा उम्मेदवारी फिर्ता लिने मितिको एक दिनपछि अर्थात आइतवार आपसी सहमतिका आधारमा नयाँ कार्यसमितिमा चयन गरिएको थियो ।

नब-निर्बाचित कार्यसमितिको अध्यक्षमा ओम गुरुङ र महासचिवमा डा. राजेन्द्र प्रसाद पराजुली अगष्ट १४ गते नै निर्विरोध निर्वाचित भएपनि अन्य पदमा एक भन्दा वढीको उम्मेदवारी परेपछि आइतवार मात्रै सहमतिमा टुङ्गो लगाइएको हो । नव निर्वाचित अन्य पदाधिकारीको अन्तिम नामावली भने आज अर्थात सोमवार विहान मात्रै सार्वजनिक गरिएको हो ।

निर्वाचित अन्य पदाधिकारीहरुको तीन उपाध्यक्षहरुमा बिष्णु रेग्मी, चिरन्जिवी थापा र डिलाराम खरेल, सचिबमा सरोज कंडेल र कोषाध्यक्षमा नर बहादुर थापा निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा बिशेशोर रेग्मी , दण्डपानी कंडेल, देविलाल भण्डारी,केशर गिरी, सन्दिप ढुंगाना र तुलशी राम खरेल निर्वाचित हुनु भएको प्रमुख निर्वाचन आयुक्त डा राम गिरीले जनाकारी दिनु भयो । बाँकी कार्यसमितिका सदस्यहरुको चयन भने सल्लाहकारको वैठकले टुङ्गो लगाउने वताइएको छ ।

१४ गतेदेखि नै सहमतिका लागि पहल भएपनि सवैको चित्त बुझाएर कार्यसमिति चयन गर्न निर्धारित मितिभन्दा एक दिन ढिलो भएको हो । दावेदारहरुलाई कार्यसमितिले मनोनयन गर्न मिल्ने पदहरुमा पार्ने आश्वासन दिएर फिर्ता गर्न लगाइएको हो । यद्यपी जापानमा रहेका कुल पंजीकृत सदस्यको संख्या, त्यसका आधारमा कति जनाले आईसीसीमा प्रतिनिधित्व गर्न पाउने र कसकसलाई पठाउने सहमति भयो भन्ने’bout केही पनि खुलाइएको छैन् । अध्यक्ष ओम गुरुङले एनआएन जापानको प्रबक्तामा सरद गौचनलाई नियुक्त गर्नु भएको छ ।यसअघि नै अध्यक्षमा सहमति कायम गर्दा निश्चीत आकांक्षीलाई आइसीसीमा पठाउने सहमति भइसकेको स्रोतको दावी छ ।

Posted by: Jay Ale                                                     Source: Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.